03/03/2026
Matrika Eye Center को प्राविधिक सहयोगमा तथा
Lions Club of Kathmandu Temple Valley,
Lions Club of Kathmandu Sheshmati,
Lions Club of Kathmandu Gaurishankar र
Lions Club of Kathmandu Kind Heart
को संयुक्त आयोजनामा कीर्तिपुरका ज्येष्ठ नागरिक आमा–बुबाहरूको मोतियाबिन्दु शल्यक्रिया गर्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रम भव्य रूपमा सफल सम्पन्न भयो।
यस कार्यक्रममा विशेष उपस्थिती जनाउनु हुने लायन्सका पूर्व गभर्नर लायन मनिश्री रत्न बज्राचार्य, लायन सुरेन्द्र रत्न बज्राचार्य, Lions Club of Kathmandu Temple Valley का उपाध्यक्ष जिवेश्वरलाल श्रेष्ठ ज्यु, साथै मिस नेवा कृसा महर्जन, सकिना महर्जन, प्रलीषा शाक्य, तिमीला महर्जन, लायन दिल कुमार महर्जन, लायन सलिका चित्रकार, मिस लिटिल नेवा बाट देजला र पृन्सिका, लेखिका जेनिशा मानन्धर तथा उहाँका परिवार, व्यवसायी राम कुमार अवाले ज्यु तथा उहाँका परिवार, Fight For Life Nepal का पार्टनर कोर्डिनेटर चिफ सुनिला खड्गी, तथा विभिन्न संघ–संस्थाका प्रमुखज्यूहरूको बाक्लो उपस्थितिले कार्यक्रमलाई अझ गरिमामय बनायो।
कार्यक्रम Joshi Nani Heritage मा सम्पन्न भएको थियो। कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने जोशी नानी परिवार तथा विशेष गरी किरण मानन्धर सरलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
सम्पूर्ण सहयोगी हातहरूमा हार्दिक आभार तथा धन्यवाद