Nirogam Ayurved - Nepal

Nirogam Ayurved - Nepal Experience the authentic Ayurvedic Treatment at Nirogram Ayurved Aushadhalya manned by a dedicated team of Ayurvedic doctors, physicians and therapists.

Life and Health

सिटामोल अभाव भयाे भनेर नआत्तिनुस्। आयुर्वेदमा ज्वरो निको पार्ने सिटामोल भन्दा प्रभावकारी औषधी महाशुदर्शन चुर्ण छ। आयुर्व...
21/09/2022

सिटामोल अभाव भयाे भनेर नआत्तिनुस्। आयुर्वेदमा ज्वरो निको पार्ने सिटामोल भन्दा प्रभावकारी औषधी महाशुदर्शन चुर्ण छ। आयुर्वेद चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह अनुसार सेवन गरौं।

- Dr. Prakash Gyawali

10/09/2022

धेरै समुदायहरूमा डेंगीका 🦟 केसहरू बढ्दै गएका छन् । हाम्रा समुदायहरूमा डेंगीबाट सुरक्षित हुन कुन सरल उपायहरु अपनाउन मिल्छ?


28/06/2022

पेट सम्बन्धि कुनै पनि समस्याले निम्त्याएको एक समस्या ग्यास्ट्रिक हो | खाना खाइ सके पछी असहज हुनु वा खाना खाए पछी उक्त खाना अपच हुनु वा उक्त खानाबाट पेटमा ग्यास बढी हुनुलाई नै ग्यास्ट्रिक भनिन्छ |
ग्यास्ट्रिक समस्या हुँदा, पेट पोल्ने, घाँटी पोल्ने, पेट भरिएको जस्तो लाग्ने, डकार आउने, पेट फुल्ने, छाती पोल्ने समस्या, भोमित हुने, पेट दुख्ने लगायतका समस्याहरु देखा पर्दछ भने ग्यास्ट्रिकबाट कब्जियत भइ कब्जियतबाट पायल्स हुँदछ |
पायल्स भनेको मलद्वारको मुखमा हुने एक किसिमको समस्या हो | पायल्स हुनु भनेको मलद्वारको नसा फुलेर, च्यातिएर वा तन्किएर बाहिर आउनु वा घाउ भइ दिसा गर्दा रगत आउनु, मलद्वार चिलाउनु हो।
गलत र अव्यवस्थित खानपीन वा पेट सम्बन्धि अरु कुनै रोग, धुम्रपान, मध्यपान तथा सुर्तीजन्य पदार्थको सेवन, बजारको सुख्खा खानाहरु बढी खानु, तेल मा तारेको खाना बढी खानुले गर्दा ग्यास्ट्रिक र पायल्स हुने गर्दछ |
ग्यास्ट्रिक बढेर वा बिग्रिएर विभिन्न किसिमको अन्य रोगहरु लाग्न सक्छ त्यसैले ग्यास्ट्रिक र पायल्सको बेलैमा निरोगम आयुर्वेद उपचार केन्द्रमा आयुर्वेधिक उपचार गराई निरोगी र स्वस्थ हुनुहोस |

अन्य जानकारीका लागि सम्पर्क गर्नुहोस |
🏥 निरोगम आयुर्वेद उपचार केन्द्र
⛳️ ताराहल चोक, सिनामंगल काठमाडौं
📱 सम्पर्क: 9841171241
📧 nirogamayurvednepal@gmail.com

उपचार हुने रोगहरु:
💊 ग्यास्टिक 💊कब्जियत 💊 अल्सर
💊 पाइल्स, पत्थरी, पिनास (बिना अप्रेसन)
💊 दम 💊 सुगर (मधुमेह)
💊 ब्लड प्रेसर 💊 जन्डिस
💊 छातीको दाग (मेडिकल फेल)
💊 बाथ रोग (युरिक एसिड) 💊 स्मरण शक्ति
💊 नसा च्यापिएको 💊 हड्डी खिइएको
💊 हेपाटाइटिस (बी) 💊 सेतो दुबी
💊 प्रोस्टेट 💊 माइग्रेन आदि

18/06/2022

पेट सम्बन्धि कुनै पनि समस्याले निम्त्याएको एक समस्या ग्यास्ट्रिक हो | खाना खाइ सके पछी असहज हुनु वा खाना खाए पछी उक्त खाना अपच हुनु वा उक्त खानाबाट पेटमा ग्यास बढी हुनुलाई नै ग्यास्ट्रिक भनिन्छ |

ग्यास्ट्रिक समस्या हुँदा, पेट पोल्ने, घाँटी पोल्ने, पेट भरिएको जस्तो लाग्ने, डकार आउने, पेट फुल्ने, छाती पोल्ने समस्या, भोमित हुने, पेट दुख्ने लगायतका समस्याहरु देखा पर्दछ भने ग्यास्ट्रिकबाट कब्जियत भइ कब्जियतबाट पायल्स हुँदछ |
पायल्स भनेको मलद्वारको मुखमा हुने एक किसिमको समस्या हो | पायल्स हुनु भनेको मलद्वारको नसा फुलेर, च्यातिएर वा तन्किएर बाहिर आउनु वा घाउ भइ दिसा गर्दा रगत आउनु, मलद्वार चिलाउनु हो।

गलत र अव्यवस्थित खानपीन वा पेट सम्बन्धि अरु कुनै रोग, धुम्रपान, मध्यपान तथा सुर्तीजन्य पदार्थको सेवन, बजारको सुख्खा खानाहरु बढी खानु, तेल मा तारेको खाना बढी खानुले गर्दा ग्यास्ट्रिक र पायल्स हुने गर्दछ |

ग्यास्ट्रिक बढेर वा बिग्रिएर विभिन्न किसिमको अन्य रोगहरु लाग्न सक्छ त्यसैले ग्यास्ट्रिक र पायल्सको बेलैमा निरोगम आयुर्वेद उपचार केन्द्रमा आयुर्वेधिक उपचार गराई निरोगी र स्वस्थ हुनुहोस |

अन्य जानकारीका लागि सम्पर्क गर्नुहोस |

🏥 निरोगम आयुर्वेद उपचार केन्द्र
⛳️ ताराहल चोक, सिनामंगल काठमाडौं
📱 सम्पर्क: 9841171241
📧 nirogamayurvednepal@gmail.com

उपचार हुने रोगहरु:
💊 ग्यास्टिक 💊कब्जियत 💊 अल्सर
💊 पाइल्स, पत्थरी, पिनास (बिना अप्रेसन)
💊 दम 💊 सुगर (मधुमेह)
💊 ब्लड प्रेसर 💊 जन्डिस
💊 छातीको दाग (मेडिकल फेल)
💊 बाथ रोग (युरिक एसिड) 💊 स्मरण शक्ति
💊 नसा च्यापिएको 💊 हड्डी खिइएको
💊 हेपाटाइटिस (बी) 💊 सेतो दुबी
💊 यौन दुर्वलता 💊 सिघ्रपतन
💊 प्रोस्टेट 💊 माइग्रेन
💊 जुनसुकै यौन रोग 💊 स्त्रीरोग आदि

जानी राखौं !स्रोत: HEOC
29/05/2022

जानी राखौं !

स्रोत: HEOC

नयाँ वर्ष २०७९ को पावन अवसरमा निरोगम आयुर्वेद उपचार केन्द्रको तर्फबाट यहाँको सु-स्वास्थ्य, दीर्घायु एवं समृद्धिको हार्दि...
14/04/2022

नयाँ वर्ष २०७९ को पावन अवसरमा निरोगम आयुर्वेद उपचार केन्द्रको तर्फबाट यहाँको सु-स्वास्थ्य, दीर्घायु एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना |

🎯 पायल्सका रोगीहरुले के नखाने ?१. माछा, मासु, अन्डा, पनिर२. चिल्लो, पिरो, अमिलो, मरिच, अदुवा, खुर्सानी, पुरानो अचार, काल...
10/03/2022

🎯 पायल्सका रोगीहरुले के नखाने ?
१. माछा, मासु, अन्डा, पनिर
२. चिल्लो, पिरो, अमिलो, मरिच, अदुवा, खुर्सानी, पुरानो अचार, कालो दाल
३. मैदाको परिकारहरु जस्तै: म:म, चाउचाउ, चाउमिन, थुक्पा, नान, पाउरोटी, बिस्कुट, पप आदि
४. तारेको, भुटेको, सुख्खा खाना जस्तै: समोसा, नमकिन, पकौडा, चिप्स, चिउरा, बरगर, पिज्जा, भुटेको मकै
५. अनार, अम्बा, काचो केरा
६. चिया, कफी, मदिरा, धूम्रपान, सुर्ती, चिसो पेय पदार्थ (Cold Drinks), चकलेटस् (Chocolates) आदि

के खाने?
१. सादा दाल, भात, तरकारी, सलाद (गाजर, मुला, काक्रो)
२. हरियो तरकारी तथा सागसब्वी प्रशस्त, गेडागुडी, लसुन, प्याज
३. फलफूलहरु ( स्याउ, सुन्तला, मेवा, उखु, मौसम, सुकेको अञ्जीर, नासपाती)
४. सफा/उमालेर सेलाएको पानी प्रसस्त पिउने

🏥 आयुर्वेदिक पद्धतिबाट पाइल्स (Piles) र फिसर (Fissure) को बिना अप्रेसन सफल उपचारको साथै विभिन्न रोगको सफल उपचारको लागि निरोगम आयुर्वेदमा सम्पर्क गर्न सक्नुहुनेछ🙏
📲 9841171241
हामी सिनामंगलस्थित सीता एयर अफिस नजिक छौ!
उपचार हुने रोगहरु:
💊 ग्यास्टिक 💊कब्जियत 💊 अल्सर
💊 पाइल्स, पत्थरी, पिनास (बिना अप्रेसन)
💊 दम 💊 सुगर (मधुमेह)
💊 ब्लड प्रेसर 💊 जन्डिस
💊 छातीको दाग (मेडिकल फेल)
💊 बाथ रोग (युरिक एसिड) 💊 स्मरण शक्ति
💊 नसा च्यापिएको 💊 हड्डी खिइएको
💊 हेपाटाइटिस (बी) 💊 सेतो दुबी
💊 यौन दुर्वलता 💊 सिघ्रपतन
💊 प्रोस्टेट 💊 निसन्तान
💊 जुनसुकै यौन रोग 💊 स्त्रीरोग आदि
आयुर्वेदिक पद्धतिबाट विभिन्न रोगको सफल उपचारको लागि निरोगम आयुर्वेद उपचार केन्द्र
|| सिनामंगल काठमाडौं || 📱 9841171241

Google Map मा 'Nirogam Ayurved Nepal' सर्च गरेर आउन सक्नुहुनेछ ।

तमु ल्होसारको हार्दिक शुभकामना 💐- निरोगम आयुर्वेद सिनामंगल, काठमाडौं
30/12/2021

तमु ल्होसारको हार्दिक शुभकामना 💐

- निरोगम आयुर्वेद
सिनामंगल, काठमाडौं

कब्जियत पाचन प्रक्रियामा गडबडीका कारण हुने एक रोग हो ।कब्जियतको समस्याबाट करिब ९० प्रतिशत मानिस प्रभावित छन् । कब्जियत ह...
21/12/2021

कब्जियत पाचन प्रक्रियामा गडबडीका कारण हुने एक रोग हो ।
कब्जियतको समस्याबाट करिब ९० प्रतिशत मानिस प्रभावित छन् । कब्जियत हुनु, पेट गडबड हुनु, पेटमा ग्यास बन्नु, पेट सफा नहुनु आदिजस्ता समस्या गाउँभन्दा सहरी जीवनमा आमसमस्या जस्तै बनेको छ । भनिन्छ ‘पेट ठीक भए सबै ठीक ।’पेटबाट नै ३६ प्रकारका रोगको सुरुवात हुन्छ । जस्तैः पाइल्स (अल्काई), गेस्ट्राइटिस, डायबिटिज, टाउको दुख्ने, मुख गन्हाउने, वाकवाकी लाग्ने, बान्ता हुने आदि । पेट नै रोगको घर हो ।

यदि तपाईंको पेट, पाचन प्रणाली ठीक छ भने स्वास्थ्य ठीक छ । पेटबारे एउटा भनाइ छ- ‘जहाँ बढा पेटका घेरा, वही डाला रोग ने डेरा ।’ अर्थात् सामान्य आयतनभन्दा ठूलो आकारमा पेट बढ्नुको अर्थ रोगले शरीरमा डेरा जमाउनु हो । विडम्बना हाम्रो समाजमा पेट बढ्यो भने यसलाई राम्रो मान्छन् । स्वस्थ्य र सम्पन्नताको प्रतिक ठान्छन् । वास्तवमा पेट लाग्नु वा बढ्नुको अर्थ व्यक्तिमा रोगको सुरुवात हुनु हो ।

कब्जियतका प्रकार

कब्जियत विशेषगरी दुई प्रकारका देखिन्छन् । स्थायी र अस्थायी । स्थायी कब्जियतबाट मुक्ति पाउन कठिन हुन्छ । यो कैयौं रोगको कारण पनि बनिरहेको हुन्छ । क्रोनिक कन्स्टिपेसनमा जुलाब (दिसा गराउने) औषधि लिँदा पनि काम गर्दैन । डुस (एनिमा) लिँदा पनि दिसा खुलेर आउँदैन । यस्तो प्रकारको स्थायी कब्जियतको उपचारका लागि सम्बन्धित चिकित्सकसँग बेलैमा परामर्श गरी औषधोपचार गर्दा मात्र सम्भव हुन्छ । अस्थायी कब्जियत खानपान, रहनसहन, जीवनशैलीमा परिवर्तन गरेर हटाउन सकिन्छ ।

कारण

कब्जियतको कारण यही नै हो भनेर ठोकुवा गर्न सक्ने अवस्था छैन । कब्जियत हुनुका थुप्रै कारण छन् । जस्तैः अनियमित खानपान, शारीरिक श्रमको कमी, खाएको कुरा नपच्नु, औषधिहरूको बढी सेवन, पानी कम पिउनु, फास्टफुडको बढी प्रयोग गर्नु, राति जागै बस्नु, चिन्ता तथा तनावपूर्ण जीवन बिताउनु, धूमपान गर्नु, चिया, कफी, कोकाकोला, फेन्टा, इनर्जी ड्रिङ्क बढी प्रयोग गर्नु आदि प्रमुख कारण हुन् ।

समस्या

कब्जियतको समस्याबाट पीडित व्यक्तिलाई भोक नलाग्ने, मुख गन्हाउने, पेट फुल्ने, मुटुको ढुकढुकी बढने, टाउको दुख्ने, वाकवाकी लाग्ने तथा बान्ता हुने, दिसा बाख्राको बडक्यौला जस्तो गोटागोटा हुने, दिसा गर्दा निकै कन्नुपर्ने हुन्छ । यसका कारण मलद्वार बाहिर निस्किने हुन्छ । हर्नियासमेत हुने सम्भावना बढी हुन्छ । अल्काई (पाइल्स) आदि जस्ता समस्या कब्जियतले ल्याउँछ । पेटको आकार बढनुका साथै शरीरको तौल पनि बढ्न गई समस्या हुन सक्छ ।

कसरी बच्ने

कब्जियतको समस्या हुनेहरूले बोक्रासहितको गाजर, चना, भटमास, काँक्रो, मुला, अम्बाजस्ता फलफूल खानुपर्छ त्यसैगरी गहुँको पिठो, कोदो, बोक्रासहितको आलु, फापर, गेडागुडी पर्याप्त मात्रामा लिनुपर्छ । हरियो सागपात, रेसादार ( फाइबर) युक्त सिजनअनुसारको सागसब्जीहरू प्रशस्त मात्रामा सेवन गर्नुपर्छ । नियमित रूपले शरीरको क्षमताअनुसार व्यायाम गर्नु पर्दछ ।

बिहानको नास्तामा तारेभुटेको, बट्टा र बोतलबद्ध खाद्य पदार्थ, मैदाका परिकारको सट्टा ताजा फलफूल लिने बानी बसाल्नुपर्छ। मौसम अनुसारको फलफूलजस्तै मौसम, सुन्तला, नासपाती, खरबुजा, काँक्रो, आँप, सरिफा, बेल, बेलौती, मेवाका साथै अंकुरित मुंग, मेथी लगायत मौसमी तरकारी समावेश गर्ने। ठोस भोजन दिनको दुईपल्ट मात्र लिने गरौं। बेलुकाको भोजनमा अन्नको सहभागीता नभएको राम्रो हो। माछा, मासु अण्डा, घ्यू, पनिर, मख्खन र मैदाबाट बनेका वस्तु बार्नुपर्छ। आलु, पिँडालु, तरुल, सुठुनी भन्टा, चुकन्दर ओल, राजमा, सेतो चना, मास, भटमास जस्ता सब्ज्ाी तथा दलहन बेलुका नखाने ।

कतिपय मानिस बिहान उठ्नेबित्तिकै नित्यक्रिया गर्दैनन् । कामको चाप, अफिस या पसल जान हतार, ढिलो उठ्ने बानी आदिले गर्दा अफिस वा काममा दौडिन्छ । दिसा लाग्दालाग्दै पनि च्यापेर, रोकेर दौडिन्छन । यसले गर्दा पनि कब्जियत हुन्छ । अतः बिहान उठ्ने बित्तिक्कै दिसा वा शोच गर्ने बानी बसाल्नुपर्छ । यसो गर्दा कब्जियतबाट बचिन्छ ।

यदि तपाइ पनि यस समस्याबाट पिडित हुनुहुन्छ भने उपचारकाे लागि निरोगम आयुर्वेद उपचार केन्द्र आउनुहोस।
🏢 निरोगम आयुर्वेद उपचार केन्द्र
📍 सिनामंगल, काठमाडौं
📱 9841171241
📩 nirogamayurvednepal@gmail.com

याेमरी पुन्ही तथा उधाैली पर्वकाे सबैमा शुभकामना 🙏- निरोगम आयुर्वेद सिनामंगल, काठमाडौं
19/12/2021

याेमरी पुन्ही तथा उधाैली पर्वकाे सबैमा शुभकामना 🙏

- निरोगम आयुर्वेद
सिनामंगल, काठमाडौं

सिनामंगल, काठमाडौँमा स्थित निरोगम आयुर्वेदमा ‘कविराज’ र ‘वैद्य’ आवश्यक परेको हुनाले सम्बन्धित विषयमा उत्तिर्ण व्यक्तिले ...
17/12/2021

सिनामंगल, काठमाडौँमा स्थित निरोगम आयुर्वेदमा ‘कविराज’ र ‘वैद्य’ आवश्यक परेको हुनाले सम्बन्धित विषयमा उत्तिर्ण व्यक्तिले सम्पर्क गर्नुहोस |

रोजगार वर्गीकरण: ‘कविराज’ र ‘वैद्य’
जागिरको लागि संख्या: दुवै वर्गीकरणको लागि 1/1
अनुभव: अनुभवीलाई प्राथमिकता
रोजगारको प्रकार: पूर्ण समय (full time )
तलब: अनुभव र योग्यता अनुसार

आवश्यक योग्यता:
मान्यता प्राप्त शिक्षण संस्थाबाट आयूर्वेद कविराज कोर्ष वा वैद्य काेर्ष उत्तिर्ण गरी नेपाल स्वास्थ्य व्यवसायी परिषदमा दर्ता हुनुपर्नेछ र अनुभवीलार्इ प्राथमिकता दिइनेछ ।

Apply गर्नको लागि, सिधै 9841171241 मा call गर्नुहोस |

युरिक एसिड बाथ किन हुन्छ? लक्षण के हुन्?बाथरोग एक प्रकारको ‘अटोइम्युन डिजिज’ हो। अर्थात् शरीरको रोग निरोधक शक्तिले शरीरक...
17/12/2021

युरिक एसिड बाथ किन हुन्छ? लक्षण के हुन्?

बाथरोग एक प्रकारको ‘अटोइम्युन डिजिज’ हो। अर्थात् शरीरको रोग निरोधक शक्तिले शरीरकै अंगलाई असर गर्दा बाथरोग हुने गर्छ। सामान्य अर्थमा भन्नुपर्दा बाथ एउटा दीर्घकालीन रोग हो। यो रोग लागिसकेपछि पूर्ण रुपमा निको हुन सम्भव छैन। तर, यसलाई समयमै पत्ता लगायौं र उपचार भयो भने धेरै समस्याबाट जोगिन सकिन्छ। कतिपय बाथ वंशाणुगत कारणले पनि हुन्छ। तर, बाथ सरूवा रोग भने होइन।

आममानिसमा बाथ भन्ने बित्तिकै ‘युरिक एसिड’ मात्र हो भन्ने भ्रम छ। युरिक एसिड बाथको एउटा प्रकार मात्र हो। जबकि बाथका सयभन्दा बढी प्रकार छन्। तर, बिरामीलाई बुझाउने हिसाबमा यसलाई मुख्य तीन भागमा बाँड्ने गरिन्छ। पहिलो, ‘ओस्टियो आरथाइटिस’ अर्थात् हड्डी तथा जोर्नी खिइने बाथ। दोस्रो, युरिक एसिड र तेस्रो, अटोइम्युन बाथ हो। आफ्नै शरीरले आफ्नै शरीरलाई नचिनेर बिगार गर्ने बाथलाई अटोइम्युन बाथ भनिन्छ। यसलाई कडा रोगको बाथ पनि भनिन्छ।

लक्षण
बाथको लक्षण एउटा मात्र नभएर अनेक हुन्छ ।
जोर्नी दुख्ने, ढाड दुख्ने आदि मुख्य लक्षण हुन् । रातिमा बढी ढाड दुख्नु पनि ढाडको बाथको लक्षण हो । त्यस्तो बाथ काम गर्दा र एक्सरसाइज गर्दा अलि कम हुन्छ ।
हातगोडाका औंला निलो हुनु पनि बाथ हो । १२ हप्ताभन्दा पछाडि बच्चा गर्भमा नरहने वा खस्ने समस्या छ भने त्यो बाथको कारण हो ।
रक्तनलीमा रगत जम्ने, त्यसपछि हातखुट्टा झमझम गर्ने र छारेरोग सबै बाथको लक्षण हो ।
हातगोडा बाङ्गिने, गाँठागुँठी आउने, पेट दुख्ने, डाबर आउने, चिलाउने पनि बाथको लक्षण हो ।

जटिलता
–फोक्सोमा असर गरी स्याँ–स्याँ हुन्छ ।
–किड्नी फेल हुन्छ ।
–दिमागमा असर परी छारेरोगी हुन्छ ।
–गोडा बाङ्गिएर अपाङ्ग हुन्छ ।
–हातगोडाका नलीमा रगत जमेर आंैला झर्नेसमेत हुन्छ ।
–कपाल झर्ने हुन्छ ।
–गर्भ नरहने हुन सक्छ ।
–कसैको मुख सुख्खा हुन्छ ।
–घाउ आउने हुन्छ ।
–आँखा रातो हुने, दुख्ने

रोकथाम
लक्षण देखिनेबित्तिकै चिकित्सककहाँ जानुपर्छ ।
हातगोडा बाङ्गिएपछि सिधा हुँदैन । त्यसैले लक्षण देखिन थाल्नासाथ सुरुको अवस्थामा नै उपचार गर्नु जरुरी छ ।

थप जानकारी, परामर्श र चेकजाँचको लागि निरोगम आयुर्वेद उपचार केन्द्र
|| सिनामंगल काठमाडौं || 📱 9841171241

Address

Old Baneshwor
Kathmandu

Opening Hours

Monday 08:00 - 20:00
Tuesday 08:00 - 20:00
Wednesday 08:00 - 20:00
Thursday 08:00 - 20:00
Friday 08:00 - 20:00
Saturday 12:00 - 20:00
Sunday 08:00 - 19:00

Website

Alerts

Be the first to know and let us send you an email when Nirogam Ayurved - Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Nirogam Ayurved - Nepal:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram