26/05/2018
हेल्थ टुडे ।
स्वस्थ रहनकालागि फुड सप्लीमेन्ट
MAY 25TH, 2018
सुरेन्द्र मानन्धर,
अचेल मानिस हरु आफु स्वस्थ रहन का लागि विभिन्न उपाय खोजी रहेका हुन्छन । वास्तव मा उपाय र जुक्ती खोजुन्जेल धेरै ढिला भै सकेको हुन्छ । किन भने आज २१ औं शताब्दी को युग भागदौड र व्यस्त दिनचर्या को युग भै सकेको छ । जसले गर्दा मानिस हरु चाहेर पनि आफ्नो स्वास्थ्य प्रति सजग र सचेत न रहेको देखिन्छ । जुनबेला मानिस लाई रोगले गाँजी सकेको हुन्छ अनि मात्र उपचार खोज्न तिर लाग्छन र भौतारिन्छन कहिले अस्पताल तिर कहिले क्लिनिक तिर, तर आज को युगमा भौतारिन पर्ने अवस्था छैन् ।
फुड सप्लीमेन्ट एउटा यस्तो उपाय हो जसको निरन्तर र दिनानुदिन को प्रयोगले गर्दा मानिस संधै स्वस्थ रहन सक्छ । किनभने कुनै पनि रोगको मूल कारण असन्तुलित आहार विहार हो । यदि हाम्रो दैनिक आहार सन्तुलीत आहार हुने हो भने जटिल रोगहरु र शरिर मा देखिने जटिल विकृति कहिले पनि हुँदैन । सन्तुलीत आहारको कमिले मानिस मा कुपोषण जस्तो जटिल समस्या हुन्छ । सन्तुलीत आहारको कमिले हाडमा देखिने ओस्टियोपोरोसीस आदि जस्तो जटिल रोग लाग्न सक्छ । तसर्थ हामी हाम्रो स्वास्थ्य प्रति सजग र सतर्क हुन अति जरुरी छ । अंग्रेजीमा एउटा भनाई छ “प्रिभेन्सन इज बेटर दैन क्योर” यसको तात्पर्य के हो भने कुनै पनि रोग लागेर उपचार गर्न तिर लाग्नु भन्दा त रोग लाग्न न दिने सावधानी अपनाउनु नै वुद्धिमानी हो र यसैलाई आत्मसात गर्दै वैज्ञानिकहरु ले हामी ले दिनहुँ खान हुने रेगुलर प्लान्ट बेस डाईट र मिनरलबेस डाइट (दिनहुँ खान हुने अन्नपात वनस्पति र खनिजमा आधारित खाना) को आविष्कार गरे जसलाई फुड सप्लीमेन्ट भनिन्छ । यी फुड सप्लीमेन्ट हरु ट्याब्लेट, क्याप्सुलस, ग्रान्युल्स र झोल को रुपमा सर्वत्र पाइन्छ । बाहिर तिर विदेश मा यी फुड सप्लीमेन्ट हरु विभिन्न डिपार्टमेन्टल स्टोर, ग्रोसरी शप र औषधि पसल मा पाइन्छ । फुड सप्लीमेन्ट को प्रयोग दैनिक आहार पूरक को रुपमा गरेमा मानव शरिरमा देखिने जटिल र जोखिमपूर्ण रोग हरु लाग्न बाट बच्न सकिन्छ ।
हाम्रो देशमा पनि विभिन्न मुलुकबाट फुड सप्लीमेन्ट भित्रिने गर्छ र यी सबै वैज्ञानिक प्रकृया पार गर्दै नेपाल सरकारको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको रेखदेख र अनुमति मा मात्र भित्रिने गर्छ ।भनिन्छ “युज फुड एज मेडिसिन” अर्थात खाने कुरालाई औषधि को रुपमा प्रयोग गरे कहिले पनि रोग लाग्दैन । यसै गरि हामीले फुड सप्लीमेन्ट लाई प्रिभेन्टीभ मेडिसिन को रुपमा सेवन गर्नु पर्दछ र निरन्तर गर्नुपर्छ । किन भने यी फुड सप्लीमेन्ट हरु सन्तुलीत भोजन को आवश्यकता लाई पूरा गर्न आहार पुरक को रुपमा बनाइए का हुन्छन । ट्याबलेट, क्याप्सुल को रुपमा धेरै फुड सप्लीमेन्टहरु उपलब्ध छन र फुड सप्लीमेन्ट हरु को यहि बनावट ले गर्दा यी औषधि हुन कि भन्ने भ्रम पनि व्याप्त छ तर ट्याब्लेट क्याप्सुल हुँदैमा औषधि नै हुन्छ भन्ने धारणा नितान्त गलत हो । फुड सप्लीमेन्ट हरु फलफुल, अन्नपानी र वनस्पतिमा पाईने तत्वहरु बाट बनाइन्छ । स्पेसमा जाने वैज्ञानिक यात्रीहरु पनि यस्तै आहारपूरक (फुड सप्लीमेन्ट) ट्याब्लेट, क्याप्सुल खाएर आफुलाई चाहिने आहार को सन्तुलन गर्ने गर्दछन । किन भने स्पेसमा खाना पकाएर खान संभव हुँदैन । आजको दिन मा यस्ता आहारपूरक फुड सप्लीमेन्ट लाई नोभेल फुडको रुपमा विकास गरिएको छ । नेपालमा पनि “ट्याब्लेट, क्याप्सुल को रुपमा देखिने सबै औषधि हैनन आहार पूरक फुड सप्लीमेन्ट हुन र यसको उपयोग रोग हुन नदिनको लागि गरिनुपर्छ” भनेर उच्च अदालतले मान्यता दिएको छ । तसर्थ स्वस्थ जीवन बिताउन का लागि र संधै स्वस्थ रहनका लागि फुड सप्लीमेन्ट संधै प्रयोग गर्नुपर्छ ।
( मानन्धर, फेनकानको केन्द्रीय अध्यक्ष हुन । )