11/04/2026
एनओसी र लोकसेवा प्रवेशपत्र नागरिक एपबाटै!
अबको एक साताभित्र नागरिक एपमार्फत नै एनओसी, लोकसेवा आयोगको प्रवेशपत्र र निजामती कर्मचारीको विवरण प्राप्त गर्न सकिने भएको छ।
एनओसी र लोकसेवा प्रवेश पत्र नागरिक एपबाटै लिन पाइने भएको छ । सूचना प्रविधि विभागले वैदेशिक अध्ययनका लागि आवश्यक ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी), लोक सेवा आयोगको प्रवेश पत्र र निजामती कर्मचारीको व्यक्तिगत विवरण (पिआईएस) नागरिक एपबाटै प्राप्त गर्न सक्ने व्यवस्था गर्न लागेको हो । अबको एक सातामै यो सेवा सुरु हुने विभागले जनाएको छ ।