My pharmacy

My pharmacy medicine retail business

alert pls
03/09/2025

alert pls

15/07/2025
23/06/2025

nice

29/12/2021

विचार/विश्लेषण
मेडिकेसन इरर के हो? कसरी कम गर्ने?
ncell
दिपेन्द्रराज आचार्य
मंगलबार, पुस १३, २०७८, ०७:१४:००

1140x725
केही दिन अघि एक जना ६० वर्षीय बिरामी उपचारपछि अस्पतालबाट डिस्चार्ज भए। डिस्चार्जको क्रममा चिकित्सकले लेखिदिएको औषधि उनले अस्पतालकै फार्मेसीबाट लिए। औषधि खाईसकेपछि बिरामीमा सुगरको मात्रा अत्यधिक कमि हुुनगई मुर्छा पर्ने, रिंगटा लाग्ने, पेट दुख्ने, वान्ता हुने जस्ता नकरात्मक असर देखिन थाले। फार्मेसीमा औषधि दिने व्यक्तिले जान्टर ८० (febuxostat) भनिने युरिक एसिड कम गर्ने औषधि दिनुपर्नेमा भुलबस जाइड ८० (Gliclazide) भनिने सुगर कम गर्ने औषधि दिएछन्।

प्रेस्कृप्सन अस्पष्ट भएको र दुवै औषधिको मात्रासमान भएकाले यस्तो त्रुटि हुन गएको थियो। समयमा नै उनलाई अस्पताल ल्याइएका कारण थप क्षति भने हुन पाएन। यो त एक प्रतिनिधि घटना मात्रै हो। औषधिको सिफारिस, वितरण र प्रयोगमा हुने कुनै सानो भुलले पनि बिरामीको स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ भने कतिपय अवस्थामा त ज्यानै समेत जान सक्छ।

एनसीबीआई भनिने अमेरिकी जर्नलमा सन् २०२१ मा प्रकाशित एक अनुसन्धानमा अमेरिकामा मेडिकेसन इरर अर्थात औषधिको गलत प्रयोग भएर प्रत्येक वर्ष ७ देखि ९ हजार मानिसको मृत्यु हुने गर्दछ। त्यस्तै रोयल कलेज अफ फिजिसियन्स अफ इडिनवर्ग भनिने युकेको एक जर्नलमा प्रकाशित अनुसन्धानमा मेडिकेसन इररका कारणले मृत्यु हुनकोे संख्या अमेरिकाकै हाराहारिमा छ। युएसएफडिए २०१९ को रिपोर्ट अनुसार मेडिकेसन इरर संग सम्बन्धित प्रतिवर्ष १ लाख घटना दर्ता हुने गर्छन्। नेपालमा यस्ता किसिमका त्रुटिका कारण हुने मानवीय र आर्थिक क्षतिको विषयमा कुनै ठोस अध्ययन त छैन तर एक अध्ययनले करिब एक तिहाइ बिरामीमा मेडिकेसन इररको समस्या देखिने गरेको छ।

मेडिकल भाषामा Look alike Sound alike (LASA) भनिने एक शब्दावली छ। हेर्दा उस्तै देखिने र सुन्दा उस्तै लाग्ने औषधिहरु यसमा पर्छन। जस्तै स्टानिल भनिने मानसिक रोगको उपचारमा प्रयोग गरिने औषधि र स्टाटिन भनिने कोलेस्टेरोलमा प्रयोग गरिने औषधिमा यदि प्रेस्कृप्सन अलिकति पनि अस्पष्ट (illegible handwriting) भएमा औषधि वितरण गर्ने स्वास्थ्यकर्मी झुक्किने सम्भावना हुन्छ। त्यस्तै मधुमेहको उपचारमा प्रयोग गरिने क्लोरप्रोपामाइड र मानसिक रोगको उपचारमा प्रयोग गरिने क्लोरप्रोमाजिनमा झुक्किने सम्भावना धैरै हुन्छ।

बिरामीको चाप भएको समयमा औषधिको ज्ञान र अनुभव नभएको व्यक्तिबाट यस्ता त्रुटि हुने बढी सम्भावना हुन्छ। यस्ता किसिमका त्रुटिलाई कम गर्न प्रेस्कृप्सन स्पष्ट बुझिने गरि (legible) जेनेरिक नाममा लेख्ने गर्नुपर्छ। यसमा फर्मासिष्टको भुमिका पनि महत्वपूर्ण हुन्छ। औषधि वितरण र परामर्श गर्ने क्रममा अनुमानका भरमा औषधि नदिई अर्को व्यक्तिबाट क्रस चेक गराउने वा सम्बन्धित चिकित्ससँग सम्पर्क गरी औषधि निश्चित गरेर मात्र दिनुपर्छ। प्रेस्क्राइवकर्ताले पनि यस्ता प्रेस्क्राइव इररबाट हुन सक्ने त्रुटि रोक्न आफ्नो प्रेस्क्राइव अभ्यासमा सुधार गर्नुपर्छ।

दक्ष जनशक्ति र परामर्शको अभाव
औषधि व्यवस्था विभागमा हालसम्म करिब उनान्तीस हजार औषधि पसल दर्ता छन्। कतिपय ठाउँंमा त विना दर्ताका औषधि पसल पनि संचालन भइरहेका छन्। नेपालका धेरैजसो औषधि पसलमा फार्मेसी अध्ययन गरेका जनशक्ति छैनन्। नेपाल फार्मेसी काउन्सिलमा फर्मासिस्ट र फार्मेसी सहायक गरि दर्ता रहेको जनशक्तिको संख्या करिब १० हजार छ।

जम्मा दर्ता फार्मेसी र हालसम्म उत्पादन भएका फार्मेसीको जनशक्तिको अनुपात हेर्दा धेरै औषधि पसलमा गैर–फर्मासिष्टको संख्या धेरै देखिन्छ। औषधिको प्रतिअसर, प्रयोग गर्न नहुने अवस्था र सहि प्रयोग विधिका बिषयमा गैर–फर्मासिष्टलाई पर्याप्त ज्ञान नहुँदा बिरामीले सहि परामर्श प्राप्त गर्न सक्दैनन्। जसको असर बिरामीको स्वास्थ्यमा पर्ने गर्छ। जस्तै पेनिसिलिन र क्लोराम्फेनिकोल गु्रपका औषधिबाट कतिपय मानिसमा गम्भीर एलर्जिक रियाक्सन देखिन सक्छ। प्रेस्क्राइवकर्ता र औषधि वितरण गर्नेले बिरामीमा विगतमा कुनै यस्ता खाले रियाक्सन देखिएको छ/छैन भन्ने विषयमा ध्यान दिनुपर्छ। गलत औषधिको छनौट र उचित परामर्शको अभावमा बिरामीको शारीरिक, मानसिक र आर्थिक अवस्थामा असर त पुग्छनै स्वास्थ्यकर्मी र औषधिप्रति बिरामीको विश्वास समेत घटेर जान्छ। दिर्घरोगहरु जस्तै दम, मधुमेह, मुटुरोग मानसिक रोगका बिरामीरुलाई विशेष परामर्श गरि औषधिको सहि प्रयोगमा जोड दिनुपर्छ। यसका लागि जहाँ औषधि त्यहाँ फर्माशिष्टको नारा लाई कार्यान्वयन गर्नुपर्छ।

सेल्फ मेडिकेसन अथवा आफूखुसी औषधि सेवन गर्ने अभ्यास
नेपालमा चिकित्सकको सिफारिस आवश्यक नपर्ने औषधि आफूखुसी किनेर खाने चलन छ। सन् २०१८ मा पोखराका विभिन्न ठाउँमा गरिएको अध्ययनमा ३८ दशमलव २ प्रतिशत मानिसले सेल्फ मेडिकेसन गर्ने गरेको पाइयो। जसमा मुख्यत दुखाई कम गर्ने औषधि धेरै रहेका छन् । यस्ता खालका औषधिको अधिक प्रयोगले पेटको अल्सर हुने, रगत बग्ने हुनुका साथै कलेजोमा समेत हानी गर्छ। यस्तै रुघाखोकी निको पार्ने औषधिमा स्युडोइफिडिन, फिनाइलइफ्रिन भएका औषधिको सेवनले उच्च रक्तचापका बिरामीलाई रक्तचाप अझ वृद्धि गर्छ। मलाई सबै थाहा छ, सामान्य त हो नि भनेर आफूखुसी खानु हुदैन। औषधि प्रयोग गर्दा चिकित्सक र फर्माशिस्टकको परामर्श अनिवार्य लिने गर्नुपर्छ।

फर्माकोभिजिलेन्स केन्द्रको व्यवहारिक अभ्यास नहुनु
औषधिको प्रयोगबाट देखा पर्नसक्ने प्रतिअसरको विषयमा अध्ययन गर्न फर्माकोभिजिलेन्स केन्द्रको स्थापना गरिएको हुन्छ। नेपालमा सन् २००४ मा पहिलोपटक औषधि व्यवस्था विभागमा यसको स्थापना गरिएको हो। हाल नेपालमा विभागकै मातहतमा रहने गरि १२ वटा क्षेत्रीय केन्द्रहरु छन्। यसले औषधिको प्रति असरका विषयमा रिपोर्ट संकलन गर्ने र त्यसलाई आवश्यक अध्ययन र विश्लेषण गरि स्वीडेन स्थित उपशाला मोनिटरिङ केन्द्रमा पठाउँछ। उक्त केन्द्रले प्राप्त सवै रिपोर्टको अनुसन्धान र विश्लेषण गरि प्राप्त रिजल्ट पुनः सवै सरोकारवाला निकायमा पठाउने गछर्। त्यहाँबाट प्राप्त सुचनालाई औषधि व्यवस्था विभागले देशका सबै क्षेत्रीय फर्माकोभिजिलेन्स केन्द्रमा पठाउने गर्छ। यसले औषधिको प्रतिअसरबाट हुन सक्ने हानी कम गर्न र बिरामीको स्वास्थ्य सुरक्षामा सकरात्मक भुमिका खेल्दछ। तर सवै अस्पतालमा यस केन्द्रको स्थापना नहुनु र पर्याप्त जनशक्ति, स्रोतसाधनको अभावका कारण यसले नतिजाजनक उपलव्धि हासिल गर्न सकेको छैन। नेपालका सवै अस्पतालमा यस केन्द्रको स्थापना गरि औषधिको प्रतिअसरका विषयमा अध्ययन र सम्बन्धित निकायमा रिपोर्टिङं गर्ने व्यवस्था गर्नुपर्छ।

मेडिकल पेसा आफैंमा एक निरन्तरको सिकाई हो। असल मेडिकल अभ्यास गर्ने हो भने मेडिकेसन इररबाट बिरामीको स्वास्थ्यमा पर्न सक्ने असरहरुलाई धेरै हदसम्म रोक्न सकिन्छ। आफ्नो हातबाट सधैँ सहि औषधि जाओस् भन्ने चाहना हामी सबै स्वास्थ्यकर्मीको हुन्छ, तैपनि कहिलेकाहि कमजोरी र त्रुटि हुन सक्छन्, यसलाई दण्डनीय सोचबाट मात्र हेर्नु हुँदैन। यसलाई रोक्न र सम्भावित त्रुटि कम गर्न औषधि प्रेस्क्राईब गर्ने स्वास्थ्यकर्मी,चिकित्सक र वितरण तथा परामर्श गर्ने फर्माशिष्ट सचेत हुनुपर्छ। साथै बिरामीले पनि औषधि लिने तरिका, अवधि, प्रतिअसरका विषयमा स्वास्थ्यकर्मीसँग परामर्श लिनुपर्छ। यसो हुन सकेमा औषधिको गलत प्रयोग बाट हुनसक्ने क्षतिलाई हामी धेरै हदसम्म कम गर्न सक्छौ। एक जना अमेरिकी फुटबल खेलाडी एवं प्रशिक्षक पावलविअर व्रान्टको एउटा भनाई निकै प्रसिद्ध छ जब तपाई कुनै गल्ती गर्नुहुन्छ त्यसलाई सुधार्न तीन कुराहरु हुन्छन् जुन तपाईंले पालना गर्नैपर्छ। पहिलो आफूबाट भएको कमजोरीलाई स्विकार गर्नुहोस् अर्थात यसलाई नलुकाउँनुहोस्, दोस्रो कमजोरी कहाँ–कहाँं भयो भनेर पत्ता लगाउँनुहोस् र तेस्रो अब यस्तो कमजोरी कहिले पनि नदोहोर्‍याउँनुहोस्।

-(लेखक विरेन्द्र अस्पताल, छाउनीका फर्मासिष्ट हुन्।)

01/12/2021



मुख्य समाचार



डक्टर्स आर्टिकल



विचार/विश्लेषण



नर्सिङ



अन्तर्वार्ता



ब्रेन एन्ड ब्युटी



टिप्स/जानकारी



भान्सामै औषधि



जीवनशैली



English



समाचार



ब्लग



सौन्दर्य



विश्व स्वास्थ्य



प्रवास



वैकल्पिक चिकित्सा



यौन स्वास्थ्य



प्रोफाइल



प्यारेन्टिङ



मल्टिमिडिया



टेक्नोलोजी



कभर स्टोरी



भिडियो



ऐन-नियम-रिपोर्ट



सूचना-नतिजा



स्वास्थ्य साहित्य

हाम्रो बारेमा

हाम्रो टिम



हाम्रो बारेमा



गोपनीयता नीति



प्रयोगका सर्त

बुधबार, मंसिर १५, २०७८Wed, Dec 01, 2021१० : २८ : ३३







डक्टर्स आर्टिकल

हाइपरहाइड्रोसिस जनचेतना महिनाके हो धेरै पसिना आउने रोग 'हाइपरहाइड्रोसिस', कसरी हुन्छ समाधान?

डा मोहन भुसालसोमबार, मंसिर १३, २०७८, १९:१०:००

4.2kShares









हाइपरहाइड्रोसिस भन्नुको अर्थ हाम्रो शरीरबाट धेरै पसिना निस्कनु हो। आवश्यकभन्दा बढी पसिना निस्कियो भने शरीरका लागी त्यो हानिकारक हुन्छ।
सामान्यतया हाम्रो शरीरले तापक्रम नियन्त्रणको लागि पसिना निकालिरहेको हुन्छ। हामी तनाबमा हुँदा वा अत्तालिँदा यो प्रकृया स्वभाविक रुपमा बढ्ने गर्छ। तर, हाइपरहाइड्रोसिस अर्थात् धेरै पसिना आउने भन्नुको अर्थ त्यो मात्रा पाँच गुणाभन्दा बढी हुनु पर्छ।
यो रोगको कारण संसारमा ३६५ मिलियन मानिस प्रभावित छन्। यो धेरैजस्तो केटाकेटी वा बयस्कमा हुने गर्छ। मुख्यतया: यो दुई प्रकारको हुन्छ। एउटालाई फोकल भनिन्छ। यो हात, खुट्टा वा काखीमा मात्र हुन्छ। यसको थोरै वंशानुगत पक्षबाहेक कुनै कारण हुँदैन।
अर्को जेनेरालाइज्ड हो। यो सबै शरीरभरि नै हुन्छ। कतिपय औषधि (ज्वरो वा दुखाई कम गर्ने, हर्मोनका औष्धीहरु) खाँदा वा कुनै रोग (थाईराइड, हर्मोन सम्बन्धी रोगहरु र संक्रामक रोग (जस्तै टीबी, मुटुको इन्फेक्सन) हुँदा यस्तो हुन्छ।

यो लेखमा फोकल हाइपरहाइड्रोसिसबारे चर्चा गर्ने छौँ। फोकल हाइपर्हाईड्रोसिस आफैँमा कुनै घातक रोग होइन। तर, हाइपरहाइड्रोसिसले मानिसको दैनिकीमा ठूलो असर पारेको हुन्छ। अत्यधिक पसिनाले गर्दा काममा बाधा हुने, पढाइ वा लेखाइमा कठिनाइ आउने, हात मिलाउँदासमेत अप्ठ्यारो हुने, कपडाहरुमा दाग बस्ने, नराम्रो गन्ध आउने हुन्छ।
यो सबै कारण मानिसमा अत्मविस्वासको कमी हुने, अतालिने र सामाजिक एकाग्रतातर्फ लाग्ने समस्या हुन्छ। कतिपय त डिप्रेसनमा समेत गएको पाइन्छ। साथै हाइपरहाइड्रोसिस भएकाहरुमा छालासम्बन्धी समस्य तीन गुणासम्म बढी हुन्छ। जस्तो, ढुसीको संक्रमण, एलर्जी र भाइरल इन्फेक्सन हुन्छ।
यसरी हुन्छ उपचार
यो समस्याका विभिन्न उपचार विधि छन्। यसका लागि झोल औषधि, खाने औषधि, करेन्ट विधि, इन्जेक्सन विधि, लेजर प्रविधि र शल्यकृया गर्न सकिन्छ।
लगाउने झोल औषधीमा २०% अल्मुनियम क्लोराइड हुन्छ। यसमा भएको अल्मुनियम साल्टले पसिना निकल्ने ग्रन्थीको नली थुनिदिन्छ। जसकारण पसिना निस्किन कम हुन्छ।
करेन्ट विधिलाई हामी मेडिकल भाषामा आयोन्टोफोरेसिस पनि भन्छौ। यसले नियन्तृत तरिकाले पसिना निकाल्ने ग्रन्थीको कृयाकलाप कम गर्छ। यो हप्तामा तीन पटकसम्म चारदेखी ६ हप्ताको लागि गर्नुपर्ने हुन्छ। पछी हरेक दुई-दुई हप्तामा गर्दै कम गर्न सकिन्छ। एक पटक २०-३० मिनेटको लागी गर्नु पर्ने हुन्छ।
विभिन्न अध्ययनअनुसार यसको प्रभावकारिता ८५% सम्म छ। यो प्रविधि सुरुसुरुमा चिकित्सकको निगरानीमा गरेर पछि आफैँ घरमा पनि गर्न सकिन्छ।
अर्को निक्कै प्रभावकारी, तर महँगो विधि हो बटुलिनम टक्सिन इन्जेक्सन। यो एक प्रकारको नेउरोटक्सिन हो, जसले पसिना निकाल्ने ग्रन्थीलाई उत्तेजित गर्ने स्नायु रसायनको कमी गराउँछ। विभिन्न अध्ययनअनुसार यो शतप्रतिशतसम्म प्रभावकारी देखीएको छ।
यो हरेक १-२ सेन्टिमिटरको अन्तरालमा लगाइन्छ र एकपल्ट लगाएपछी ६ महिनासम्म काम गर्छ। धेरै पटक लगाइराख्यो भने लामो अन्तरालमा लगाउँदा पनि प्रभावकारी हुन्छ। खाने औषधिहरुको भने साइड इफेक्ट बढी हुने हुनाले प्राय: 'जेनेरालाइज्ड टाइप'मा मात्र प्रयोग गरिन्छ।
अत्याधुनिक लेजर प्रविधि पनि छ, जसलाई 'मिरा ड्राई' पनि भनिन्छ। यसले 'माइक्रोवेब रेन्ज'को किरणमार्फत पसिना निकाल्ने ग्रन्थीको सकृयतालाई कम गर्छ। यो हात, खुट्टाभन्दा पनि काखीमा हुने हाइपरहाइड्रोसिसको लागि बढी प्रभावकारी मानिन्छ। यो प्रविधि नेपालमा सर्वत्र उपलब्ध भने छैन।
माथिको कुनै उपचार विधिले नभए वा दैनिकीमा साह्रै असर गरे मात्र शल्यकृया गरिन्छ। किनभने यो रोगको शल्यकृया निकै जटिल मानिन्छ। काखी नजिक प्वाल पारेर दुर्बिनमार्फत छातीको स्नायुलाई नस्ट गर्नु पर्ने हुन्छ।
यी कुरामा ध्यान दिनुपर्छ
१. धेरै पसिना निस्कने माहोल नबनाउने। जस्तो, गर्मीबाट बच्ने, धेरै नअत्तालिने।
२. जुत्ता र मोजा दैनिक फेर्ने। कटनको कपडा, मोजा र छालाको जुत्ता प्रयोग गर्ने।
३. पसिना सोस्ने खालको जुत्ताको सोल प्रयोग गर्ने।
४. पसिना सोस्नको लागि पाउडरको प्रयोग गर्ने।
५. धेरै कसिलो जुत्त्ता नलागाउने ।
यति धेरै जनसंख्यालाई प्रभावित गर्ने, काममा समेत बाधा हुने, मनोबल कमजोर हुने र मानसिक समस्यासमेत उत्पन्न हुने हुनाले सन् २०१८ देखी नोभेम्बर महिनालाई अन्तराष्ट्रिय हाइपरहाइड्रोसिस समाजले विभिन्न जनचेतनामूलक कार्यक्रम गरेर मनाउँदै आएको छ। जसले गर्दा लुकाएर राखिने गरेको यो समस्या लिएर धेरै बिरामीहरु चिकित्सकसम्म आउने गरेका छन्। धेरै जना उपचार लिएर निको भएका पनि छन्। यदि तपाईं पनि यो समस्याबाट ग्रसित हुनुहुन्छ भने छाला रोग विशेषज्ञसँग परामर्श गरी लाभ लिन सक्नुहुन्छ।
(छाला, यौन तथा सौन्दर्य विशेषज्ञ डा भुसाल माल्दिभ्समा कार्यरत छन्।)


तपाइँको प्रतिक्रिया ?

खुसी
0%

अचम्मित
8%

उत्साहित
72%

दुःखी
0%

आक्रोशित
20%

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

कोरोना भाइरसको नयाँ स्वरुप बी.१.१.५२९ 'ओमिक्रोन भेरियन्ट'- खतराको घन्टी दक्षिण अफ्रिकामा कोरोना संक्रमणका नोभेम्बरमा संकलन गरिएका नमुनाको भाइरसको जेनेटिक सिक्वेन्सिङ (आनुवंशिक) अन्तर्गत अनुसन्धान र विश्लेषण गर्दा सार्स कोभ-२ को आरएनए अक्षरहरुमा उत्परिवर्तन पहिलेको डेल्टा भेरियन्ट (९ वटा परिवर्तन) को तुलनामा भन्दा ३ गुणा बढी (३२ परिवर्तन) देखिएकोले छ।

निद्राका अनेक समस्या र आरामदायी निद्राका घरेलु उपायनिद्रा कम लाग्ने समस्या धेरै मानिसमा पाइन्छ। खासगरी वृद्धावस्थामा निद्रा नलाग्ने समस्या बढी देखिन्छ। ओछ्यानमा गएपछि निदाउन धेरै समय लाग्ने, बारम्बार बिउँझने, बिहान चाँडै निद्राले छाड्ने जस्ता समस्या देखिन्छन्।

चिसोमा छालामा देखिने रोग 'चिलब्लेन्स' के हो? कसरी जोगिने?वातावरण प्रदूषण, मौसम परिवर्तन र चिसोका कारण छालमा विभिन्न खालका रोग र समस्याहरु देखिन थालेका छन्। यी मध्ये जाडोमा चिसोले खाने छालाको रोग अर्थात् 'चिलब्लेन्स' धेरै मानिसमा देखिने गरेको छ।

ताजा समाचारसबै

यी २० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन



कोरोनाको नयाँ भेरियन्टको जोखिम बढेसँगै जापान र अस्ट्रेलियाको सीमा पुनः बन्द



आज कोभ्याक्समार्फत ९ लाख ७२ हजार डोज कोभिसिल्ड खोप नेपाल आउँदै



दक्षिण कोरियामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’



एचआईभी परीक्षण, उपचार र निगरानीमा जोड दिऔं



९ हजार ४१७ एचआईभी संक्रमित कहाँ छन्?, थाहा छैनः सरकार



डिएम/एमसिएचको प्रवेश परीक्षा १८ गतेबाट, कम्प्यूटर प्रविधिबाट हुने



चीनमा १०६ बर्षे वृद्धलाई लगाइयो कोभिड-१९ विरुद्धको खोप



ओमिक्रोन देखिएका देशबाट आउने यात्रुको व्यवस्थापन सम्बन्धी अध्यादेश जारी गर्ने निर्णय



 पछिल्लो २४ घण्टामा २५५ जना कोरोना संक्रमित, २५६ जना डिस्चार्ज

सबै हेर्नुहोस

ट्रेण्डिङ

स्वास्थ्यका कर्मचारी सरुवाको फाइल तयार, कसको सरुवा कहाँ हुँदै?

अष्ट्रेलियामा दुई यात्रुमा ओमिक्रोन भेरियन्ट भेटियाे



के हो धेरै पसिना आउने रोग 'हाइपरहाइड्रोसिस', कसरी हुन्छ समाधान?



यी हुन् पिसिएल नर्सिङ अध्यापनका लागि अनुमति पाएक

Address

Sanepa 2 Lalitpur
Lalitpur

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 08:00 - 17:00

Telephone

9849160541

Website

Alerts

Be the first to know and let us send you an email when My pharmacy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to My pharmacy:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram