04/11/2025
बाथ रोग भनेको जोर्नीको मात्र रोग होइन ! शरीरको हड्डी, नशा, मांसपेशी देखि जुनसुकै अंगहरुमा आक्रमण गर्न सक्ने प्रतिरक्षा (Autoimmune ) रोग हो, यसलाई बेलैमा पहिचान गरेर उपचार गरे ठुलो हानि बाट जोगाउन सकिन्छ।
बाथ रोग सजिलै नियन्त्रण गर्न सकिने दिर्घ रोग हो।
नोट : डाक्टरको सल्लाह बिना बाथरोगको औषधि खान आफु खुशी बन्द गर्नु हुदैन।
समयमा नाम दर्ता गराई ढुक्क हुनुहोस् ।
𝐅𝐨𝐫 𝐀𝐩𝐩𝐨𝐢𝐧𝐭𝐦𝐞𝐧𝐭 👇
☎ 9811078899, 9804962121
🕹 उर्लाबारी-6 , थाना देखि उत्तर, मेचि सहकारी तल, मोरङ
बाथ रोग भनेको जोर्नीको मात्र रोग हैन त्यो भ्रम पालेर नबस्नुहोस्, प्राय जोर्नी बाहेकका बाथहरु पनि बढि हुने गरेको पाइएको छ र भर्खर जन्मेका बच्चा देखि किशोर, किशोरी र बुढापाकासम्मा बाथजन्य रोगहरु हुन सक्छ त्यसकारण हामि समयमा सचेत रहेनौ भने, यसले गर्ने हानि नोक्सान, अंगभंग हुनबाट र ज्यान जानबाट जोगिन सकिन्छ।
बाथरोगका लक्षण्हरु :
१. बिना चोटपटक जोर्नी दुख्नु, सुन्निनु
२. कुनै पनि अंगको बारम्बार एउटै समस्या भइरहने वा बल्जिरहने
४. बच्चाहरुको उमेर अनुसार वृद्धिविकास नहुने, बारम्बार विमारी भईरहने
३. शरीरको विभिन्न भागमा र छालामा दाग,डाबर, गाठा, धब्बा, घाउ–खटिरा, पिप बन्ने,पिलो आदि हरु बारम्बार आइरहने
५. हातखुट्टाको जोर्नी, मांसपेशि र नशाहरु झमझम गर्ने,दुख्ने ,पोल्ने, निदाउने,खीहिने, लाटो हुने, सिल्का हान्ने
६ . बिहान र बेलुका वा चिसोमा जोर्नीहरू दुख्ने, करकर खाने, सुन्निने रजाम हुने
७. चिसोमा औलाहरुको रंग सेतो, निलो, वा रातो हुने तथा घाममा छाला रातो हुने
८. हात खुट्टा लुला हुने, औलाको टुप्पामा घाउ आउने, कालो हुने, र कुहिने
९. औलाहरु बाङ्गिदै जाने
१०. मुख तथा गुप्ताङ्गमा बारम्बार घाउ– खटिरा आउने
११. आखा सुख्खा, रातो हुने र बिजाउने
१२. लामो समय ज्वरो आउने र ज्वरो आउने करण पत्ता लगाउन गारो हुने
१३. गर्वधारण नहुने, गर्व तुहिने
१४. पत्ता नलागेका जटिल रोगहरु एक ठाउँमा देखाएर अर्को ठाउँमा र
अर्को ठाउँमा जादा पनि बिराम ठिक नभएको
१५. हातखुट्टा तथा मांशपेसी कम्जोर हुने
१७. कलाजो फियो मृगौला तथा तथा मुख्य अंगहरु सुन्निने
या समस्या हुने
१८ . रगतका कोषहरु सेतो तथा रातो रक्तकोषहरु र प्याटिलेट्सको
संख्या अत्यधिक धेरै या थोरै लामो समय सम्म हुने तर क्यन्सार
हैन भने
१९. शरीरको भिभिन्न अन्तरिक भागमा र छालामा पिप आउने, घाउ
आउने, या कुनै पनि घाउ खटिरा, पिलो आउने या कुनै पनि
प्रकृतिका घाउहरु बारम्बार आउने
२०. दुइ वा दुइ भन्दा बढि अंग या प्रणालिमा समस्या आइरहेका छन
जस्तै, स्वासप्रस्वास प्रणाली, रक्तप्रणालिमा, स्नायु प्रणालिमा र
यस्ता समस्या दोहोरिरहेको
२१. कुनै पनि मानिसको अटो इम्युन रोग लागेको छ र ANCA जस्ता
टेस्ट हरु पोजेटिभ आइरहेका
२२. अत्यधिक मोटो या पातलो हुनुन्छ भने पनि तपाइलाई इम्मुनीटी
एंड रिउम्याटोलोजी सम्बन्धि परामर्शले लाभ मिल्न सक्छ
२३. जन्मजात रोगहरु जेनिट्क डिफ़ेक्ट भएको
२४. एलर्जी, उकुज भनिने Eczema रोगहरु छालामा र अन्तरिक
अंगहरुमा लामोसमय सम्म रहने भएको छ भने त्यस्तो बेलामा पनि
इम्मुनिटी र रिउम्याटोलोजी सम्बन्धि परामर्श गर्न जरुरि परेको हुन
सक्छ
- त्यस्तै गरि तपाइलाइ समग्रमा भन्दा खेरि कुनै पनि समस्या लामो समय सम्म भैरहेको छ तर त्यसको कारण पत्ता लागेको छैन भने, त्यस्तो बेलामा तपाइलाई यो परामर्शले मद्दत मिल्न सक्नेछ।
प्रतिरक्षा रोगलाइ उपचार नगर्दा हुन सक्ने जटिलताहरुः
मृगौला बिगार्ने,कलेजो,फियो र आन्द्राको समस्या हुने, मुटुमा पानी जम्ने, हृदयघात हुने, फोक्सोमा पानी जाम्ने, पटकपटक बच्चा खेर जाने, रगत नली तथा नशाहरू जाम हुने,मासु कम्जोर हुने, पेरालैसिस (पक्षघात) हुने,आँखा बिग्रिने, अन्धो हुन सक्ने ,कान नसुन्ने आदि