Madhyabindu Provincial Hospital

Madhyabindu Provincial Hospital A government hospital determined to provide effective health services that with a well commited team

“अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ” भन्ने नारासहित आज २०८२/०८/१५ गते ‘विश्व एड्स दिवस’को अवसरमा मध्यविन्...
01/12/2025

“अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ” भन्ने नारासहित आज २०८२/०८/१५ गते ‘विश्व एड्स दिवस’को अवसरमा मध्यविन्दु प्रादेशिक अस्पतालमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भयो। प्रदेश जनस्वास्थ्य कार्यालय, लुम्बिनी प्लस र मध्यविन्दु प्रादेशिक अस्पतालको समन्वयमा ३८ औं विश्व एड्स दिवस मनाईएको छ ।

Image Credit: Journalist Dhanu Bhusal

एचआईभी विरुद्धको यात्रामा हामी सबैको भूमिका महत्वपूर्ण छ। सुरक्षाका उपाय अपनाऔँ, परीक्षण गरौँ, उपचारमा साथ दिऔँ। 🌏❤️    ...
01/12/2025

एचआईभी विरुद्धको यात्रामा हामी सबैको भूमिका महत्वपूर्ण छ। सुरक्षाका उपाय अपनाऔँ, परीक्षण गरौँ, उपचारमा साथ दिऔँ। 🌏❤️

"Bharatpur Hospital सँगको ऐतिहासिक सहमति — स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धितर्फको नयाँ माइलस्टोन।"Bharatpur Hospital स...
30/11/2025

"Bharatpur Hospital सँगको ऐतिहासिक सहमति — स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धितर्फको नयाँ माइलस्टोन।"
Bharatpur Hospital सँग भएको यो सहमति केवल कागजमा गरिएको हस्ताक्षर मात्र होइन, यसले हजारौँ बिरामीको जीवनमा आशा र भरोसा थप्ने नयाँ अध्यायको सुरुवात गरेको छ।
यस महत्वपूर्ण सहमतिले मुटुरोगी, मृगौला रोगी तथा हाडजोर्नी तथा मेरुदण्ड (Orthopedic & Spine) सेवाको सुदृढीकरणमा उल्लेखनीय योगदान पुर्‍याउनेछ।
यस सहमतिअनुसार—
🔹 मासिक २ दिन विशेष स्वास्थ्य सेवा सञ्चालन हुनेछ, जसअन्तर्गत
• मुटु (Cardiology)
• मृगौला (Nephrology)
• हाडजोर्नी तथा मेरुदण्ड (Orthopedic & Spine)
जस्ता अत्यावश्यक तथा विशेषज्ञ सेवाहरू अब नियमित रूपमा आम नागरिकको पहुँचमा उपलब्ध हुनेछ।
अस्पताल नेतृत्वद्वारा देखाइएको सक्रियता, दृष्टिकोण र व्यवस्थापन कौशल प्रशंसनीय छ।

विशेष सेवा विस्तारमा मेसु सरहरूको समर्पण, निरन्तरता र दूरदर्शी नेतृत्वले आजको यो कदम सम्भव बनेको हो।
स्वस्थ समाजको यात्रामा हामी सबै एकजुट छौँ।
यस साझेदारीमार्फत आम नागरिकले अझ प्रभावकारी, गुणस्तरीय र सहज पहुँचयोग्य स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको छ।
धन्यवाद दुबै मेसु सरहरूलाई—स्वास्थ्य सुधारको यात्रामा अर्को ऐतिहासिक माइलस्टोन स्थापित गरिदिनुभएकोमा।💙
सम्झौताले बोल्छ—हामी सेवा सुधारका लागि प्रतिवद्ध छौँ। 🙏



हाम्रो अस्पतालमा बिरामी तथा बिरामी कुरुवाहरूलाई मोबाइल चार्जिङ समस्या नहोस भन्ने उद्देश्यले नेपाल टेलिकमले सहयोग स्वरूप ...
29/11/2025

हाम्रो अस्पतालमा बिरामी तथा बिरामी कुरुवाहरूलाई मोबाइल चार्जिङ समस्या नहोस भन्ने उद्देश्यले नेपाल टेलिकमले सहयोग स्वरूप चार्जिङ स्टेशन स्थापना गरिदिनुभएकोमा हार्दिक धन्यवाद।
धन्यवाद Nepal Telecom💙।




निरन्तर सिकाइ र दक्षता — सुरक्षित र गुणस्तरीय स्वास्थ्य सेवाको आधार।यस मध्यबिन्दु प्रादेशिक अस्पतालमा आज मिति २०८२/०८/१२...
28/11/2025

निरन्तर सिकाइ र दक्षता — सुरक्षित र गुणस्तरीय स्वास्थ्य सेवाको आधार।
यस मध्यबिन्दु प्रादेशिक अस्पतालमा आज मिति २०८२/०८/१२ गते कर्मचारीहरूको ज्ञान, सीप, धारणा र कार्यकुशलता अभिवृद्धि गर्ने उद्देश्यले नियमित रुपमा सञ्चालन हुँदै आएको CME कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो। ‘Management of OP Poisoning in Emergency’ विषयमा
डा. रितमभरा पौडेल ज्युको प्रस्तुती अत्यन्तै महत्वपूर्ण, उपयोगी र व्यवहारिक रह्यो।





अस्पतालजन्य फोहोर–मैला व्यवस्थापन सम्बन्धी आभिमुखिकरण कार्यक्रम बरिष्ठ नर्सिङ अधिकृत खेम कुमारी पन्त ज्युको  प्रस्तुतीमा...
27/11/2025

अस्पतालजन्य फोहोर–मैला व्यवस्थापन सम्बन्धी आभिमुखिकरण कार्यक्रम बरिष्ठ नर्सिङ अधिकृत खेम कुमारी पन्त ज्युको प्रस्तुतीमा सफलतापूर्वक सम्पन्न गरियो।
यस कार्यक्रमले अस्पतालभित्र उत्पन्न हुने फोहोर–मैला सुरक्षित, वैज्ञानिक र जिम्मेवार तरिकाले व्यवस्थापन गर्न आवश्यक ज्ञान, सचेतना र कार्यप्रणाली अझ प्रभावकारी बनाउन योगदान पुर्याएको छ।

"कठोर परिश्रम—अटुट नतिजा, Against all odds, we rise."मध्यबिन्दु प्रादेशिक अस्पतालमा हाडजोर्नी शल्यक्रिया सेवा विस्तारको ...
26/11/2025

"कठोर परिश्रम—अटुट नतिजा, Against all odds, we rise."
मध्यबिन्दु प्रादेशिक अस्पतालमा हाडजोर्नी शल्यक्रिया सेवा विस्तारको क्रममा : मिती २०२५/ ०७/२४ गते खुट्टाको नली हड्डी भाँचिएको (Tibia fracture) बिरामीको सफलतापूर्वक रड राखेर ( Intramedullary Nailing) अपरेशन गरियो !
सर्जनहरु : डा. भानु चालिसे/ डा.राजन कँडेल
एनेस्थेसिया : डा. समीर/ सेहबाज
नर्सहरू : मिना/ बिना/ बिनु/ कृपा/ पुष्पा लगाएत सम्पूर्ण टीम
सम्पूर्ण टीमलाई हार्दिक धन्यवाद 💙





नतिजा प्रकाशन गरिएको सूचना !!!  #मध्यबिन्दुप्रादेशिकअस्पताल
26/11/2025

नतिजा प्रकाशन गरिएको सूचना !!!

#मध्यबिन्दुप्रादेशिकअस्पताल

Invitation for Electronic Bids !!!Procurement of Medicine and Surgical Items
26/11/2025

Invitation for Electronic Bids !!!
Procurement of Medicine and Surgical Items



लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना !!!  #मध्यबिन्दुप्रादेशिकअस्पताल
26/11/2025

लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना !!!

#मध्यबिन्दुप्रादेशिकअस्पताल

25/11/2025

बिरामीको स्वास्थ्य सुधार हाम्रो प्रेरणा।
डायलाइसिस वार्ड—समर्पण, माया र सेवासहित।
हाम्रो समुदायको लागि भरपर्दो डायलाइसिस सेवा।
हाम्रो डायलाइसिस वार्डमा निरन्तर समर्पण र मिहिनेत गरिरहनुभएका सम्पूर्ण स्टाफहरूप्रति हार्दिक धन्यवाद।❤️
Thank you to all our dedicated dialysis staff ❤️. Your care makes a difference every day.



Send a message to learn more

25/11/2025

शुभ प्रभात 🙏
मध्यबिन्दु प्रादेशिक अस्पतालको मेडिसिन वार्डबाट ❤️
- स्वास्थ्य, सेवा र समर्पणसहित तपाईंको दिन शुभ रहोस्।



Address

Kawasoti Municipal Ward No. 16, Nawalpur
Narayanghat

Telephone

078418046

Website

Alerts

Be the first to know and let us send you an email when Madhyabindu Provincial Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Madhyabindu Provincial Hospital:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category