Nirogdham, Center for Gynaecology and Obstetrics

Nirogdham, Center for Gynaecology and Obstetrics Services currently provided:
General gynaecology clinic
Fertility
Gynae oncology
We have ultrasound scanning facility along with modern path lab.

About the team
Dr. Rajan Mahat, Senior Consultant
Nursing team

03/04/2022
https://m.facebook.com/story.php?story_fbid=10158596223138891&id=546963890
20/03/2021

https://m.facebook.com/story.php?story_fbid=10158596223138891&id=546963890

जब पाठेघरमा असामान्य कोषहरू अनियन्त्रित रूपमा वृद्धि हुन्छन्, तब पाठेघरको क्यान्सर हुन्छ। महिलाहरुमा हुने सम्प...

Midnight "En- Caul birth"Intact sacRare one.....😊congratulations dr.  Great job...
03/03/2021

Midnight "En- Caul birth"
Intact sac
Rare one.....😊
congratulations dr.
Great job...

एक पटक अवश्य पढौं।।।
01/02/2021

एक पटक अवश्य पढौं।।।

महिला पुरुष दुवैले विभिन्न शर्तहरुको सम्झौता गरेका हुन्छन् । केही स्वास्थ्य समस्याहरुले महिलाहरुलाई फरक र बढी .....

01/02/2021

#जानीराखौं
तपाईंलाई कुनै रोग बारम्बार दोहोरिएर आउने गर्छ वा बर्षौंसम्म दिनहु जसो औषधि खानुपर्ने रोग छ भने तपाईं उक्त रोगको बारेमा सम्पूर्ण रुपमा जानकार हुनु पर्दछ l तपाईंले आठ कक्षा पास गर्नु भएको छ भने आँफुलाई लागेको कुनै पनि रोग वा खाएको कुनै पनि औषधिको बारेमा तपाईं सम्पूर्ण ज्ञान हासिल गर्न सामर्थ राख्नु हुन्छ l तपाईंले रोग र औषधिको बारेमा सोद्धा डाक्टरले तपाईंले बुझ्नु हुन्न भन्छन भने यो बुझ्नुस कि उसलाई बुझाउने समय छैन वा रोग ठ्याक्कै यहि हो भनेर पत्ता लागि सकेको छैन वा उसैले राम्रोसंग बुझेको छैन वा बुझाउन आउदैन l कत्ति फुर्सद नभए पनि डाक्टरले कम्तिमा २-३ कुरा भन्नै पर्ने हुन्छ; जस्तै रोगको नाम के हो (medical term)? रोग के कारणले लाग्यो? औषधिको side-effect भै हालेमा कस्तो लक्षणलाई सामान्य लक्षण र कस्तोलाई खतरनाक लक्षण मान्ने? र दिएको औषधिले सन्चो भएन भने अर्को step के हो? डाक्टरबाट रोग र औषधि बारे हल्का ज्ञान पाउनु भो भने अब तपाईंले तल भनिएका कुराहरुको स्वअध्ययन तर्फ लाग्नुहोसl

* रोग कसरी लाग्छ ?
* पूर्ण रुपमा निको हुने रोग हो कि कहिल्यै पूर्ण रुपमा सन्चो नहुने रोग हो ?
* उक्त रोगका लक्षणहरु र यस्तै खाले अन्य रोगका लक्षणमा के के फरक हुन्छ ?
* बाहिर देखिने लक्षण बाहेक भित्र शरीरमा यसले के के असर गरेको छ?
* रोग बल्झन नदिन गर्नु पर्ने कुराहरु के के हुन्?
* कुन चेक जांच (labs, scan) आवस्येकता पर्छ र तिनले के पत्ता लगाउछन्?
* रोगको उपचारका लागि दिइएको औषधिले कसरी काम गर्छ?
* कुन side-effects सामान्य खालका हुन् कुन खतरनाक हुन्?
* खतरनाक side-effect (अथवा adverse effect) देखिने बित्तिकै के गर्ने ?
* उपचारको औषधिहरु लिएपछि अरु कुनै खाले औषधि लिनु हुन्छ कि हुँदैन?
* कुनै खानेकुरा बार्नु पर्छ कि पर्दैन?
* रोग अब निको भएको वा बल्झिएको थाह कसरी पाउने?
* आदि इत्यादि

अनि सबै भन्दा महत्वपूर्ण कुरा तपाईंले माथि भनिएको कुराहरुको ज्ञान लिएपछि verification को लागि आंफुले देखाएको डाक्टरसंगै सोध्नुपर्छ l फेरी दोहोर्याउँछु, यदि आठ कक्षा पास गर्नु भएको छ भने आँफुलाई लागेको कुनै पनि रोग वा खाएको कुनै पनि औषधिको बारेमा तपाईं सम्पूर्ण ज्ञान हासिल गर्न सामर्थ राख्नु हुन्छ l

29/01/2021

महीनाबारी गडबढी...
महिनावारी भनेको महिनामा एकपटक आउने नियमित प्रक्रिया हो । महिनावारी कुनै पनि महिला आमा बन्ने लक्षण हो । हरेक केटीमान्छे महिला बन्ने प्रक्रियालाई महिनावारी भनिन्छ । महिनावारी १० देखि १५–१६ वर्षको उमेरमा पहिलोपटक हुन्छ।

महिनावारी भएको पहिलो एक–दुई वर्ष नियमित महिनावारी नहुन सक्छ, त्यसलाई सामान्य मान्न सकिन्छ । यसलाइ महिनावारी गडबडी भएको भनेर बुझ्नुहुन्न । कति जनालाई पहिलोपटक भएर लामो समय नहुँदा चिन्ता लाग्ने गर्छ । तर त्यो सामान्य हो।

शरीरमा हुने पिट्युटरी ग्यालन, थाइराइड ग्यालन, ओभरी र युटरसजस्ता चार ग्यालनबाट उत्पन्न हुने हार्मोनले महिनावारी हुने गर्छ । शरीरमा हार्मोन ब्यालेन्स नभएसम्म नियमित महिनावारी हुँदैन । जब शरीरमा हार्मोन परिपक्क बन्छ तबमात्र महिनावारी नियमित हुन्छ।

महिनावारी भएको पहिलो दिन कसैले पेट अत्यधिक दुख्ने हुन्छ । महिनावारी हुने बेलामा पाठेघर खुम्चिने भएकाले पेट दुख्ने गरेको हो । ९९ प्रतिशतलाई महिनावारी हुनुअघिदेखि महिनावारी हुने बेलासम्म पनि पेट दुख्छ।

महिनावारी सुरु भएको एक–दुर्इ वर्षपछि नियमित हुने गर्छ । नियमित भनेको २८ देखि ३५ दिनभित्र महिनावारी हुनु हो । यसलाई नर्मल महिनावारी चक्र भन्ने गरिन्छ ।
२८ देखि ३५ दिनभित्र महिनावारी दुईपटक भएको खण्डमा वा ३५ दिन नाघेर भएमा गडबड भएको बुझ्नुपर्छ।

महिनावारी गडबडीका थुप्रै कारण छन् । स्कुल–कलेज पढ्ने किशोरीमा पहिलोपटक महिनावारी भएर अर्कोपटक ढिला भयो भने त्यसलाई गडबडी मानिँदैन । हार्मोन ब्यालेन्स नभएका कारण यस्तो हुनुलाई सामान्य मान्न सकिन्छ।

तर, नियमित महिनावारी हुने महिलामा गडबडी भयो भने के कारणले भयो भनेर खोजी गर्नुपर्छ।

कलेज वा स्कुल पढ्ने किशोरीहरूमा पढाइ र परीक्षाको तनावले पनि महिनावारी गडबड हुन सक्छ । तनावले हार्मोन तलमाथि हुँदा महिनावारी गोलमाल हुन्छ । महिनावारी सुक्ने बेलामा पनि कतिपयमा समस्या देखिन्छ।

थाइराइड ग्यालनको घटबढले गर्दा पनि महिनावारी नियमित नहुन सक्छ । कसैको पाठेघरमा ट्युमर पलाएको छ भने महिनावारीमा गडबडी देखापर्छ।

ब्रेस्ट क्यानसरका बिरामीमा त्यसको औषधिका कारण महिनावारी गडबड हुन सक्छ । डिम्बाशयमा समस्या हुँदा पनि गडबडी आउँछ।

पाठेघरको मुखमा घाउ, ट्युमर वा क्यान्सर छ भने महिनावारीमा गडबड हुन सक्छ । महिनावारी नियमित गराउन 18 परिवर्तन र खानपानले पनि भूमिका निर्वाह गर्दछ।

मोटोपनले समेत समस्या निम्तयाउने भएकाले खानपानमा विशेष ध्यान दिनुपर्छ । यसबाहेक परिवार नियोजनको अस्थायी साधन तीन महिने सुईले गर्दा पनि महिनावारीमा गडबड हुन सक्छ । तीन महिनामा एकपटक लगाउने सुईले तीन महिनाको साइकल गडबड गरेर बच्चा नबस्ने गराउँछ, यसकारण महिनावारी गडबड भइदिन्छ।

कुनै महिलालाई १० वर्ष सुई लगाउँदा १० वर्षसम्मै पनि महिनावारी गडबड भएको देख्न सकिन्छ।

महिनावारी भएन भनेर आत्तिनु भने हुँदैन किनभने तीन महिने सुईको काम नै महिनावारी चक्र गडबड बनाएर बच्चा नबस्ने गराउने हो । तर महिनावारी सुईले मात्र गडबड भएको हो या अन्य कारणले गर्दा भएको, चिकित्सकसँग परामर्श गरेर उपचार गर्नुपर्छ । महिनावारी गडबड भएको खण्डमा हामीले धेरै तनाव, चिन्ता लिनु हुँदैन । थाइराइडको घटबडले गर्दा पनि गडबड हुने हुँदा त्यसको जाँच गराएर निक्र्यौैल गर्नुपर्छ।

महिनावारी गडबड भएको खण्डमा पाठेघरमा समस्या छ कि भनेर अल्ट्रा साउन्ड गराएर हेर्नुपर्छ।

आफ्नो 18लाई ध्यान दिने, मोटोपन नियन्त्रण गर्ने, जंक फुड नखाने, पोषिलो खानेकुरा खाने ग¥यो भने महिनावारी नियमित गराउन सकिन्छ । यति गर्दा पनि नियमित नभएन चिकित्सकसँग परामर्श लिनुपर्छ ।

Address

Surkhet Road
Nepalganj

Telephone

+97781534129

Website

Alerts

Be the first to know and let us send you an email when Nirogdham, Center for Gynaecology and Obstetrics posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Nirogdham, Center for Gynaecology and Obstetrics:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram