15/04/2020
डाक्टर र समय - एउटा सानो मेरो प्रयास जिवन्त गर्न यस समय।
त्यो समय थियो जब गर्थिन् आमा गर्व छोरो डाक्टर हुँदा
आज त्यही आमाको आँखा सुक्यो रूंदा रूंदा।
त्यो समय थियो जब संज्ञा दिन्थे समाजले आयो लुटेरा
आज त्यही समाजले ठान्छन् मनै हु तिनको सहारा।
त्यो समय थियो जब साथीले भन्थे म घमण्डी भएछु
आज त्यही साथी भन्छन् तिमी छौ र म ढुक्क छु।
त्यो समय थियो जब सरकारले ठान्यो मेरो आवश्यकता छैन।
आज त्यही सरकार माग्दैछ मेरो र सहकर्मीको योगदान।
अन्योल छ जिन्दगी, आज यहाँ त भोलि कहाँ
भाग्न म सक्दिनँ, युद्धकै माझमा।
न त कबज छ, न त छ म संग बन्दुक र गोला
निरिहय भइ लड्नुपर्ने छ यो सेवक, खाली यि झोला।
कस्तो मोड आयो यो जिबनमा आज फेरी
एक छिन हाँसो बाकि सधै रोदनको झरी
देखाउन सक्दिनँ, मेरो भित्रको त्रास,
बाबा आउनु हुन्छ, भन्ने छ नानीलाई आश।
म फर्कि न आए, तिमी प्रिय न रूनु
५० हजार मोल मेरो हो भनि सहनु।
त्यो समयमा फर्कि जान सके म अतितको
डाक्टर नै बन्नेछु, सेवा गर्छु यहीँ जननीको।
-19
https://kanchulikhabar.com/news/31156