16/04/2026
𝗖𝗲𝗻𝘁𝗿𝗮𝗹 𝗖𝗮𝗺𝗽𝘂𝘀 𝗼𝗳 𝗧𝗲𝗰𝗵𝗻𝗼𝗹𝗼𝗴𝘆, 𝗗𝗵𝗮𝗿𝗮𝗻 का 𝗕.𝗦𝗰. 𝗖𝗹𝗶𝗻𝗶𝗰𝗮𝗹 𝗡𝘂𝘁𝗿𝗶𝘁𝗶𝗼𝗻 𝗮𝗻𝗱 𝗗𝗶𝗲𝘁𝗲𝘁𝗶𝗰𝘀 मा अध्ययनरत विद्यार्थीहरूले नेपाल मणिपाल शिक्षण अस्पताल, पोखरामा शैक्षिक भ्रमण गरेका थिए ।
यस भ्रमणमार्फत विद्यार्थीहरूले अस्पतालमा पोषणको भूमिका कति महत्वपूर्ण हुन्छ भन्ने कुरा नजिकबाट बुझ्ने अवसर पाएका थिए । बिरामीको अवस्थाअनुसार आहार योजना तयार गर्ने, अस्पतालको भान्सा तथा क्यान्टिन व्यवस्थापन, सरसफाइका मापदण्डहरू पालना गर्ने, तथा चिकित्सकहरूसँग समन्वय गरी बिरामीको उपचार प्रक्रियामा सहयोग पुर्याउने विषयमा व्यवहारिक जानकारी प्रदान गरिएको थियो ।
उहाँहरूले फिजियोथेरापी, अन्कोलोजी, प्रयोगशाला, ओ.पि.डी, प्यालियाटिभ वार्ड, आई.सी.यू , सी.सी.यू तथा अन्तर्राष्ट्रिय वार्ड लगायत विभिन्न विभागहरूको अवलोकन गर्नुभएको थियो, जहाँ उपचारसँगै उचित पोषण व्यवस्थापनले बिरामीको स्वास्थ्य सुधारमा महत्वपूर्ण भूमिका खेल्ने कुरा पनि स्पष्ट हुन्छ ।
यस प्रकारका शैक्षिक भ्रमणहरूले विद्यार्थीहरूलाई मात्र होइन, आम सर्वसाधारणलाई पनि “उचित आहार प्रभावकारी उपचारको महत्वपूर्ण आधार हो” भन्ने सन्देश दिन मद्दत पुर्याउने विश्वास लिएका छौं ।
🩺 सबैको अस्पताल, विश्वासिलो मणिपाल ।