Sagarmatha Medicine Distributors

Sagarmatha Medicine Distributors This orgnization mainly deals with wholesale of medicines and surgical items.Its sister organization is GMC PHARMACY which deals with retail medicines.

19/12/2015
मधुमेहको औषधिको मूल्य भारतमा आधा, नेपालमा पनि घट्छ पहिलोपोस्ट - | 30th November 2015 | १४ मंसिर २०७२ | Read count :1709m...
30/11/2015

मधुमेहको औषधिको मूल्य भारतमा आधा, नेपालमा पनि घट्छ
पहिलोपोस्ट - | 30th November 2015 | १४ मंसिर २०७२ | Read count :1709

mainphoto
फोटो : www.diapedia.org
काठमाडौं : मधुमेह (डाइविटिज) कम गर्ने औषधि टेनेलिग्लिप्टिनको मूल्य घटाउन अहिले औषधि उद्योगबीच तीब्र प्रतिस्पर्धा चलेको छ। कम्पनीहरुले मधुमेहको औषधिको मूल्य ५० प्रतिशतसम्म घटाइसकेका छन्। यसलाई 'प्राइस वार' कै रुपमा मिडियाले व्याख्या गरेका छन्। कसैले यसलाई 'ड्रग वार'समेत भनेका छन्।

नेपालमा कुल औषधि आयातको ७६ प्रतिशत भारतबाट आउने गरेको छ। गत वर्षको तथ्यांक अनुसार नेपालमा १० लाखको हाराहारीमा मधुमेह रोगी छन्। कुल २४ अर्बको औषधि आयातमध्ये १७ अर्ब ८४ करोड रुपैयाँको भारतबाट आयात भएको छ भने चीनबाट चीनबाट ४७ करोड ५५ लाख र भारत तथा चीनबाहेकका तेस्रो मुलुक पाँच अर्ब ३१ करोडको औषधि आयात हुने गरेको छ।

मधुमेहको औषधि नेपालमा उत्पादन हुँदैन, नेपाल यसका लागि भारतसँग निर्भर छ। भारतमा घटेको मूल्यको प्रभाव नेपाली बजारमा पनि पर्ने देखिनेछ।

मेनकाइन्ड फर्माले टेनेलिग्लिप्टिनलाई बजारमा ल्याएको २४ घन्टाभित्रै मूल्य ५० प्रतिशतले घटाएको घोषणा गरेको छ। यसपछि अन्य कम्पनीहरुले पनि टेनेलिग्लिप्टिनको मूल्य घटाउने उपायहरु खोज्न थालिसकेका छन्।

औषधि उत्पादक ग्लेनमार्कले मूल्य घटाउने विकल्प सोच्दैछ भने जायडस क्याडिलाले करिव एक साताअघि टेनेलिग्लिप्टिनको मूल्य आधा घटाएर बजारमा बजारमा पठाएको छ।

भारतमा ग्पिप्टिनको बजार २० अर्ब भारुको छ, जुन वार्षिक रुपमा ६० प्रतिशतले बढिरहेको छ। भारतमा मधुमेहबाट पीडितको संख्या ६ करोड ८० लाख छ, जसमध्ये करिव १८ लाख ५० हजार जना टाइप–२ मधुमेहलाई नियन्त्रण गर्नका लागि ग्लिप्टिनको सहारा लिन्छन्।

अल इन्डिया अर्गनाइजेसन अफ केमिस्ट एन्ड ड्रग्स्टि एसोसिएस्न (एआइओसिडी) को अक्टुबर महिनाको तथ्यांक अनुसार, भारतमा मधुमेह–रोधीको बजार २५ प्रतिशतभन्दा वढी दरले बृद्धि भइरहेको छ र यसको बजार ७६ अर्ब ३८ करोड भारुसम्म पुगिसकेको छ।

ग्लेनमार्क फर्मस्युटिकल्स लिमिटेडका अध्यक्ष सुजेस वादुदेवनले भने– हामी टेनेलिग्लिप्टिन व्रान्डको आफ्ना दुई औषधिहरु (जिटेन र जिटा प्लस) को मूल्य कम गर्ने बारेमा विचार गरिरहेका छौं, ताकी बढीभन्दा बढी विरामीले सहज रुपमा उपभोग गर्न सकुन्।

ग्लेनमार्कले दुवै औषधि प्रति ट्यावलेट २० रुपयाँ भारुमा बजारमा ल्याएको थियो, जबकि कयौं बहुराष्ट्रिय कम्पनीले यो औषधि ग्लेनमार्कको भन्दा आधा मूल्यमा बजारमा बिक्री गरिरहेका छन्। गत वर्षको कम्पनीले गरेको कुल आम्दानी ६६ अर्बमध्ये एक अर्ब ग्लिप्टिनबाट गरेको थियो।

मेनकाइन्ड फर्माले २३ नोभेम्बरमा टेनेलिग्लिप्टिन जेनरिकलाई ‘डायनाग्लिप्ट’ नामबाट बजारमा ल्याएको थियो, जसको मूल्य प्रति ट्याबलेट २० रुपैयाँ भारु थियो। एक दिनपछि नै यसको मूल्य घटाएर ८ रुपैयाँ ६० पैसा भारुमा झारेको छ।

कम्पनीका अध्यक्ष आरसी जुनेजाले भने– ‘मधुमेह संक्रमणजस्तो तीब्र रुपमा फैलिरहेको छ र यसलाई नियन्त्रणमा ल्याउन हामी मध्यम वर्ग र ग्रामिण क्षेत्रका वासिन्दालाई लक्षित गर्दै मूल्य घटाएर सहज रुपमा उपलब्ध गराउन खोजिरहेका छौं।

मेनकाइन्डले टेनेलिग्लिप्टिनको माध्यमबाट वार्षिक दुई अर्ब भारु राजश्व वुझाउने लक्ष्य लिएको छ।

यता जायडस क्याडिलाले एक साताअघि ‘टेनग्लेन’ नामबाट जेनरिक औषधि बजारमा उतारेको छ, जसको मूल्य प्रति ट्याबलेट सात रुपैयाँ भारु छ।

कम्पनीका प्रमुखहरुले मूल्य घटाउँदा तत्कालको नाफामा कमी आउने देखिए पनि सहज पहुँचले बजार विस्तार भएर भविष्यमा त्यसको परिपूर्ति हुने जनाएका छन्।

Diapedia is an open-access, peer-reviewed, unbiased and up-to-date knowledge base about all aspects of diabetes mellitus.

29/11/2015

Welcome to official page of Sagarmatha Medicine Distributors.This orgnization mainly deals with wholesale of medicines and surgical items.Its sister organization is GMC PHARMACY which deals with retail medicines.

Address

Pokhara, Kaski
Pokhara
33700

Telephone

009779856024899

Website

Alerts

Be the first to know and let us send you an email when Sagarmatha Medicine Distributors posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Sagarmatha Medicine Distributors:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram