03/09/2015
किड्नी फेल कसरी हुन्छ ?
यो बाट बच्ने उपाय के के
हुन !
डा.राजदेव राम । शरीरमा रस एवं रगतमा
उपस्थित विजातीय तथा अनावश्यक तत्वलाई
पिशाबबाट बाहिर निकाल्ने काम किड्नीले
गर्दछ । प्राकृतिक रूपमा स्वस्थ किडनीसँग दिनहुँ
६० किलो जति पानी छान्ने क्षमता हुन्छ ।
फेरि पनि सामान्य रुपमा किड्नीले २४
घण्टामा एकदेखि दुई लिटर पिशाब बनाएर
शरीरलाई निरोग राख्दछ । किड्नीको विशेष
सम्बन्ध मुटु, फेक्सो, कलेजोसाथ हुन्छ । मुख्यगरी
मुटु र किड्नीले परस्पर सहयोगको साथ काम गर्ने
गर्दछ । त्यसकारण, यदि कसैलाई मुटु रोग
लागेको छ भने उसको किड्नी पनि विग्रन्छ ।
त्यसबेला त्यो व्यक्तिको रक्तचाप उच्च हुन्छ र
क्रमशः मुटु पनि दुर्बल भएर जान्छ ।
किडनीका रोगीहरु दिनानुदिन बढीरहेका छन् ।
यसको मुख्य कारण मुटु, दम, श्वास, टि.बी., सुगर,
प्रेसरजस्ता रोगहरुको निदानका लागि भनेर
आधुनिक औषधीहरुको बढी सेवन गर्नु हो । यी
आधुनिक दवाईको अल्पकालनी सेवनको
विनाशकारी प्रतिक्रियाको रुपमा पनि
किड्नी फेल जस्तो गम्भीर रोग हुने गरेको
देखिन्छ । यी आधुनिक दवाईहरुको विषाक्त
प्रभावका कारण नै किड्नी तथा
पिशाबसम्बन्धी रोग उत्पन्न हुन्छ ।
किडनी शरीरको बीचैबीच कम्मरको नजिक हुन्छ
। यो अंग मुठ्ठिको बराबर हुन्छ । हाम्रो
शरीरमा दुईवटा किड्नी हुन्छ । यदि एउटा
किड्नी पूर्णरुपमा खराब भयो भने पनि अर्को
किड्नीले शरीरलाई ठीक रुपमा सञ्चालन गर्दछ
। मुटुद्वारा पम्प गरिएको रगतको २० प्रतिशत
किड्नीमा जान्छ, जहाँ यो रगत सफा भई पुनः
शरीरमा जाँदछ । यसरी किड्नीले हाम्रो रगत
सफा गर्दछ र सबै टाँक्सिन्स पिसाबबाट
शरीरको बाहिर निस्कन्छ । किड्नी हाम्रो
शरीरको सन्तुलनकारी अंग हो ।
यसको मतलब यदि शरीरमा कुनै चिज बढी या
कम हुन्छ भने किड्नीले त्यसलाई सम्हाल्दछ ।
मुख्यगरी नून र पानीको मात्रालाई सन्तुलनमा
राख्दछ । किड्नी खराब हुनुको मुख्य लक्षण
सुन्निनु हो । शरीरमा पानीको मात्रा बढी
भयो भने सुन्निने समस्या हुन्छ भने नूनको मात्रा
बढी भयो भने उच्च रक्त चाप हुन्छ । यसबाहेक
रगत बनाउनु, हड्डिहरुलाई मजबुत पार्नु अर्थात्
भिटामिन ‘डी’ बनाउनु, उच्चरक्तचाप नियन्त्रण
गर्नु र शरीरमा उत्पन्न भएका खराब पदार्थलाई
शरीरबाहिर निकाल्ने काम गर्दछ ।
किड्नीका कैयौं समस्याहरु हुन्छन्, जसलाई
जान्न आवश्यक छ । नेफ्रोटिक सिन्ड्रोम र
यसको लक्षण किड्नीमा फिल्टर अर्थात् स–
साना छिद्र हुन्छ, जसले खराब तत्वलाई शरीर
बाहिर निकाल्ने र राम्रो तत्वलाई शरीरका
लागि लाग्दछ । नेफ्रोटिक सिन्ड्रोममा
किड्नीमा जुन फिल्टर हुन्छ, त्यसका छिद्रहरु
ठूलो भएर जान्छ र ती छिद्रबाट शरीरका
लागि उपयोगी तत्व पनि खराब तत्वका
साथमा बाहिर निस्कन्छ । परिणामतः विहान
अनुहार सुन्निने तथा बेलुका खुट्टा खासगरी
पैताला सुन्निने गर्दछ ।
यो किड्नी विरामीको सुरुको लक्षण हो ।
उपचार यसको उपचारका लागि बायोप्सी
नामको क्रिया गरिन्छ, जसको माध्यमद्वारा
पत्ता लाग्दछ कि न्यूट्रोटिक सिन्ड्रोम कुन
अवस्थामा छ भन्ने । सही तरिकाबाट उपचार
गर्नाले विरामी निको हुन्छ । तर सुन्निने
समस्याप्रति ध्यान दिएन र समयमै उपचार गरेन
भने विस्तारै विस्तारै किड्नी फेल हुन पुग्दछ ।
सावधानी जब सुन्निने समस्या देखापर्दछ, तुरुन्तै
किड्नी विशेषज्ञको सम्पर्कमा जानुपर्दछ ।
खानामा नून कम गर्ने र पिउने चिजमा पानीको
मात्रा एकदेखि डेढ लिटर मात्र पिउनु पर्छ । यो
भनिन्छ कि पानी धेरै पिउनाले किड्नी ठीक
रहन्छ, यो भनाइ सही होइन ।
किड्नीको पत्थरी हुँदा धेरै पानी खानु ठीक
हो तर अन्य विरामी भएको हकमा धेरै पानी
पिउनाले किड्नीलाई नोक्सान पु¥याउन सक्दछ
। समयमै उपचार गर्दा यस्तो रोग लागेका
विरामी ९० प्रतिशत ठिक हुन्छन् । किड्नी
स्टोन (पत्थरी) र यसको लक्षण किड्नी स्टोन
तथा पत्थरी आमरुपमा देखापर्ने समस्या हो । यो
किड्नीसम्बन्धी दोस्रो मुख्य समस्या हो ।
बिरामीको पिशाबमा केही तत्व तथा
रसायनको मात्रा बढी हुन्छ । जुन तत्व
पिशाबसँग घोलिदैन, जुन जमेर स्टोन अर्थात्
पत्थर बन्न जान्छ । क्याल्सियम, फास्फोरस,
यूरिक एसिड, सिस्टीन र कैयौं अन्य तत्वले स्टोन
बनाउँदछ ।
जब पत्थर बन्छ, त्यो क्रमशः ठूलो हुँदै जान्छ र
यसले पिशाबको बाटो बन्द गरिदिन्छ । यसबाट
किड्नीको संक्रमण तथा फेल हुने जोखिम बढेर
जान्छ । किड्नी पत्थरीको लक्षण भनेको
पिशाब रोकिनु, असह्य दुखाइ, पिशाबमा रगत
आउनु, पिशाब पोल्नु, संक्रमण हुनु तथा दुखाइको
क्रममा उल्टी समेत हुनु हो । उपचार यदि पत्थर ६
मि.मि.भन्दा सानो छ भने त्यो पिशाबको
माध्यमबाट बाहिर निकाल्न सकिन्छ । त्यसका
लागि अपरेशनको आवश्यकता पर्दैन । दुखाई धेरै
भयो र धेरै रगत आइरहेको छ भने चाहिं अपरेशनको
जरुरत पर्दछ । १० मि.मि.भन्दा बढी मात्राको
पत्थरी कहिल्यै पनि पिशाबबाट निस्कन नसक्ने
हुँदा त्यसको अपरेशन गर्नुबाहेक अन्य विकल्प हुँदैन
। सावधानी स्टोन नबनोस् भन्नका लागि
दिनमा तीनदेखि चार लिटर पानी अनिवार्य
पिउनु पर्दछ ।
पानीको कमी भयो भने केमिकल कन्सन्ट्रेशन
बढ्दछ भने पानी बढी भयो भने कन्सन्ट्रेशन कम
हुन्छ । पेशाब आउँदा रोक्नु हुन्न । पिशाब
रोक्दा केमिकल कन्सन्ट्रेशन बढ्छ । किडनीको
कुनै विरामी वा संक्रमण छ भने तुरुन्तै उपचार
गराउनु पर्दछ adrenal_gland किड्नीको सबै
रोगहरु स्थायी हुँदैन । सही उपचारबाट खराब
किड्नी ठीक हुन सक्छ । किड्नी फेल भनेको
किड्नीले आफ्नो काम नगर्नु हो । अर्थात्
शरीरमा सन्तुलन कायम नहुनु हो । यसो हुँदा
शरीर सुन्निन्छ तथा ब्लडप्रेशर बढ्छ । केमिकल्स,
जस्तो यूरिया, त्रिएटिनाइन, पोटेशियम बढ्न
थाल्दछ । त्यसपछि मात्र थाहा हुन्छ कि
किड्नीले काम गरिरहेको छैन । यसबाट यो पनि
चल्दछ कि किड्नी कति खराब भएको छ भनेर ।
आजकाल किड्नी पेलको मुख्य कारण ब्लड प्रेसर,
सुगर, पत्थरी तथा धेरै पेन किलर प्रयोग गर्नाले
हुने गरेको छ । तसर्थ यसबाट बच्न जरुरी छ ताकि
गम्भीर स्थिति आउनबाट बच्न सकियोस् ।