Mata Manakamana Ayurved Clinic Pvt. Ltd - Pokhara

Mata Manakamana Ayurved Clinic Pvt. Ltd - Pokhara अायुर्वेदसंगै अाधुनिक जीवनशैली र प्र

पिसाब पोल्ने र पेट दुख्ने समस्या? तुरुन्त समाधान जान्नुहोस्! #महत्वपूर्ण  #पिसाबपोल्नेसमस्या  #स्वास्थ्यसमाधान  #यौनकाकु...
05/05/2025

पिसाब पोल्ने र पेट दुख्ने समस्या? तुरुन्त समाधान जान्नुहोस्! #महत्वपूर्ण #पिसाबपोल्नेसमस्या #स्वास्थ्यसमाधान #यौनकाकुरा #यौनकाकुरा #महत्वपूर्ण

हजुरको कुनै यौन तथा प्रजनन सम्बन्धी समस्या तथा जिज्ञासा भए हजुरले हामीलाई म्यासेज मार्फत आफ्नो समस्या तथा जानका....

उत्तेजना नहुने पीडा ? घरेलु उपायले यौन शक्ति बढाउनुहोस् ! #यौनसमस्या #शीघ्रस्खलन  #खडा_नहुने_समस्या  #घरमैउपचार #यौनकाकु...
13/04/2025

उत्तेजना नहुने पीडा ? घरेलु उपायले यौन शक्ति बढाउनुहोस् !
#यौनसमस्या
#शीघ्रस्खलन

#खडा_नहुने_समस्या

#घरमैउपचार
#यौनकाकुरा



सागर थापा, ३२ वर्ष, विराटनगरका एक युवकको यौन समस्याबारे यो भिडियोमा चर्चा गरिएको छ — लिंग उत्तेजना हुँदाहुँदै पनि ...

के तपाईंको पहिलो बच्चा सिजेरियन (अप्रेसन) बाट जन्मिएको थियो? दोस्रो बच्चा पनि अप्रेसन गर्नुपर्छ कि नर्मल डेलिभरी सम्भव छ...
03/04/2025

के तपाईंको पहिलो बच्चा सिजेरियन (अप्रेसन) बाट जन्मिएको थियो? दोस्रो बच्चा पनि अप्रेसन गर्नुपर्छ कि नर्मल डेलिभरी सम्भव छ? यो भिडियोमा हामी डाक्टरको सल्लाह र तथ्यहरू खुलासा गर्छौं। यो रहस्यमयी प्रश्नको जवाफ थाहा पाउन भिडियो अन्तसम्म हेर्नुहोस् र आफ्नो अनुभव कमेन्टमा शेयर गर्नुहोस्! लाइक, सब्स्क्राइब र बेल आइकन थिच्न नबिर्सिनुहोस्।

निःशुल्क परामर्श
9841491186
9801389580









के तपाईंको पहिलो बच्चा सिजेरियन (अप्रेसन) बाट जन्मिएको थियो? दोस्रो बच्चा पनि अप्रेसन गर्नुपर्छ कि नर्मल डेलिभरी ....

के तपाईंलाई पनि यौन सम्पर्क गर्दा योनी सुख्खा हुने, सेतो पानी आउने समस्या छ?किन यस्तो हुन्छ? के यसले सन्तान जन्माउन असर ...
02/04/2025

के तपाईंलाई पनि यौन सम्पर्क गर्दा योनी सुख्खा हुने, सेतो पानी आउने समस्या छ?
किन यस्तो हुन्छ? के यसले सन्तान जन्माउन असर गर्छ?
आजको कार्यक्रम ‘यौनका कुरा’ मा यी सबै प्रश्नको वैज्ञानिक र चिकित्सकीय समाधान खोज्नेछौँ!

🔥 डाक्टरको सल्लाह सहित सम्पूर्ण जानकारी!
👉 समस्या मात्र होइन, समाधान पनि!
👉 गर्भ रहन समस्या किन आउँछ?
👉 के यो कुनै गम्भीर रोगको संकेत हो?

निःशुल्क परामर्श
9841491186
9801389580

#महिलास्वास्थ्य #योनीसमस्या #सेतोपानी #योनीसुख्खा #गर्भधारण #महिला #यौनस्वास्थ्य

🔴 महिला स्वास्थ्यको गोप्य समस्या!के तपाईंलाई पनि यौन सम्पर्क गर्दा योनी सुख्खा हुने, सेतो पानी आउने समस्या छ?किन .....

21 वर्षीय अनिश भट्टराईको गम्भीर प्रश्न – 1 मिनेटमै स्खलन किन? उत्तेजना किन घट्दैछ? अण्डकोस लत्रिनुको कारण के हो? के अपरे...
02/04/2025

21 वर्षीय अनिश भट्टराईको गम्भीर प्रश्न – 1 मिनेटमै स्खलन किन? उत्तेजना किन घट्दैछ? अण्डकोस लत्रिनुको कारण के हो? के अपरेशन जरुरी छ?
तपाईंलाई पनि यस्तो समस्या छ? समाधानका लागि भिडियो पूरा हेर्नुहोस् !

निःशुल्क परामर्शको लागि
9841491186
9801389580



21 वर्षीय अनिश भट्टराईले यौन जीवनमा आउने समस्याहरू बारे खुलेरै सोधे – छिटो स्खलन किन हुन्छ? समाधान के हो? अण्डकोसको ...

महिनावारी अनियमित हुँदा गर्भधारण सम्भव छ कि छैन? यसको कारण के हुन सक्छ? डाक्टरको सुझाव सहित सम्पूर्ण जानकारीका लागि हेर्...
31/03/2025

महिनावारी अनियमित हुँदा गर्भधारण सम्भव छ कि छैन? यसको कारण के हुन सक्छ? डाक्टरको सुझाव सहित सम्पूर्ण जानकारीका लागि हेर्नुहोस् यो एपिसोड! कार्यक्रम यौनका कुरा - younka kura यौनका कुरा

#महिनावारी #गर्भधारण #महिनावारीअनियमितता #डाक्टरकोसुझाव

महिनावारी अनियमित हुँदा गर्भधारण सम्भव छ कि छैन? यसको कारण के हुन सक्छ? डाक्टरको सुझाव सहित सम्पूर्ण जानकारीका ला....

के वीर्यमा शुक्राणु नहुनु भनेको बन्ध्यता नै हो ? निल शुक्राणु (Azoospermia) हुनुको कारण के हुन्? के यसको उपचार सम्भव छ ?...
25/03/2025

के वीर्यमा शुक्राणु नहुनु भनेको बन्ध्यता नै हो ? निल शुक्राणु (Azoospermia) हुनुको कारण के हुन्? के यसको उपचार सम्भव छ ?
https://youtu.be/GSTdo8O0Czw?si=74Mu3IV0kmqxHM6y

के वीर्यमा शुक्राणु नहुनु भनेको बन्ध्यता नै हो ? निल शुक्राणु (Azoospermia) हुनुको कारण के हुन्? के यसको उपचार सम्भव छ ? यौनक....

https://youtu.be/O-quKjGv_CQ?si=Ily9xY_d2SWf1tfy
23/01/2024

https://youtu.be/O-quKjGv_CQ?si=Ily9xY_d2SWf1tfy

समस्या तथा जिज्ञासा को लागि younkakura@gmail.com मा सम्पर्क गर्नु होला । निःशुल्क परामर्शको लागि +9779841491186 वा +9779801389580 मा सम्पर्क राख.....

24/03/2020

#हाम्राे_अनुराेध!
विश्वभरी विकराल रुपमा देखिएकाे काेराेना भाईरस (COVID-19) काे संक्रामक अवस्थामा यसवाट वच्न नेपाल सरकारले लागु गरेकाे लक डाउन ( सवैका लागि हाेम क्वारेन्टाईन) काे अवस्थामा यस परिस्थितिवाट सवैलाई सुरक्षित राख्नु तथा स्वयं पनि सुरक्षित रहि संक्रमणलाई फैलन नदिनु हामि सवैकाे दायित्व हाे ।

यस समयमा नेपाल सरकारद्वारा अाग्रह गरे अनुसार सवैलाई घरमै रहि राेग विरुद्धकाे लडाईमा साथ दिन अाग्रह गर्दछाैं ।

साेहि समयमा यदि तपाईहरुलाई कुनै पनि अावस्यक परामर्श लिनुपर्ने भएमा हाम्रो निम्न फाेन नम्वरमा सम्पर्क गरी जानकारी तथा सेवा लिन सक्नुहुने छ :-

काठमाडौं केन्द्र : ९८५११५८२६१, ९८५११४५४०६
पोखरा केन्द्र :- ९८४४३११९०६
बनेपा केन्द्र :- ९८०७६०१७०२
धनगढी केन्द्र: - ९८५७७३२८६२
टिकापुर केन्द्र: - ९८५७८७८६४०
काेहलपुर केन्द्र: - ९८६९९६७१२
सुर्खेत केन्द्र:- ९८६८६६१६९५
दाङ केन्द्र :- ९८४४१८९५८०
बुटवल केन्द्र: - ९८४७३५२१२७
भरतपुर :- ९८५५०६४८११
हेटौंडा :- ९८०७४५८६७८
हरिवन :- ९८५९९३७७८५
सिन्धुली :- ९८४२४०४६२३
सप्तरी :- ९८०७६२५३३०, ९८४२९२८०७८
इटहरी :- ९८५२०८३३०३
बिर्तामोड :- ९८४४५३९७६१
इलाम:- ९८४५०७००१३
लमजुङ :- ९८६९२५७९२२

धन्वन्तरी_अायुर्वेद_हस्पिटल_एण्ड_रिसर्च_सेन्टर_प्राली_तथा_मातामनकामना_अाराेग्य_केन्द्र_परीवार

अवैध रुपमा यौन शक्तिबद्र्धक औषधि बिक्रीका नाममा ठगी गरेको आरोपमा १५ वटा विभिन्न हर्बल होम तथा टेलिसेन्टरका सञ्चालकहरुलाई...
01/01/2018

अवैध रुपमा यौन शक्तिबद्र्धक औषधि बिक्रीका नाममा ठगी गरेको आरोपमा १५ वटा विभिन्न हर्बल होम तथा टेलिसेन्टरका सञ्चालकहरुलाई अनुसन्धानका लागि ७ दिन थुन्न आदेश दिइएको छ।

काठमाडौं जिल्ला अदालतले उपभोक्ता हित संरक्षण मञ्चले पुष ३ गते दर्ता गरेको उजुरीको सुनुवाई गर्दै थप ७ दिन थुनामा राख्न आदेश दिएको हो । न्यायधीश उमनाथ गौतमको इजलाशले उक्त आदेश जारी गरेको मञ्चका महासचिव विष्णु तिमिल्सेनाले जानकारी दिए।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले ‘अप्रेसन इलुजन’सञ्चालन गरी काठमाडौंका विभिन्न सपिङ मलमा सञ्चालित हर्बल तथा टेलिसेन्टरमा केही दिनअघि छापा मारेर १२ सेन्टरका १५ जना पक्राउ गरेको थियो । यौन शक्ति बढाउने, लिंग ठूलो पार्ने, महिलाहरुको स्तन बढाउन सक्ने भन्दै उनीहरुले विज्ञापन नै गरेर विभिन्न औषधि बिक्री गर्दैै आएका थिए।
उनीहरुले भ्रममा पारी धेरैलाई ठगी गरेको उजुरी आएपछि पक्राउ गरिएको सिआइबीका एसपी जीवन श्रेष्ठले बताए।

प्रहरीले स्वयम्भूस्थित ग्रिन हर्बल एन्ड फिटनेस सपका सञ्चालक मेजर सिंह, अनामनगरस्थित फस्ट डिल अनलाइन सपिङकी म्यानेजर लक्ष्मी कटेल, सुन्धारास्थित कान्तिपुर टेलिसपका सञ्चालक रत्न घिमिरे, बसपार्कस्थित गोर्खा हर्बल विजका कामदार सुदिल ढकाल, टेलि मार्केट नेपाल मीनभवनका सञ्चालक बसन्ता सम्बाहाम्फे र सुकेधारास्थित एसियन हबर्ल होमका सञ्चालक सुप्रभा केसीलाई पहरीले पक्राउ गरेको हो।

त्यस्तै, हर्बल सप कोटेश्वरका सञ्चालक सूर्यबहादुर रायमाझी, सोह्रखुट्टेस्थित टेलि वान हर्बलका सञ्चालक बाबुराम ढकाल, पुतलीसडकस्थित ग्लोबल टिभी प्रोडक्टका सञ्चालक कुमार भारती, कमलादीस्थित ग्लोबल टेलि सपका सञ्चालक यादव राजी भारीलाई पनि प्रहरीले पक्राउ गरेको छ।

तीनकुेस्थित टेलिसेन्टरका सञ्चालक विपिन बोलखे, सुकेधारास्थित नेचुरल टेप सपका सञ्चालक रविन खड्का, गोंगबुस्थित बिजी हर्बल सपका सञ्चालक यमनाथ पौडेल र इन्द्रचोकस्थित निकिता इम्पेक्सका सञ्चालक विकास गोयललाई पनि पक्राउ परेका छन्।

पक्राउ परेकाहरुबाट रिस्टोर फेमिनी वास आयल, भाजिनेक्स फिमेल क्रिम, डेभलपी सेक्स, पपना ब्रेस्ट इन्लार्जिङ, क्रिम, ब्रेस्ट फर्मिङ क्रिम टच मी, सुपर ड्रागन लगायत नाम गरेका औषधि बरामद गरिएको सिआइबीले जनाएको छ।



यसबारेमा स्वास्थ्यखबर पत्रिकाले केही समयअघि तयार पारेकाे रिपाेर्ट

केही दिनअघि एक युवतीलाई आफन्तले अत्तालिँदै मेडिकेयर अस्पतालको इमर्जेन्सी कक्षमा पुर्‍याए । बेहोस अवस्थामा रहेकी युवतीको अवस्था गम्भीर थियो । इमर्जेन्सीका डाक्टरले आफन्तलाई सोधपुछ गरे । त्यसपछि थाहा भयो, ‘जाँडरक्सी र गाँजा छुटाउने भनेर प्रचारित औषधिको सेवनले उनको अवस्था त्यस्तो भएको रहेछ ।’ रक्सी र गाँजाकी अम्मली सिंह थरकी ती युवतीलाई उनकी आमाले सुटुक्क दालमा राखेर उक्त पदार्थ खुवाएकी रहिछन् । जसको असरले युवती त्यस्तो अवस्थामा पुगेकी थिइन् । अवस्था गम्भीर देखेपछि प्राथमिक उपचार गरेर त्यहाँबाट उनलाई शिक्षण अस्पताल महाराजगञ्ज पठाइयो ।

मेडिकेयरमा कार्यरत मानसिक रोग विशेषज्ञ डा. विश्वबन्धु शर्माका अनुसार उनको अवस्था र आफन्तको प्रतिक्रिया सुन्दा उक्त औषधिमा ‘डाइसल्फिराम’ नामक केमिकल मिसाएको हुनसक्ने देखिन्छ । पत्रिकामा आएको ‘थाहै नदिई जाँडरक्सीको कुलतबाट छुट्कारा पाउने’ विज्ञापनका पछि लागेर ती महिलाले छोरीलाई उक्त औषधि दिएको डा शर्मा बताउँछन् ।

छोराछोरी, आफन्तलाई कुलतबाट छुट्कारा दिलाउन चाहने धेरै छन् । त्यो पनि ‘थाहै नदिई छुट्ने’ भनेर राष्ट्रिय स्तरका नाम चलेका पत्रपत्रिका र टिभीमा विज्ञापन आएपछि सर्वसाधारणले विश्वास गर्छन् नै । साइडइफेक्ट (प्रतिअसर) भएका औषधीय तत्व मिसाइएका तर हर्बल भनिने त्यस्तो औषधिले ज्यानै लिनसक्ने चिकित्सकहरु बताउँछन् । ती महिलाले जस्तै भ्रमपूर्ण विज्ञापनको पछि लागेर आफन्तलाई कुलतबाट छुट्कारा दिनुको सट्टा झन् रोगी बनाइरहेको घटना धेरै रहेको डा. शर्मा बताउँछन् । आफूकहाँ त्यसअघि पनि केही व्यक्ति यस्तो औषधि प्रयोगबाट बिरामी भएर उपचारका लागि आएको उनले बताए । ती बिरामीले प्रयोग गरेको ‘स्मार्ट–पी’ नामक ‘कुलत छुटाउने औषधि’ देखाउँदै उनले भने, ‘सम्बन्धित व्यक्तिलाई थाहै नदिइ बिरामी पार्ने गरेकाले आफन्तले के खुवाउँदा त्यस्तो भएको हो भनेर खोल्न चाहँदैनन् । यही औषधिका कारण गम्भीर बिरामी भएर अस्पतालमा आउनेको सँख्या निकै हुन्छ ।’ नजिक अस्पताल नभएकाहरुको त यसको असरबाट मृत्यु नै हुनसक्ने उनले बताए ।

‘जाँडरक्सीलगायतका कुलत थाहै नदिइ छुटाउन’ भनेर बिज्ञापन गरिरहेकाहरु मध्ये तिनकुने, कोटेश्वर, बागबजार तथा कलंकीका टेलिमार्केटिङ सेन्टरमा स्वास्थ्य खबरपत्रिकाको टोली ग्राहक बनेर पुगेको थियो । तिनकुनेस्थित सेन्टरमा पुग्दा आफूलाई प्रोपाइटर बताउने विनोद बोलाखेले नाम, लेबल, प्याकेट केही नभएका केही पोका दिएर बिना साइडइफेक्ट ठिक पार्ने बताए । तर, उनले हर्बल औषधि भएकाले कुनै साइडइफेक्ट नगर्ने भन्दै सक्दो सेवनकर्तालाई थाहै नदिई सेवन गर्न सुझाए । उनले भने, ‘यसले भोमिट गराउँछ र खानै मन नलाग्ने अवस्थामा ल्याउँछ ।’

उनले भनेको प्रतिअसर ‘डाइसल्फिराम’ नामक केमिकलले गराउनेसँग मिल्ने डा शर्माले बताए । उनले भने, ‘पहिले–पहिले चिकित्सकले अस्पतालमै भर्ना गरेर यो केमिकलबाट दुव्र्यसन छुटाउने प्रयास गर्थे ।’ तर, अहिले भने यसको प्रयोग हटिसकेको डा. शर्मा बताउँछन् । डा. शर्मा भन्छन्, ‘यो केमिकलको प्रयोग गरिएको हो भने त्यसले ज्यानै लिन सक्छ । त्यसैले छानविन गरी कारबाहीको दायरामा ल्याउनुपर्छ ।’
त्यसबाहेकमा पनि हर्बल भनेर केमिकल मिसाइरहेको हुनसक्ने आशंका औषधिविज्ञ गर्छन् । औषधि व्यवस्था विभागका फर्मासिस्ट राजेश श्रेष्ठ भन्छन्, ‘यसरी समस्या समाधान गर्ने हर्बल भनिने कतिपय औषधिले तत्काल निको भएको महशुस पनि गराउँछन् । पछि गएर अनुहार सुन्निने, ज्वरो आउने, किड्नी बिग्रिनेसम्मका समस्या आउन सक्छन् ।’

भ्रमपूर्ण विज्ञापन
यो मात्रै होइन, यौनशक्ति घटाउने वा बढाउने, दुब्लो बनाउने वा मोटा बनाउने, लिंगको साइज बढाउने, हाइट बढाउने, दुखाइ ठिक गर्ने जस्ता भ्रमपूर्ण बिज्ञापन भइरहेका छन् । पत्रपत्रिका, अनलाइन र टिभीमार्फत् बढाइचढाइँ भ्रमपूर्ण बिज्ञापन गरेर समस्यामा परेका उपभोक्तामाथि ठगी भइरहेको छ ।

सर्वोच्च अदालतले २०७२ जेठ २७ गते नै उपभोक्ताको स्वास्थ्यमा असर र आर्थिक क्षय भएको उल्लेख गर्दै यस्ता भ्रमपूर्ण बिज्ञापन नगर्न आदेश दिइसकेको छ । न्यायाधीशहरू गोपाल पराजुली र चोलेन्द्रशमशेर जबराको संयुक्त इजालशले यस्तो आदेश दिएको हो । उपभोक्ता अधिकार मञ्चका तर्फबाट अधिबक्ता विष्णु तिमिल्सिनाले दायर गरेको रिटमा यी सबै भ्रमपूर्ण बिज्ञापन रहेको ठहर सर्वोच्च अदालतले गरेको थियो ।

औषधि ऐन २०१९ को दफा १९ मा औषधिको उपयोगीता तथा प्रभावकारीता सम्बन्धमा झुठो र भ्रमात्मक प्रचार गर्न नहुने र प्रचार वा बिज्ञापन गर्न अनुमति लिनुपर्ने प्रावधान छ । यसैको कानूनी व्यवस्था संयुक्त बजार निर्देशिका २०६९ ले बिज्ञापनको अनुगमन गर्ने व्यवस्था गरेको छ ।

‘दुखाइ कम गर्ने’ भनेर भ्रमपूर्ण बिज्ञापन गरिरहेको प्रोग्रेसिभ कम्पनीको ‘पेन नील’ तेलको अनुगमनमा जाँदा विभागका कर्मचारी चकित परे । ‘विभिन्न टिभी रेडियोमा मलाई त यो तेल लगाएपछि दुखाई ठिक भयो भन्ने उपभोक्ता होलान् भन्ने ठानेका थियौं । तर, उनकै कर्मचारी रहेछन्,’ औषधि व्यवस्था विभागका प्रवक्ता नारायणप्रसाद ढकालले भने । उक्त तेलका उत्पादक हरिनारायण चौधरीले चारभन्दा बढी टेलिभिजनमा बिज्ञापन गरिरहेको स्वीकारे । उनले औषधि व्यवस्था विभागकै कार्यालयमा उक्त तेलले ठीक हुने दाबी गरे । ‘यसले हानी गर्दैन भन्ने आधार के छ ?’ भनेर स्वास्थ्य खबरपत्रिकाले गरेको प्रश्नमा उनी अकमकिए ।

विभागका निर्देशक वालकृष्ण खकुरेल सामान्यतया यस्ता सामग्री बिक्री गर्दा ‘हानी नगर्ने’ प्रमाणित हुनुपर्ने बताउछन् । उक्त उत्पादनका उत्पादक औषधि उद्योगका रुपमा सञ्चालन अनुमति माग्न आउँदा आफूले अनुगमन गर्न पठाएको उनले बताए । यसैगरी यौनोत्तजेक औषधि तथा औषधिजन्य उपकरणको प्रयोगले मानिसको स्वास्थ्यमा दीर्घकालिन असर पार्ने गरेको बताइन्छ । यसले स्वास्थ्य तथा सम्पत्ति दुवैमा हानी पुगेको सर्वाेच्चकै आदेशमा उल्लेख छ । ‘यस्ता तथ्यहीन र भ्रम सिर्जना गर्ने बिज्ञापन नियन्त्रण नियमन र निषेध गर्नुपर्ने कर्तव्य देखिन आउँछ,’ फैसलामा भनिएको छ ।

विभागलाई टेरेनन् टेलि–मार्केटिङले

यसरी भ्रमपूर्ण बिज्ञापन गरी उपभोक्ताको स्वास्थ्य र सम्पत्तिमा हानी गरिरहेका छन् टेलीसपहरुले । तिनीहरुको संगठन नेपाल टेली–मार्केटिङ एशोसियसन छ । औषधि व्यवस्था विभागले गत भदौ ३१ गते उक्त एशोसियसनका नाममा एक पत्र पठाई भ्रमात्मक बिज्ञापन नगर्न निर्देशन दिएको थियो । तर, उक्त निर्देशनको बेवास्ता गर्दै यस्ता विज्ञापन प्रकाशित भइरहेका छन् ।

प्रचलित कानुनबमोजिम सम्बन्धित निकायबाट इजाजत लिएर मात्रै बिज्ञापन गर्न पाउने विभागका निर्देशक बालकृष्ण खकुरेलले बताए । उनले भने, ‘कुनै पनि भ्रमात्मक सूचना प्रयोजन वा स्वास्थ्यउपचार निको पार्न वा रोग साम्य पार्ने विषय विज्ञापनमा समेट्न पाइँदैन र विज्ञापन गर्दा प्रचलित कानुन पालना गर्नुपर्ने हुन्छ ।’ यसैगरी सूचना दिँदा यस्ता सामग्री ‘औषधि होइनन्’ भन्ने सन्देशसहित विज्ञापन गर्न पनि विभागले निर्देशन दिएको छ । तर कुनै पनि निर्देशन टेलि मार्केटिङ गर्नेहरुले पालना गरेको पाइदैंन ।

विभागका तर्फबाट आफूले सचेत गराइसकेको र त्यसको पालना नभए कानूनी दायरा ल्याउन अघि बढ्ने प्रवक्ता ढकालले जानकारी दिए । उनले भने, ‘सर्वाेच्चको आदेशपछि उनीहरु गरिखाने बाटो भएन भनेर अनुमति माग्न हामीकहाँ आएर धर्ना दिएका थिए । विभागले गलत काम गरेर ठग्न पाइदैंन भनेर पठायौं । सँगै त्यसो नगर्न बुँदागत रुपमा उल्लेख गरी सूचना जारी ग¥यौं ।’

आदेशको अपहेलना

सर्वाेच्चको आदेशमा भनिएको छ, ‘भ्रमपूर्ण विज्ञापनलाई व्यवस्थापन गर्ने सम्बन्धमा आम उपभोक्ताको स्वास्थ्य, सम्पत्ति, सार्वजनिक नैतिक र सदाचार प्रतिकुल हुने खाद्य पदार्थ, औषधि तथा औषधिजन्य उपकरण तथा अन्य उपभोग्य वस्तुको पत्रपत्रिका, रेडियो टेलिभिजनलगायतका सञ्चारमाध्यम र अन्य विद्युतीय उपकरण, पर्चा, होर्डिङ बोर्ड लगायतमा गर्न पाइदैन । उक्त कुराको नियमन र आदेश कार्यान्वयनका लागि सम्बन्धित क्षेत्रलाई निर्देशन दिइएको छ ।’

तर यसरी विज्ञापन गर्नेहरुले सर्वाेच्चको आदेशको ठाडो अवज्ञा गरिरहेका छन् । उनीहरुले खुलेआम प्रचार जारी राखेर उपभोक्तामाथि ठगी गर्दै आएका छन् । आदेश भएको १ वर्ष बित्नै लाग्दा पनि कार्यान्वयन नभएको भन्दै आफू मानहानीको मुद्दा हाल्ने तयारीमा रहेको उपभोक्ता हित संरक्षण मञ्चका विष्णु तिमिल्सिनाले बताए । उनले भने, ‘सर्वाेच्चको आदेशपछि केही समय रोकिएपनि फेरि पुरानै अवस्था आएको छ । हामी मानहानीको मुद्दा दायर गर्ने तयारी गरिरहेका छौं ।’

उक्त आदेशको पालना गर्न पत्रपत्रिकालाई समेत सूचना विभागले पत्राचारको गरेको छ । आदेश जारी भएको ८ महिनापछि गत माघ २२ गते सबै पत्रपत्रिकाका सम्पादकका नाममा सूचना जारी गरेको सूचना विभागले जनाएको छ । सूचनामा भनिएको छ, ‘सो अनुरुप (भ्रमपूर्ण) प्रकाशित, प्रसारित नगर्न नगराउन निर्देशानुसार अनुरोध छ ।’ तर, समाचार तयार पार्दाको मितिसम्म पत्रपत्रिकामा उक्त बिज्ञापन रोकिएका छैनन् ।


ज्यानै जान सक्छ

डा. विश्ववन्धु शर्मा, मनोचिकित्सक

मदिरा तथा लागुऔषधको कुलत छुटाउने औषधि भन्दै बजारमा छ्याप्छ्याप्ती विज्ञापन आइरहेका छन् । तिनकै पछि लागेर धेरैले ब्याच, सिरिज डेट, उत्पादक कम्पनीलगायत उल्लेख नभएका त्यस्ता पदार्थ सेवन गर्ने र समस्या भएपछि अस्पताल आउने गरेका छन् । उक्त पदार्थको सेवनपछि बिरामीले सुनाएको अनुभव र भएको असर हेर्दा त्यसमा ‘डाइसल्फिराम’ मिसाइएको हुन सक्छ । ‘डाइसल्फिराम’ सँग अल्कोहल मिसिदा स्वास्थ्यमा घातक समस्या आउन सक्छ ।
तर, बेच्नेहरुले हर्बल दाबी गरिरहेका छन् । हर्बलमा एलोप्याथी औषधि मिसाउनु अपराध मानिन्छ । यस्तै केसमा डाक्टर जेल गएको उदाहरण भारतमा छन् ।

रक्सी खानेलाई डाइसल्फिराम खुवाउँदा शरीरमा एक प्रकारको विष उत्पादन हुन्छ । यसले बान्ता गराइरहने हुन्छ । ब्लडप्रेसर बढाउने गर्छ । यस्तो भएपछि तुरुन्तै स्वास्थ्य संस्था पु¥याउन सकिएन भने बिरामीको ज्यान जान सक्छ ।

बिरामीलाई थाहै नदिइ यो खुवाउनुपर्छ भनेर विज्ञापनकर्ताले भन्ने हुनाले झन् गम्भीर समस्या आउन सक्छ । सेवन गराइएको व्यक्ति बिरामी भएपछि सेवन गराउने व्यक्ति अत्तालिन्छ । आफूले गल्ती गरेको महशुस गरेर यथार्थ खोल्दैन । यो झन् डरलाग्दो अवस्था हो । त्यसैले यसबारे यथार्थ बुझेर यस्ता औषधिको प्रयोग बन्द गराउनुपर्छ ।

काठमाडौं– अवैध रुपमा यौन शक्तिबद्र्धक औषधि बिक्रीका नाममा ठगी गरेको आरोपमा १५ वटा विभिन्न हर्बल होम तथा टेलिसेन�...

बाथ रोग भन्नाले शरीरको रोग निरोधक शक्तिले आफ्नै शरीरको अंगलाई असर गरेर हुने रोग हो । बाथ रोग धेरै प्रकारका हुन्छन् र विभ...
21/12/2017

बाथ रोग भन्नाले शरीरको रोग निरोधक शक्तिले आफ्नै शरीरको अंगलाई असर गरेर हुने रोग हो । बाथ रोग धेरै प्रकारका हुन्छन् र विभिन्न प्रकारका बाथले फरक फरक लक्षण देखाउँछन । तर, सबैजसो बाथ रोगमा समान लक्षण भनेको जोर्नी दुख्नु र सुनिनु हो । बाथ रोग सय भन्दा बढी प्रकारका भएपनि गठिया बाथ अथवा प्यालोटोइड आर्थराइटिस सबैभन्दा धेरै देखिने बाथहो । गठिया बाथले मुख्यतया हात तथा खुट्टाका साना जोर्र्नीलाई असर गर्छ । यसले २० देखि ५० वर्षका महिलालााई ज्यादा असर गर्ने गर्छ । तर बालकदेखि वृद्ध, महिला तथा पुरुष सबैलाई यसले समात्न सक्छ ।

लक्षणहरू
—बाथ रोग लागेपछि नली खुट्टा,घुँडा,र्जोनीहरू दुख्छन ।
—शरीरको कुनै एउटा भागमा सहनै नसक्ने पीडा हुन्छ ।
—माछा मासु पेयपदार्थ खाँदा बढी पीडा हुन्छ ।
—विस्तारै विस्तारै शरीरको अन्य भागमा पनि फैलन्छ ।
— रोगजति पुरानो भयो त्यति पीडा हुन्छ ।
—अरु रोगसँग लड्ने क्षमता कम हुन्छ ।

रोकथामका उपायहरू
— बेसार र मेथीको सुठो १००/१०० ग्राम लिने । त्यसमा असुरगन्धा मिसाएर चिया चम्चाले एक चम्चा बेलुका सुत्ने बेलामा नियमित खाने ।
—खाली पेटमा पानीसँग तीन पोटी लसुन खाने । जसले कोलेस्ट्रोल कम हुन्छ र बाथ रोगमा राहत मिल्छ ।
—घाममा बस्ने ।
—नुन र टिम्मुर पानी उमालेर हातगोडाधुने ।
—नियमित व्यायम गर्ने ।
—गोकुल भएका औषधिको प्रयोग गर्नाले बाथ कम हुन्छ ।

बाथ रोग भन्नाले शरीरको रोग निरोधक शक्तिले आफ्नै शरीरको अंगलाई असर गरेर हुने रोग हो । बाथ रोग धेरै प्रकारका हुन्छन�...

पछिल्लो समय स्मार्ट वाच र गुगल ग्लासपछि विश्वभर नै वियरेबल टेक्नोलजी (पहिरिने प्रविधि) प्रति अत्यधिक रुझान बढेको छ । घडी...
15/12/2017

पछिल्लो समय स्मार्ट वाच र गुगल ग्लासपछि विश्वभर नै वियरेबल टेक्नोलजी (पहिरिने प्रविधि) प्रति अत्यधिक रुझान बढेको छ । घडी र चश्मापछि अब बजारमा अनेकौं कम्पनीले अनेकौं नयाँ नयाँ वियरेबल प्रविधियुक्त वस्तु बजारमा ल्याइरहेका छन्।

यसै क्रममा आउन लागेको एउटा उत्पादन हो– स्मार्ट कन्डम । स्मार्ट कन्डम बिक्रीका लागि दर्ता प्रक्रिया सुरु भइसकेको सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
यो स्मार्ट कन्डमले सामान्यतया व्यक्तिले ख्याल नगर्ने मिहिन प्रश्नका समेत उत्तर (जानकारी) दिने उत्पादक कम्पनीले दाबी गरेको छ।

बेलायतको एउटा अनलाइन स्टोरमा रजिस्ट्रेसनमार्फत स्मार्ट कन्डमको बिक्री प्रक्रिया सुरु गरिएको जनाएको छ । बेलायती कम्पनी ब्रिटिस कन्डमले सन् २०१६ मा नै यो कन्डम बजारमा ल्याउने दाबी गरेको थियो।

कम्पनीले स्मार्ट कन्डमले यसको प्रयोगकर्तालाई उसले कतिबेर, कतिपल्ट र कति समयको अन्तरालमा यौन सम्पर्क ग¥योजस्ता जानकारी दिने दाबी गरेको छ।
तर यसको नाम स्मार्ट कन्डम भए पनि यसले परिवार नियोजनको अस्थायी साधनको काम भने गर्ने छैन । अर्थात असुरक्षित गर्भधारणबाट जोगाउने छैन।
खासमा स्मार्ट कन्डम एउटा गोलाकार रिङ हो, जुन अन्य कन्डमको आधारमा फिट हुन्छ।

अर्थात स्मार्ट कन्डमसँग रेगुलर कन्डम प्रयोग नगरिए गर्भधारण र यौन सम्पर्कबाट सर्ने विभिन्न रोगबाट जोगिन सकिँदैन।

तर अरु कन्डमजस्तो एकपटक प्रयोग गर्नासाथ यो कन्डम फ्याँक्नु पर्दैन । कम्पनीले स्मार्ट कन्डम बारम्बार प्रयोग गर्न सकिने दाबी गरेको छ।

यो कन्डमले यसमा जडान गरिएको ‘न्यानो’ चिप र सेन्सरको उपयोग गरि जानकारी संकलन गर्छ।

एकपल्ट यौन सम्पर्क गरिसकेपछि स्मार्ट कन्डमलाई ब्ल्यूटुथमार्फत मोबाइल एपमा कनेक्ट गरेर यसका सबै जानकारी डाउनलोड गर्न सकिन्छ । यसले दिने जानकारी प्रयोगकर्तासम्म मात्र सीमित रहन्छन्, तर मन लागे ती जानकारी सेयर पनि गर्न सकिनेछ।

डाउनलोड भइसकेपछि यो कन्डमबाट ती सबै जानकारी आफैं डिलिट हुन्छन् र यो फेरि अर्को प्रयोगका लागि तयार हुन्छ।

कम्पनीले दिएको विवरणअनुसार स्मार्ट कन्डमलाई प्रयोग गर्नुअघि चार्ज गर्नुपर्छ । युएसबी पोर्टबाट सजिलै चार्ज गर्न सकिन्छ । एक घन्टा चार्ज गर्दा यसलाई सात आठ घन्टासम्म प्रयोग गर्न सकिन्छ।

तर कम्पनीले गरेका दाबीमाथि विभिन्न प्रश्न उठेका छन् । आलोचकहरू स्मार्ट कन्डम उपयोगी हुनुभन्दा पनि यसलाई सकेसम्म धेरै बेच्ने ‘फन्डा’ मात्र हुनसक्ने आरोप लगाउँछन ।

आई डट कन नाम राखिएको स्मार्ट कन्डमको तस्बिर कम्पनीले हालै सार्वजनिक गरेको छ । तर बजारमा आइनसकेकाले यसको प्रयोग गर्न कति सहज हुनेछ अहिले बताउन कठिन छ।

यो कन्डमले यौन आनन्द बढाउँदैन, न त यसले गर्भधारण वा यौन रोगबाट जोगाउँछ । आलोचकहरू यो कन्डमबाट कुनै पनि उपयोगी कुरा प्राप्त नहुने आरोप लगाउँछन्।

यो कन्डममा एक वर्षको वारेन्टी दिइएको छ भने मूल्य करिब ६० बेलायती पाउन्ड अर्थात करिब आठ हजार रुपैयाँ छ । साइजको भने कुनै समस्या छैन, किनभने स्मार्ट कन्डमको रिङ लचकदार छ।

एजेन्सी ः पछिल्लो समय स्मार्ट वाच र गुगल ग्लासपछि विश्वभर नै वियरेबल टेक्नोलजी (पहिरिने प्रविधि) प्रति अत्यधिक र�...

Address

Naya Bajar
Pokhara
3370

Telephone

+9779851088118

Website

Alerts

Be the first to know and let us send you an email when Mata Manakamana Ayurved Clinic Pvt. Ltd - Pokhara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Mata Manakamana Ayurved Clinic Pvt. Ltd - Pokhara:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category