Astrologer Rajkumar

Astrologer Rajkumar Astrology tips, vastu tips, motivational ideas. for appointment
contact 9826104673 but I have got the idea of quantum mechanical approach on it.
(2)

being the student of physics, I m kin interested to know about ancient and vedic sciences. how our ancient sages were successful to calculate about nearly accurate astronomical value? scientists have not kept prediction part of astrology as science and they have categorized as pseudoscience. cosmic rays, space time continuum, etc are linked with it. and my goal is to have research on it to upgrade astrology in new and actual way.

Every moment of life is precious itself. Record the every moment in diary of life and explore the new for future.
27/10/2025

Every moment of life is precious itself. Record the every moment in diary of life and explore the new for future.

यस्सो यतातिर ध्यान दिनु है हरियो गोबरले लिपेको, लक्षिमी पूजा गरेकोहे औंशीको बार, गाईतिहार भैलो रे ...... यो भैली खेल्दा ...
20/10/2025

यस्सो यतातिर ध्यान दिनु है

हरियो गोबरले लिपेको, लक्षिमी पूजा गरेको
हे औंशीको बार, गाईतिहार भैलो रे ......

यो भैली खेल्दा गाईने निकै प्रचलित मीठो गीत हो। यहाँ भनिएको छ कि गाईतिहारको दिनमा लक्ष्मीको पूजा गरिएको छ जुन औंशीको दिन छ।

अर्थात् मैले सानो हुँदा जानेको के थियो भने नेपाली प्रचलनमा गाईको पूजा गरेर मात्रै तोरण टाँगी लक्ष्मीको स्वागत गरिन्छ। यो नेपाली संस्कृति होला। गाईलाई नै लक्ष्मीको रूपमा पूजा गर्ने पनि गरिन्छ।
तर आजकल रंगोलीको प्रथा भारतबाट भित्रियपछी भने लक्ष्मीको पूजाविधी फरक हुन थाल्यो। पञ्चाङ्गले नै कुकुर पूजाको दिनमा लक्ष्मीको पूजा भनेर राखिदिएको छ। यद्यपि शास्त्र अनुसार भने लक्ष्मीको पूजा औंशीको रातमा नै गर्ने हो तर हामी नेपाली यो कारणले संस्कृतिमा भिन्न र धनी छौ कि, चाढपर्वहरूको संस्कृति हाम्रो अरूभन्दा फरक छ।

तपाईंलाई के लाग्छ? तपाईंले देखेको सम्झेको कुराहरू राख्नु होला?
नेपालमा लक्ष्मीपूजा गाईपूजा गरेपछी गरिन्छ कि अघिल्लो दिनमै? तोरण टाँगेर लक्ष्मीको स्वागत गर्ने परम्परामा तपाईंको विचार के छ?

आज दिउँसो ३ बजे देखि औंशी तिथि लाग्ने भएको हुँदा आजको रात औंशीको रात हो। औंशीको रातमा नै अष्टलक्ष्मीको पूजा आराधना गरि ढ...
20/10/2025

आज दिउँसो ३ बजे देखि औंशी तिथि लाग्ने भएको हुँदा आजको रात औंशीको रात हो। औंशीको रातमा नै अष्टलक्ष्मीको पूजा आराधना गरि ढोका अघि रेखा निर्माण तथा फूलहरू राखी रातभर लक्ष्मीको स्वागत गरिन्छ।

चाँदिको प्रतिमा, श्रीयन्त्र, श्रीफल, वाँसुरी, दक्षिणमूखी शंख आदि आजको दिनमा घरमा राख्दा र पूजा गर्दा घरमा सदैव लक्ष्मीको बाँस हुन्छ, संवृद्धी रहिरहन्छ।

आयुर्वेदका देवता धन्वन्तरी समुन्द्र मन्थनको समयमा अमृतको घडा लिएर उत्पन्न हुनु भएको थियो। आज उनै देवताको जयन्ती हो। धन्व...
19/10/2025

आयुर्वेदका देवता धन्वन्तरी समुन्द्र मन्थनको समयमा अमृतको घडा लिएर उत्पन्न हुनु भएको थियो। आज उनै देवताको जयन्ती हो।
धन्वन्तरी जयन्ती।
यमपञ्चका पाँच दिनमा आज कागको पूजा गरि काग तिहार पनि मनाउने गरिन्छ भने भोलि रातमा औंशी परेकाले बिहान कुकुर पूजा र राती लक्ष्मीको पूजा गरिन्छ।

13/10/2025

थोरै लेखे

विपिन जोशी ह,मासको बन्दिमा परेपछि उनको कुनै खबर नै भएन। केही हप्ता अघि सार्वजनिक गरिएको नाममा उनको नाम पनि समावेश थियो। आज भएको ईजरा,यल र ह,मासको द्वीपक्षीय सम्झौता पछि जिवित बन्दिलाई रिहा गर्ने र मृ,तकको शव पठाउने कुरा उल्लेख भयो। त्यसमा पनि विपिनको कुनै नाम रहेन। केही आश बाकी हुँदाहुँदै पनि अहिले थप चार जनाको शवमा विपिनको नाम पनि आयो।

कहिँ कतैबाट आश देखिएन तर अपर्झट (प्रश्न) ज्योतिषको सहारा लिदा अहिले प्रश्न स्थानबाट चन्द्रमा पुनर्वसुमा र अन्य ग्रह स्थीती हेर्दा उनि अझै जिवित छन्, त्यो उल्लेखित विपिन भनेर पुष्टि गरिएको शव उनको होईन भन्ने ज्योतिषीय अनुमान मैले लगाए। प्रश्न ज्योतिषको आधार यस्तो अवस्थामा बलियो नभए पनि अलिकति संभावनालाई लिएर ईश्वरसँग प्रार्थना गरौं।

कोजाग्रत पूर्णिमा आज कि भोलि भन्ने सन्देह रहेछ। पात्रोमा पूर्णिमा भोलि पनि देखाईएकोले यस्तो लागेको हो। कोजाग्रत पूर्णिमा...
06/10/2025

कोजाग्रत पूर्णिमा आज कि भोलि भन्ने सन्देह रहेछ। पात्रोमा पूर्णिमा भोलि पनि देखाईएकोले यस्तो लागेको हो। कोजाग्रत पूर्णिमा रात्रीको समयमा पर्ने भएकोले आज चतुर्दशी तर राती पुर्णिमा तिथि हुन जादा पूर्णिमाको रातको चन्द्रमा हुँदा नै कोजाग्रत पर्ने गर्छ। कोजाग्रत पूर्णिमाको व्रत लक्ष्मिको पूजा गरि रातभर जागा रहेर गर्ने गरिन्छ। भोलि सूर्यदयकालिन समयमा पूर्णिमा तिथि रहेकोले तिथिको हिसाबले भोलि पूर्णिमा तर कोजाग्रत आज हो।

04/10/2025

भौगोलिक हिसाबले असाधारण रहेको देश नेपालमा प्राकृतिक विपत्तिबाट जोगिन जुनसुकै अवस्थामा सचेत रहनुपर्छ। अझ मौसम विभागले गरेको पूर्वानुमान हामीले जानिसकेपछी यसमा लापरबाही भने गर्नु हुँदैन। विपत्ति नाअएकै राम्रो, आओस् भन्ने चाहना कसैको हुँदैन। यसको एउटै उपाय भनेको सचेत रहनु हो तर मनमा भय, डर आदि लिएर आतिनु चाहिँ हुँदैन। जलप्रलय नै हुन लागेको होइन। त्रासित नबनौ तर सचेत रहौं।

नेपालीहरूको महान पर्व वडादशैंको सबैलाई शुभकामना
02/10/2025

नेपालीहरूको महान पर्व वडादशैंको सबैलाई शुभकामना

22/09/2025

आजबाट नवरात्र प्रारम्भ

गुप्त साधना, कार्यसिद्ध ईत्यादिको लागी नवरात्र साधना अत्यन्तै राम्रो मानिन्छ। देवी पूजा आराधना र सात्विक पद्धतिले आउदा दिनहरू प्रेरणादायी हुँदै जानेछन्

Happy birthday to me 🌞The earth has completed its another revolution
16/09/2025

Happy birthday to me 🌞
The earth has completed its another revolution

२०७५ देखि मैले अनुभव गर्दै आईरहेको कुरा, ज्योतिषको राम्रो अध्ययन र विश्लेषण गर्ने हो भने यो अद्भूत छ। यो वर्षको राजा सूर...
12/09/2025

२०७५ देखि मैले अनुभव गर्दै आईरहेको कुरा, ज्योतिषको राम्रो अध्ययन र विश्लेषण गर्ने हो भने यो अद्भूत छ। यो वर्षको राजा सूर्य र मन्त्री चन्द्रमा रहदा देशमा सुशासनको अनुभूत हुनेछ भन्ने अनुभव मैले गर्दै गर्दा यस्तो भ्रष्ट सरकार छ कसरी यस्तो होला र भन्ने आफैंमा विश्वास थिएन। यद्यपि २०८२ को वर्षफलमा ग्रहणकाललाई विश्लेषण गरि असोजमा पनि यस्तै घटनाको संभावनालाई जोड गरेको थिए। चन्द्रमास अनुसार आश्विन कृष्ण पक्षमा यस्तै घटना घट्यो।

सतभिषामा सुरु भएको ग्रहणले अझै १०० दिन सम्म अस्थिरता ल्याउछ।

धेरै धेरै बधाई सम्माननिय प्रधानमन्त्री सुशील कार्की। एक गर्विलो ईतिहास बनोस्।

जय देश

जब हिरण्यकशिपुले चरम अवस्थामा पापको घडा भरिसकेको थियो तब भगवानले नृसिंहको रुप लिएर सबैतिर बिघ्न गर्न थाल्नुभयो। राक्षसला...
09/09/2025

जब हिरण्यकशिपुले चरम अवस्थामा पापको घडा भरिसकेको थियो तब भगवानले नृसिंहको रुप लिएर सबैतिर बिघ्न गर्न थाल्नुभयो।
राक्षसलाई मारिसकेपछी पनि उहाँको क्रोध शान्त थिएन। उहाँले जे भेट्यो त्यै भत्काउन लाग्नु भयो।

तर पछि जसले (प्रह्लाद) उहाँलाई आराधना गरेको थियो, जसले क्रान्तिको सुरुवात गरेको थियो उहीँ प्रह्लादले नै शान्त गराउनु भयो।

आज मंगलबार! हे जेन्जी अब शान्त हुनु। देशमा न राजा छ न राष्ट्रपती।

भगवान नृसिंह सँग आजै र छिट्टै परिस्थिति साम्य होस् भन्ने कामना गर्दछु।

ॐ नमो भगवते वासुदेव

Address

Pokhara

Alerts

Be the first to know and let us send you an email when Astrologer Rajkumar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Astrologer Rajkumar:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram