28/01/2026
मिति २०८२ माघ १४ गते हिमालय आँखा अस्पतालमा प्रशासन अधिकृत श्री हरि प्रसाद अर्यालज्यू को सम्मानमा एक औपचारिक विदाई कार्यक्रम सम्पन्न गरिएको छ।
मिति २०४९/०८/०१ देखि अस्पतालमा निष्ठापूर्वक सेवाप्रदर्शन गर्दै आउनुभएका तथा मिति २०८२/१०/०१ देखि अवकाश ग्रहण गर्नुभएका उहाँको दीर्घकालीन योगदान, कार्यकुशलता, उच्च समर्पण तथा संस्थागत विकासमा पुर्याउनुभएको महत्वपूर्ण भूमिकाको कदरस्वरूप उहाँलाई कदर–पत्र प्रदान गरिएको थियो।
हिमालय आँखा अस्पताल उहाँको निरन्तर प्रतिबद्धता, उत्तरदायित्वप्रति अनुकरणीय समर्पण तथा सेवामुखी भावना प्रति हार्दिक आभार व्यक्त गर्दछ।
उहाँको आगामी जीवनयात्रा सफल, समृद्ध तथा स्वास्थ्यपूर्ण रहोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
प्रशासन अधिकृत श्री हरि प्रसाद अर्यालज्यू, तपाईँले पुर्याउनु भएको दशकौँ लामो अमूल्य सेवा सधैं उच्च सम्मानका साथ स्मरण गरिनेछ। 🙏