Sakriya Pathology

  • Home
  • Sakriya Pathology

Sakriya Pathology Health

यही मंसिर १ गते मात्र रु. ६०० मा थाइराइड परिक्षण
08/11/2025

यही मंसिर १ गते मात्र रु. ६०० मा थाइराइड परिक्षण

यही असोज १ गते मात्र रु. ६०० मा थाइराइड
15/09/2025

यही असोज १ गते मात्र रु. ६०० मा थाइराइड

🎉 सुवर्ण अवसर! सुवर्ण अवसर! 🎉यही असार १ गते सक्रिय प्याथोलोजी सेवा, प्यूठानमारु. १२०० को थाइराइड टेस्ट अब मात्र रु. ६०० ...
13/06/2025

🎉 सुवर्ण अवसर! सुवर्ण अवसर! 🎉
यही असार १ गते सक्रिय प्याथोलोजी सेवा, प्यूठानमा
रु. १२०० को थाइराइड टेस्ट अब मात्र रु. ६०० मा

स्वास्थ्यप्रति सचेत बनौं, आजै परीक्षण गरौं!
तपाईंको स्वास्थ्य, हाम्रो प्राथमिकता।

प्रत्येक महिनाको १ गते  थाइराइड टेस्टमा ५०% विशेष छुट
13/11/2024

प्रत्येक महिनाको १ गते थाइराइड टेस्टमा ५०% विशेष छुट

Happy Janai Purnima & RakshaBandhan
19/08/2024

Happy Janai Purnima & RakshaBandhan

हैजा एक अत्यन्तै संक्रामक र खतरनाक रोग हो जुन Vibrio cholerae नामक ब्याक्टेरियाले उत्पन्न गर्दछ।बढ्दै गईरहेको वर्षा को क...
10/08/2024

हैजा एक अत्यन्तै संक्रामक र खतरनाक रोग हो जुन Vibrio cholerae नामक ब्याक्टेरियाले उत्पन्न गर्दछ।बढ्दै गईरहेको वर्षा को कारणले हैजा ब्याक्टेरिया पनि धेरै उत्पन्न गर्दछ र यसको संक्रमित पनि बढ्दै गैईरहेको छ, यसले गंभीर र तिब्र दस्त र पानीको कमीलाई जन्माउँछ, जसले तुरुन्त उपचार नगरेमा जीवनलाई खतरा पुर्याउन सक्छ र हैजा लक्षण देखा परे मा समय मा दिसा जाच गरी ढुक हुनुहोस |

&stool test
+ tests

09/08/2023
आजभोलि घाँटी दुख्यो भनेर पिसिआर/एन्टिजेन परीक्षण गर्ने धेरैमा कोरोना पोजेटिभ देखिने गरेको छ।घाँटीबाहेक टाउको र शरीर असाध...
20/01/2022

आजभोलि घाँटी दुख्यो भनेर पिसिआर/एन्टिजेन परीक्षण गर्ने धेरैमा कोरोना पोजेटिभ देखिने गरेको छ।
घाँटीबाहेक टाउको र शरीर असाध्यै दुख्ने, शरीरमा मन्द ज्वरो, नाकबाट पानी बग्ने वा बन्द हुने, थकान महसुस हुने र कसै-कसैलाई पखाला लाग्ने पनि गरेको पाइन्छ।बालबालिकाहरूमा भने विशेषत उच्च ज्वरो, खोकी र शरीर शिथिल हुने समस्याहरू देखिएको अभिभावकहरूले (अभिभावकहरू पनि संक्रमण पुष्टि भएका) बताउने गरेका छन्।
नेपाल सरकारले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले २२ प्रतिशतमा ओमिक्रोन (एस-जीन नेगेटिभ नमूना) देखिएको भनेको र विश्वमा देखिएको ओमिक्रोनको लक्षणहरूसँग तुलना गर्दा पछिल्लो समय ओमिक्रोनले नेपालमा आफ्नो साम्राज्य फैलाउँदै गरेको अनुमान गर्न सकिन्छ। यद्यपि अब सार्वजनिक हुने तथ्यांकले ओमिक्रोन भर्सेस डेल्टाको अनुपातमा के-कस्तो बदलाव आयो भनेर देखाउला।
invotech
दक्षिण अफ्रिकाका वैज्ञानिकहरूले गरेको अनुसन्धानबाट ओमिक्रोन पत्ता लगाउन नाकभन्दा घाँटीबाट स्वाब लिएर परीक्षण गर्दा बढी सही देखिने नतिजा सार्वजनिक गरिएको थियो। हङकङ विश्वविद्यालयले गरेको प्रयोगशाला अनुसन्धानले ओमिक्रोन डेल्टाको तुलनामा श्वासप्रश्वास प्रणालीको माथिल्लो भागमा ७० गुणा बढी तीव्र गतिमा फैलने तर फोक्सोमा भने अघिल्लो भेरियन्टहरूभन्दा १० गुणा कम फैलने क्षमता रहेको पुष्टि भएको थियो।
अरू अनुसन्धानहरूले पनि श्वासप्रश्वास प्रणालीको माथिल्लो भागमा नै ओमिक्रोनलाई फैलन अनुकूल हुने देखाएका छन्। यसै कारणले गर्दा घाँटीको स्वाब परीक्षण गर्दा ओमिक्रोन पत्ता लाग्ने सम्भावना बढी हुने तर्क दक्षिण अफ्रिकाकी वैज्ञानिकहरूले सोही अनुसन्धानमा दाबी गरेका छन्।
सायद ओमिक्रोनको यही विशेषताले गर्दा नै अघिल्लो भेरियन्टहरूले जस्तो श्वासप्रश्वास प्रणालीको तल्लो भाग (फोक्सोमा) मा भन्दा घाँटी तथा टाउको (अगाडिको भाग) बढी दुख्ने समस्या देखिएको वैज्ञानिकहरूको बुझाइ छ।
sanimancitaitm
हाल ओमिक्रोन काठमाडौं केन्द्रित भएको छ। घर, कार्यालय, शिक्षण संस्था, व्यवसाय गर्ने ठाउँहरूमा ओमिक्रोन व्यापक फैलिएको देखिन्छ। घरमा परिवारका सदस्यहरूबीच, कार्यालय वा व्यवसाय गर्ने ठाउँमा लगभग कर्मचारीबीच र त्यस्तै सभा-सम्मेलनमा सहभागी भएकाहरूमा रूघाखोकीका लक्षणहरू देखिसकेका वा देखापर्ने क्रम जारी छ।
सरसर्ती हेर्दा, अहिले ओमिक्रोन समुदायमा फैलिसकेको छ। तसर्थ आगामी दिनहरूमा संक्रमितको संख्या कति छ भनेर खोज्नु वा गन्नेभन्दा पनि संक्रमणको जोखिममा रहेका विशेषत वृद्ध तथा खोप नलगाएका समूह अस्पताल जानुपर्ने अवस्था सृजना हुनसक्ने कुरालाई ध्यानमा राखेर उपचारको तयारी गर्दा श्रेयकर हुनेछ।
ओमिक्रोन बिजुली गतिमा घर-घरमा फैलिरहँदा सरकारले खोपलाई पनि तीव्रता दिएको छ। यो स्वागतयोग्य त छ, तर व्यवस्थापन फितलो हुँदा कोरोना फैलने हटस्पटको रूपमा पनि विकास भैरहेको देखिन्छ।
ओमिक्रोनको लक्षणहरू धेरैमा कडा नदेखिँदा खोप लगाउने केन्द्रहरूसम्म संक्रमितहरू आइपुगेको हुनसक्छ। ओमिक्रोन तीव्र गतिमा फैलने क्षमता भएकोले यस्ता ठाउँहरूबाट संक्रमण झन् तीव्र गतिमा फैलिरहेको हुनसक्ने सहजै अनुमान गर्न सकिन्छ।
यसको लागि खोप केन्द्रहरू खुला क्षेत्रहरूमा विस्तारित गरी स्वास्थ्य मापदण्ड पालना गर्दै खोप लगाउन सके संक्रमण फैलने वातावरण सृजना हुने छैन।
हाल एकपछि अर्को स्वास्थ्यकर्मी तथा अरू फ्रन्टलाइनर्स संक्रमित हुने क्रम जारी रहँदा अत्याश्यक काममा बाधा पर्ने/परिरहेको देखिन्छ।
डेल्टाको लहरमा बिरामीको चापले गर्दा स्वास्थ्य प्रणाली ध्वस्त भएको थियो भने अहिलेको लहरमा स्वास्थ्यकर्मीहरू संक्रमित हुँदै आइसोलेसनमा बस्नुपर्ने हुँदा स्वास्थ्य प्रणाली नियमित गर्न बाधा पर्ने सम्भवना बढ्दै गएको देखिन्छ।
कोरोनासम्बन्धी निरन्तर अनुसन्धानहरूबाट प्राप्त नतिजाहरूको आधारमा पहिला निर्धारण गरेको आइसोलेसनको अवधि विभिन्न देशहरूले छोट्याउँदै गएको देखिन्छ।
यसबाट स्वास्थ्य तथा अत्याश्यक सेवामा ठूलो राहत मिलेको देखिन्छ। अमेरिकाले हाल कोरोना पुष्टि भएकाहरू ५ दिन आइसोलेसनमा बसे पुग्ने निर्देशिका बनाएको छ भने भारतले पनि हालै अद्यावधिक गरेको आइसोलेसनसम्बन्धी निर्देशिकामा ७ दिन बसे पुग्ने बनाएको छ।
नेपालले पनि आइसोलेसनसम्बन्धी निर्देशिकालाई परिमार्जित गर्न सके (छोट्याउन सके) अत्याश्यक सेवालाई नियमित गर्न सहज हुने थियो/हुनेछ।
अन्तमा, ओमिक्रोनले अघिल्लो भेरियन्टहरूले जस्तो तुलनात्मक रूपमा सिधै फोक्सोलाई टार्गेट गरेको देखिँदैन। हाल लेखकको सम्पर्कमा आएका अधिकांश संक्रमण पुष्टि भएकाहरूमा टाउको (अगाडिको भाग) तथा शरीर असाध्यै दुख्ने, आलस्य हुने, शरीर तातिएको महसुस हुने, नाकबाट पानी बग्ने/बन्द हुने तथा घाँटी दुख्ने/ असहज हुने समस्याहरू प्रमुख रूपमा देखिएका छन्।
यी लक्षणमा पनि घाँटीमा समस्या देखे कोरोना पोजेटिभ हुने सम्भावना अत्यधिक देखिएको छ। तसर्थ यो समस्यालाई ओमिक्रोन संक्रमणको प्रमुख संकेतको रूपमा पनि लिन सकिन्छ। के तपाईंलाई पनि घाँटी दुख्ने/असहज महसुस भएको छ? त्यो ओमिक्रोन पनि हुनसक्छ है!
(डाक्टर शेरबहादुर पुन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्।)

Wish you happy New Year
01/01/2022

Wish you happy New Year

Address

Bijuwar 4 Pyuthan

086

Telephone

+977 985-7833838

Website

Alerts

Be the first to know and let us send you an email when Sakriya Pathology posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Sakriya Pathology:

  • Want your practice to be the top-listed Clinic?

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram