Saptari, Rajbiraj

Saptari, Rajbiraj A mid range city of Nepal.

01/11/2025

प्रदेश र संघीयता किन चाहियो ? एकपलट सुन्नु होला ।

05/10/2025

अविरल बर्षाको कारण आएको बाढी पहिरोमा फसेको गर्भवती महिलालाइ नेपाली सेनाले उद्धार गरेर हस्पिटल पुर्याएका छन ।

आपतकालीन सूचना: कोशी ब्यारेजमा पानीको बहाव चरम सीमामा छ र आज रातीभरि उच्च सतर्कता स्तरमा रहने सम्भावना छ। सबै सम्बन्धित ...
05/10/2025

आपतकालीन सूचना: कोशी ब्यारेजमा पानीको बहाव चरम सीमामा छ र आज रातीभरि उच्च सतर्कता स्तरमा रहने सम्भावना छ। सबै सम्बन्धित व्यक्ति र समुदायहरूलाई अत्यन्त सतर्क रहन सल्लाह दिइन्छ।

सप्तरीमा बाढीपीडितको उद्धारमा सक्रिय नेपाली सेना :तस्बिर आफै बोल्छ...  #सुरक्षितबस्नुहोस्
05/10/2025

सप्तरीमा बाढीपीडितको उद्धारमा सक्रिय नेपाली सेना :
तस्बिर आफै बोल्छ... #सुरक्षितबस्नुहोस्

'यूनिटी कप' अन्तर्गत यूएईमा जारी नेपाल र वेस्ट इन्डिजबीचको दोस्रो खेलमा नेपालले ९० रनको जित हात पारेको छ।पहिलो इनिङ्समा ...
30/09/2025

'यूनिटी कप' अन्तर्गत यूएईमा जारी नेपाल र वेस्ट इन्डिजबीचको दोस्रो खेलमा नेपालले ९० रनको जित हात पारेको छ।
पहिलो इनिङ्समा नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७३ रन बनाएको थियो।
तर लक्ष्य पछ्याउने क्रममा वेस्ट इन्डिज १७•१ ओभरमा ८३ रन बनाएर अलआउट हुन पुग्यो।
नेपालका लागि आसिफ शेखले सर्वाधिक ६८ रन बनाएका थिए भने सन्दीप जोराले ६३ रनको योगदान गरेका थिए।
दोस्रो इनिङ्समा नेपालका लागि मोहम्मद आदिल आलम ४ र कुशल भुर्तेलले ३ विकेट लिए।
शनिवारको पहिलो खेलमा पनि नेपालले वेस्ट इन्डिजलाई हराएको थियो।
दोस्रो जितसँगै नेपाल समग्र शृङ्खलामा विजयी बनेको छ।

27/06/2025

सप्तरिमा अपराधको ग्राफ बढ्दै

राजविराज– मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहको पारिवारिक व्यवसाय संकटमा परेको छ। मुख्यमन्त्री सिंहका दाजु स...
20/05/2025

राजविराज– मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहको पारिवारिक व्यवसाय संकटमा परेको छ। मुख्यमन्त्री सिंहका दाजु सुरज कुमार सिंह राजपुतले उक्त व्यवसायको नेतृत्व गरिरहका छन्।

सिंह परिवारले सप्तरीको राजविराजमा उषा इन्टरप्राईजेज नामको फर्म सञ्चालन गरिरहेको छ। जसको प्रोप्राईटर सुरज हुन। फर्मले महेन्द्रा कम्पनीका गाडी, ट्याक्टर, मोटरसाईकल तथा तिनीहरुका पार्टपूर्जा विक्रि गर्दै आएको छ।

व्यवसाय सञ्चालनका लागि सिंह परिवारले कुमारी बैंक लिमिटेडको लालदरबार शाखाबाट ऋण लिएको थियो। तर, ऋणको साँबा तथा व्याजसमेत नतिरेपछि बैंकले ३५ दिने सार्वजनिक सूचना जारी गरी सावाँव्याज चुक्ता गर्द ताकेता गरेको छ। ‘…रकम चुक्ता–भुक्तान गर्न पटक–पटक मौखिक एवं लिखित रुपमा सूचित गरी तर–ताकेता गर्दा समेत ऋणकर्जा चुक्ता भुक्तान गर्ने तर्फ कुनै चासो नदेखाई बेवास्ता गरेकोले ऋणीलाई ऋणकर्जा चुक्ता भुक्तान गर्न यो ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ।’– आज (६ जेठ) मा कान्तिपुर दैनिकमा प्रकाशित सूचनामा भनिएको छ।

३५ दिनभित्र ऋणकर्जाको सावाँ, व्याज लगायतका बैंकलाई तिर्नु पर्ने सम्पूर्ण रकम चुक्ता भुक्तान नभए धितोमा रहेको चल अचल सम्पत्ति लिलाम विक्रि वा अन्य व्यवस्था गरीने बैंकले चेतावनी दिएको छ। साथै ऋणी तथा सम्बन्धित पक्षलाई कर्जा सूचना केन्द्रको कालोसूचिमा राखिने चेतावनी समेत दिईएको छ।

ऋणका लागि वर्तमान मुख्यमन्त्री सतिश कुमार सिंहसहित उनको परिवारका सदस्य ब्यक्तिगत जमानी वसेका छन्। जसमा सतिश, सत्यवान कुमार सिंह, सुरजकुमार सिंह राजपुत, बाबु शेखर कुमार सिंह र आमा उषा देवी राजपुतनीसमेत छन्।

सार्वजनिक सूचना अनुसार आमा उषा देवी राजपुतनी र सूरज कुमार सिंहको नाममा विभिन्न स्थानमा रहेको जग्गा तथा उषा इन्टरप्राइजेजको सम्पूर्ण चल अचल सम्पत्ति धितोको रुपमा छ।

उषा इन्टरप्राईजेजका प्रोप्राईटर सुरज सिंह राजपुतले भने यस विषयमा आफुलाई जानकारी नभएको वताए। ‘यस विषयमा मलाई जानकारी छैन। म पनि वाहिर थिएँ। अव वुझ्न लगाउँछु।’– उनले भने
Copied:- शिर्ष खबर ।

शुभ दिपावली तथा छठ पर्वको पावन अवसरमा ड्रीम नेपाल युवा संघ,सप्तरी द्वरा राजबिराजको राजरंगशाला "राजबिराज महोत्सव २०८१" आय...
28/10/2024

शुभ दिपावली तथा छठ पर्वको पावन अवसरमा ड्रीम नेपाल युवा संघ,सप्तरी द्वरा राजबिराजको राजरंगशाला "राजबिराज महोत्सव २०८१" आयोजना हुन गइ रहेको छन । स्थानीय कलाकृती, स्थानीय संस्कृति तथा स्थानीय स्तरका पक्षहरुलाइ उजागर गर्न महोत्सवको आयोजना गरिएको बताइएका छन ।

11/09/2024

सत्य तथ्य बुझौं र सबैलाई बुझाउन सेयर गरौं ।
राजबिराज गजेन्द्रनारायण सिंह अस्पतालमा बिरामी चेकजाँच गराउन जादा बिरामी संग भएको गलत व्यवहार प्रती स्थानीय युवाहरुको संस्था ड्रीम नेपाल युवा संघले पिडितको गुनासो सामाजिक संजाल मार्फत सार्वजनिक गरेपछी उक्त समुहलाइ छलफलको लागि अस्पतालको मे.सु. ले बोलाए पश्चात छलफलका लागि अस्पताल पुगेका ड्रीम नेपाल युवा संघका प्रतिनिधिहरु माथी मे.सु. के अगाडि एक करारका कर्मचारीको बोल्ने शेलीले मे.सु.को मानसिकता स्पष्ट बुझिन्छ । साथै साकारात्मक छलफलमा पहिला देखिनै मे.सु. द्वरा कर्मचारी बाहेक अस्पताल भन्दा बाहिरको मान्छे बोलाइ मे.सु. को कार्यकक्षमा बसाएर राख्नुको पछाडि उधेश्य के ? करारका कर्मचारीले अभद्र तरिकाले बोलेपछी मे.सु. मोन किन ? बिवाद सिर्जना हुदा मे.सु. द्वरा बोलाएका व्यक्तिहरुले मात्र किन गालिगलोच र धक्कामुक्की गरेको ? के मे.सु.को पहिले देखि बिवाद सिर्जना गर्ने मानसिकता थियो ?

भोतिक पुर्वाधार कार्यलय सप्तरीको कार्यलय प्रमुखले कमिशनको आधारमा योजनाको कार्य आदेशहरु बितरण गर्दे ।योजना सम्बन्धि कार्य...
31/03/2024

भोतिक पुर्वाधार कार्यलय सप्तरीको कार्यलय प्रमुखले कमिशनको आधारमा योजनाको कार्य आदेशहरु बितरण गर्दे ।

योजना सम्बन्धि कार्य आदेश बितरण गर्दा भोतिक पुर्वाधारका कार्यलयका प्रमुखले सम्बन्धित वडा कार्यलय , नगरपालिका तथा गाउँपालिका समेतलाई कुने किसिमको जानकारि समेत नदिइ एकलोटी रुपले सरकारी कार्यलयलाइ सम्बन्धित पार्टीको कार्यलय बनाइ उक्त पार्टीको कार्यकर्ता, नेता तथा कार्यलयलाइ अप्रत्यक्ष रुपमा लाभ हुने गरि योजनाको पत्रहरु बितरण गर्दे आइरहेका छन ।
यस बिषयमा पछिको दिनहरुमा पनि पटक पटक छलफल गरि यस्ता कामहरु नगर्न सचेत गराए पनि कार्यलय प्रमुखले अटेरी गरि कमिशनको चकरमा मनमोजी हिसाबले पत्र बितरण गर्न बन्द नगरेको जानकारि पाए पछि यस क्षेत्रबाट निर्वाचित भएका माननीय महेश प्रसाद यादव उक्त बिषयमा कार्यलय प्रमुख संग जानकारी लिन जादा कार्यलय प्रमुखले अटेर बोली र मर्यादाक्रम मिचेर माननीय ज्यु सङ्ग वादबिवाद गर्न लाग्दा कार्यलय भित्र नै सानो बिबाद सिर्जना भएको थियो ।
जनता द्वरा निर्वाचित जनप्रतिनिधि भएपछी जनसमुदाय सङ्ग प्रत्यक्ष सरोकार राख्ने योजना तथा कार्यहरु बारे सम्बन्धित क्षेत्रको माननियलाइ जानकारी गराउनु र माननियले उक्त कार्य सम्बन्धित जानकारी लिनु नियम सङ्गत हो । आज कार्यलय प्रमुखले देखाएको व्यवहार अमर्यादित रहेको प्रष्ट बुझन सकिन्छ । भोतिक पुर्वाधार कार्यलयले गरि आएको नियम बिपरित कार्यहरु यथा सिघ्र रोकिएन भने जनमत पार्टी यो भन्दा पनि कडा रुपले अगाडि बढ्ने छ्न ।।।।उज्ग

Address

Rajbiraj
031

Telephone

+9779852822608

Website

Alerts

Be the first to know and let us send you an email when Saptari, Rajbiraj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram