DELTA Medicines Distributors

  • Home
  • DELTA Medicines Distributors

DELTA Medicines Distributors With free delivery service..

01/04/2018
जाडो मौसममा स्वास्थ्यअहिले फेरि चिसो बढ्दै गएको छ र घाम हराउँदै गएको छ, अनि शीतलहरले ढाक्दै गएको छ । यस्तो मौसममा रुघा ल...
31/12/2017

जाडो मौसममा स्वास्थ्य
अहिले फेरि चिसो बढ्दै गएको छ र घाम हराउँदै गएको छ, अनि शीतलहरले ढाक्दै गएको छ । यस्तो मौसममा रुघा लाग्ने, श्वास-प्रश्वासको समस्या आउने, पखाला (कोल्ड डायरिया) जस्ता समस्याले सताउने स्वाभाविक नै हो ।
चिसो मौसमको सबभन्दा प्रमुख स्वास्थ्य समस्या नै रुघा भन्दा फरक नपर्ला । चिसो सँगसँगै प्रदूषणले गर्दा पनि बढी रुघा लाग्नमा महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । वयस्कहरूभन्दा दस गुण बढी रुघा बालबालिकाहरूमा लाग्ने गर्छ । सामान्यतः रुघा गर्मीको सुरुवात वर्षयाम तथा जाडोयामको सुरुवातमा हुने गर्छन् । वायुको 'ह्युमिडिटी'मा मौसमको परिवर्तनसँगै आउने उथलपुथलले रुघा लाग्ने गर्छ । रुघा विभिन्न किसिमका भाइरसहरूले लगाउने गर्छ र करिब २०० जातका भाइरसहरूले रुघा लगाउने गरेेको पत्ता लागिसकेको छ । यी भाइरसहरूमध्ये राइनोभाइरस प्रमुख हो, जसले करिब ३० देखि ३५ प्रतिशत रुघाको बिरामीको कारक हुने गर्छन् । अन्य भाइरसहरूमा पाराइन्फुलन्जा भाइरस, रेस्पिरेटरी सेन्साइटल भाइरसहरू पर्छन् । तर गर्मीयाममा लाग्ने रुघाको अर्को एक कारण कोरोनाभाइरस पनि हो ।
नाकबाट श्वास फेर्न गाह्रो हुने, नाकबाट पातलो सिँगान (पानीजस्तै) बग्ने, नाक बन्द हुने, टाउको दुख्ने तथा भारी हुने, ज्वरो आउने, हाच्छ्युँ आउने आदि लक्षण रुघाको हो । यस बाहेक कसै-कसैलाई सुख्खा खोेकी लाग्ने, घाँटी दुख्ने पनि हुनसक्छ । कसै-कसैलाई १०२ डिग्री फरेनहाइटसम्म ज्वरो आउन सक्छ । तर सामान्यतया रुघा लागेको कारणले नै बिरामी सिकिस्त हुने गरेको पाइँदैन । रुघा लागेको बेला आराम धेरै गर्ने, तातो झोलपदार्थ, सुप सेवन गर्ने, नुनपानीले मुख कुल्ला गर्ने आदि गर्नाले धेरै राहत हुन्छ । नाक बन्द भएको बेला वा पातलो सिँगान बगेको अवस्थामा तथा घाँटी ख्याप्प बसेको अवस्थामा वाफ लिनु पनि राम्रो हो । सादा पानीको वाफले मात्रै पनि धेरै आराम दिनसक्छ । आजभोलि भिक्स वा सुचु/सन्चो हालेर पनि वाफ लिने गरिन्छ । तर बालबालिकाहरूलाई वाफ दिँदा विशेष ध्यान पुर्याउनुपर्छ । बालबालिकाहरूलाई सुतेको अवस्थामा सादा पानीको वाफ दिनु नै राम्रो हो ।रुघा लागेको बेला पारासिटामोल लिन सकिन्छ । पारासिटामोलले टाउकोमा दुखाइ कम गर्ने तथा ज्वरो पनि निको गर्ने भएकोले फाइदा जनक हुन्छ, तर यसले रुघाको अवधिमा कुनै असर पार्दैन । त्यस्तै एन्टी हिस्टामिन समूहमा औषधीहरू जस्तै- सिटि्रजिन, प्रोमेथाजिन, फेक्सोफेनाडिनजस्ता औषधीहरूले संकुचन भएका श्वासनलीलाई फुलाउने हुँदा धेरै आराम पुग्छ । यसले नाक बन्द हुनबाट पनि जोगाउँछ । तर यसले पनि रुघाको अवधिलाई छोट्याउन मद्दत गर्दैन ।
धेरै मानिसहरूले रुघा लागेको बेला एन्टिबायोक्सिहरू खाने गर्छन् । रुघा भाइरसहरूले गर्दा लाग्ने रोग हो र एन्टिबायोटिक्सको प्रभाव ब्याक्टेरियामा मात्र हुन्छ, भाइरसमा हुँदैन । त्यसैले रुघामा एन्टिबायोटिक खानु र नखानु बराबर नै हो । तर रुघा सँगसँगै साइनोसाइटिस (पिनास) वा अन्य श्वासनलीमा ब्याक्टेरियल संक्रमण पनि हुनसक्छ । यस्तो अवस्थामा चिकित्सकको सल्लाह बमोजिम आवश्यक एन्टिबायोटिक्सहरू प्रयोग गर्नुपर्ने हुनसक्छ । मह, अदुवा, मरिच आदिले घाँटीका नसाहरूको संकुचनलाई कम गराउने भएकोले यसलाई रुघा लागेको बेला प्रयोग गर्नु राम्रो हो ।
रुघासँगै जाडोमा बालबालिकाहरूलाई श्वास-प्रश्वास तथा छाती (फोक्सो) का ब्याक्टेरियल संक्रमण अर्थात् निमोनिया पनि लाग्न सक्छ । वृद्ध तथा पुरानो दमका रोगीहरूलाई चिसोमा अझ बढी सताउने हुनसक्छ । अत्यधिक चिसो तथा शीतलहरका कारण कठ्याङ्गि्रएर मानिसहरूको मृत्यु पनि हुनसक्छ । त्यसैले यस्तो मौसममा आफूलाई न्यानो राख्नुपर्ने हुन्छ ।

Address


44412

Opening Hours

Monday 09:00 - 19:00
Tuesday 09:00 - 19:00
Wednesday 09:00 - 19:00
Thursday 09:00 - 19:00
Friday 09:00 - 19:00
Sunday 09:00 - 19:00

Telephone

053521232

Website

Alerts

Be the first to know and let us send you an email when DELTA Medicines Distributors posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to DELTA Medicines Distributors:

  • Want your practice to be the top-listed Clinic?

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram