24/10/2025
मुटु रोग (Heart Disease) को जोखिम कसरी घटाउने?
जीवनशैली सम्बन्धी उपायहरू:
१: नियमित व्यायाम गर्नुहोस् – हप्तामा कम्तीमा ५ दिन, दिनको ३० मिनेट पसिना निस्कने गरी हिँडाइ वा हल्का कार्डियो गर्नुस्।
२: तौल नियन्त्रणमा राख्नुहोस् – अधिक तौल (Obesity) मुटु रोगको मुख्य कारण हो, त्यसैले तौल बढ्न नदिनोस्।
३: धूम्रपान र मद्यपान त्याग्नुहोस् –धुम्रपान र मद्यपानले रक्तनली (artery) साँघुरो पार्छन् र रक्तचाप बढाउँछन्, रक्तचाप बढ्नु मुटुरोगको प्रमुख कारण हो।
४: तनाव नियन्त्रण गर्नुहोस् – ध्यान (Meditation), योग, वा सांगीतिक विश्रामले मानसिक तनाव घटाउँछ।त्यसैले ध्यान, योग र संगीत श्रवण गर्नुहोस्।साथी भाइसंग गफिनुहोस्।
५: पर्याप्त सुत्नोस् – दिनको ७–८ घण्टा गुणस्तरीय निद्रा मुटु स्वास्थ्यका लागि अत्यावश्यक हुन्छ। त्यसैले समयमै सुत्नुहोस्।
आहार सम्बन्धी सल्लाहहरू
६ः सिजन अनुसारका फलफूल र हरियो सागसब्जी धेरै भन्दा धेरै खानुहोस्। फलफूल र हरियो तरकारीमा पाईने एण्टिअक्सिडेन्ट र फाइबरले कोलेस्ट्रोल घटाउँछ।
७: सेतो चामल र चिनी कम गर्नुहोस् – सेतो चामल र चिनीले ट्राइग्लिसराइड र इन्सुलिन प्रतिरोध बढाउँछन्। त्यसैले कम प्रयोग गर्नुहोस्।
८ः रातो मासु र प्रसोधित खाना नखानोस् – रातो मासु र प्रसोधित तयारी खानामा उच्च बोसो र नुन हुन्छ, जुन मुटु रोगीका लागि अत्यन्त हानिकारक हुन्छ।
९: ओमेगा-३ बोसोयुक्त खाना खानुहोस् – जस्तै माछा,आलस (Flaxseed) चिया सीड आदि सेवन गर्नुहोस्।
१०: नुन (सोडियम) कम गर्नुहोस् – अत्याधिक नुनले उच्च रक्तचाप निम्त्याउँछ। हामीले खाने सलाद, दाल, तरकारी, अचार सबैमा नुन हुने हुँदा अन्जानवश नुन धेरै खाईएको हुन सक्छ।
स्वास्थ्य निगरानी
११: रक्तचाप (Blood Pressure) नियमित जाँच गर्नुहोस्।
१२: रगतको कोलेस्ट्रोल र सुगर स्तर (Lipid & Glucose Profile) नियमित जाँच गर्नुहोस्।
१३ः परिवारमा कसैलाई मुटु रोग भएको भए सावधानी अपनाउनुहोस् – वंशानुगत जोखिम भएकाहरूले अलि बढी ध्यान दिनुपर्छ।
१४ः डाक्टरको सल्लाह अनुसार औषधि लिनुहोस् – उच्च बीपी वा सुगर भएको अवस्थामा डाक्टरको सल्लाहमा औषधि खानुहोस्।
अतिरिक्त सिफारिसहरू
१५ हरियो चिया (Green Tea), ओलिभ तेल, र हल्का मात्रामा कफी मुटुका लागि लाभदायक हुन्छ।
१६: लामो समय एकै ठाउँमा बस्दा रगत प्रवाह घट्छ।त्यसैले हल्का हिडडुल गर्नोस्।
१७ः सामाजिक सम्बन्ध मजबुत राख्नुहोस् – खुशी मनले मुटुको स्वास्थ्यमा सकारात्मक असर गर्छ।सबैसंग राम्रो सम्बन्ध राख्ने प्रयास गर्नुहोस्।
१८ः आफ्नो परिचय खुल्ने परिचय पत्र, फोन नं तथा मुटु रोगी भएको सूचना सधै साथमा राख्नोस्।
उपरोक्त जानकारीहरु ब्यवहारिक तथा ईन्टरनेटबाट लिएर सम्पादन गरिएको हो, यो पोष्टमा छुटेका कुरा कमेन्टमा लेख्नुहोला।
यस्तै यस्तै नयाँ जानकारीका लागि पेज फलो गरिदिनुहोला।