05/05/2024
may 4
what about the new kamar न्यु कमर लाइ के गर्ने
“हरेक समुहको केवल एउतै प्राथमिक उद्देश्य हुन्छ,त्यो हो यो संदेश ति दुर्व्यसनी हरु सामु पुराउनु जो हाल पनि पिडित छन्।” Tradition five
हाम्रो गृह समूह ली हाम्रो लागि धेरै महत्व राख्ने गर्दछ। अखिर कार हामि हाम्रो आफ्नो प्रिय बैठक बिना जाने कहा ? हाम्रो समूह ले कहिले काही पिकनिक अथवा अन्य गतिबिधि हरु ला प्रायोजित गर्ने गर्दछ। गृह समुहको सदस्य हरु कुनै सिनेमा हेरन जानको लागि वा फूटबल खेल्ने को लागि एउटा स्थान मा भेला हुने गर्दछन। हामीले हार्मो गृह समुहको माध्यम बाट हामि एक आपसमा धेरै राम्रो मित्रता कायम गरेका छौ र हामि यो मित्रता लाइ आंच आउने ब्यबहार कहिले पनि गर्ने छैनौ र आउन पनि दिने छैनौ।
तर पनि हामीले कहिले काही यो कुराको निरीक्षण गर्ने गर्नु पर्दछ कि हाम्रो समूह आफ्नो प्राथमिक उदेश्य “दुर्व्यसनी माझ एन ए को सन्देश पुराउने जो हाल पनि पिडित छन् ” ,लाइ पुरा गर्नको लागि के गरिरहेको छन्। कहिले काही जब हामि बैठक मा सहभागी हुने गछौ तब हामि सबै संग परिचित हेन गर्दछौ, हरेक लाइ चिन्ने गर्दछौ र हरेक संग हस्सी मजाक र रमाइलो मा रम्ने पनि गर्दछौ। तर त्यहा आउने कुनै न्यु कमर को बारेमा हामि के सोच्ने गर्दछौ ?के गर्दछौ ? के हामि त्यो तमाम न्यु कमर हरु सामु पुग्ने आफ्नो प्रतिबद्धत्ता लाइ याद गर्ने गर्दछौ,जो डराएर त्यहा कुना मा एक्लै बसिरहेका हुन्छन। के हामी आफ्नो समूह मा त्यो पाहुना को स्वागत गर्ने प्रतिबद्धता लाइ याद गर्ने गर्दछौ ?
त्यो प्रेम जुन हामीले नार्कोटिक्स एनोनिमोस को कोठामा पाउने गर्दछौ त्यसले हामीलाई हार्मो दुर्ब्यसन बाट सुधार मा आउनको लागि मद्दत गर्ने गर्दछ। तर हामि स्वयम् स्वच्छ भए पश्चात अरुलाई पनि त्यहि चिज दिनु पर्ने कुरा हामीले याद राख्ने गर्नु पर्दछ जुन हामीलाई निशुल्क दि इ एको थियो।हामी त्यो दुर्व्यसनी सामु पुग्नु पर्दछ जो हाल पनि पिडित छ। र वास्तब “न्यु कमर नै कुनै पनि बैठक को सबै भन्दा महत्व पूर्ण व्यक्ति हुने गर्दछ।
आजको निम्ति मात्र :म त्यो न्यानो फेलोसिप प्रति कृतज्ञ छु जुन मैले मेरो गृह समूह मा प्राप्त गरेको छु। मा मेरो हात त्यो हाल पनि पिडित दुर्व्यसनी हरु समू पुराउने छु। र त्यहि फेलोसिप ले मलाइ दिएको सत्कार र माया अरुलाई पनि निशुल्क दिनेछु।