14/12/2025
हार्दिक श्रद्धाञ्जली
"आयो टप्प टिप्यो, लग्यो, मिति पुग्यो टारेर टर्दैन त्यो,
इन्द्रै बिन्ती गरून् झुकेर पदमा त्यो बिन्ती सुन्दैन त्यो ।"
मृत्यु ध्रुवसत्य हो, तर स्वजन गुमाउनुको पीडा शब्दमा बयान गर्न सकिँदैन।
हाम्रो संस्था "सिर्जनशील अपाङ्ग स्वावलम्बन केन्द्र" का आदरणीय अध्यक्ष श्री सन्दिप भट्टराईज्यूका पुजनीय पिता श्री बाबुराम भट्टराईको असामयिक निधनको खबरले हामी सम्पूर्ण संस्था परिवारलाई स्तब्ध र मर्माहत बनाएको छ।
जन्मदिने बुवाको छत्रछाया गुम्नु भनेको सन्तानका लागि कहिल्यै नपुरिने घाउ लाग्नु हो। उहाँको निधनले परिवारले एक ममतामयी अभिभावक मात्र नभई, समाजले एक भद्र र असल व्यक्तित्व गुमाएको महसुस हामीले गरेका छौँ।
यस दुखद् घडीमा शोकलाई शक्तिमा बदल्ने साहस अध्यक्षज्यू तथा सम्पूर्ण शोकाकुल परिवारजनमा प्राप्त होस् भनी हामी ईश्वरसँग प्रार्थना गर्दछौँ। दुःखको यो महासागरमा सिङ्गो संस्था परिवार यहाँहरूको साथमा छ।
दिवङ्गत आत्माको बैकुण्ठ बास होस्, मृत आत्माले चीर शान्ति पाऊन्।
अलविदा बुवा ! भावपूर्ण श्रद्धाञ्जली !
सिर्जनशील अपाङ्ग स्वावलम्बन केन्द्र परिवार
तानसेन, पाल्पा