Third Eye Agro Mission PVT .LTD

Third Eye Agro Mission  PVT .LTD every things is possible if you want !
(5)

हाम्रो तेस्रो आँखा खुल्दै छ ! कृषि क्षेत्र को आधुनिकीकरण बिना हाम्रो देश को आर्थिक क्रांति असंभव छ ! त्येसैले आउनुस् मिलेर सहकार्य गरौं !! स्वाभिमानी पूर्ण स्वोरोजगारको सृजना आफै द्वारा गरौ !!!

27/08/2020
03/02/2018

सफलता एकैपटक हात पर्दैन । पसिना बगाएर पैसा उमार्नेहरू मेहनती हुन्छन् । परिश्रम र संघर्ष गरेर जीवनमा आर्थिक सफलता...

30/11/2017
30/11/2017
08/11/2017
31/10/2017
31/10/2017
14/06/2017
17/03/2017

लोकमणि रिजाल/खोटाङ । फागुन २९ – २०५५ साल तिर निर्मलीडाँडाको ४ पाथीको धानको बिउ रोप्ने खेत अनि  भैंसी बेच्दा हरि लुइँटेलसँग ५५ हजार रु...

बागलुङको तंग्राम गाविसका महिलाहरुले सहकारी मार्फत खासीवोका तथा तरकारी उत्पादन गरी आत्मनिर्भरता तर्फ उन्मुख बनेका छन् । व...
14/03/2017

बागलुङको तंग्राम गाविसका महिलाहरुले सहकारी मार्फत खासीवोका तथा तरकारी उत्पादन गरी आत्मनिर्भरता तर्फ उन्मुख बनेका छन् । विगतमा घर खर्च चलाउन समेत मुस्किल हुदै आएपनि अहिले सहकारी मार्फत खसी बोका पाल्न थालेपछि उनीहरुको दैनिकी सहज हुदै गएको छ ।

बागलुङको तंग्राम गाविसका महिलाहरुले सहकारी मार्फत खासीवोका तथा तरकारी उत्पादन गरी आत्मनिर्भरता तर्फ उन्मुख बनेका छन् । विगतमा घर खर्च चलाउन समेत मुस्किल हुदै...

डेढ करोडको कृषि परियोजना प्रदानव्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट)ले इलामका कृषक तथा उद्यमीलाई रु डेढ करोड बराब...
18/01/2017

डेढ करोडको कृषि परियोजना प्रदान

व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट)ले इलामका कृषक तथा उद्यमीलाई रु डेढ करोड बराबरको कृषि परियोजना प्रदान गरेको छ ।

जिल्ला पशुसेवा कार्यालयमार्फत सरकारको कृषि विकास मन्त्रालयअन्तर्गत सञ्चालित प्याक्टले दूधजन्य पदार्थको उत्पादन, प्रशोधन र वितरणका लागि परियोजना प्रदान गरेको हो । एडिबीको सहयोगमा विगतमा पनि इलामका किसान तथा उद्यमीलाई विभिन्न परियोजनामार्फत जीविकोपार्जनमा सहयोग पु¥याउन महत्वपूर्ण परियोजनामार्फत सहयोग गर्दै आएको छ ।

हाल प्रतिव्यावसायिक फार्म र सहकारीलाई न्यूनतम रु तीन लाख र अधिकतम रु चार लाखसम्म सहयोग उपलब्ध गराउन लागिएको जिल्ला पशुसेवा कार्यालय, इलामका प्रमुख डाक्टर पशुपति ढुङ्गानाले बताउनुभयो । चिज, घ्यू, छुर्पी उत्पादन गर्दै आएका व्यावसायिक डेरी, सहकारी संस्था र फार्मले प्रस्तावना पेस गरेकामा उनीहरूसँग सम्झौता गर्ने तयारी गरिरहेको पशुसेवा कार्यालयले जनाएको छ ।

सैँतिसवटा फार्म तथा सहकारी संस्थासँग अनुदान सम्झौता गरिने तयारी गरिएको प्रमुख ढुङ्गानाले जानकारी दिनुभयो । परियोजनाका लागि कृषक तथा उद्यमीले जिल्लाभरबाट ४५ वटा प्रस्ताव पेस गरेका छन् ।

आवेदकले पानीको ट्याङ्की निर्माण, अत्याधुनिक गोठ निर्माण, क्रिम सेपरेटरको, डेरी भवन निर्माण, मर्मत सम्भार गर्न, सोलार ड्रायर, छुर्पी च्याप्ने हाड्रोलिक मेसिन, डिप फ्रिज तथा दूध प्रशोधनका लागिसमेत परियोजना पेस गरेका छन् ।

परियोजना सम्पन्न गरिसकेपछि मात्र फार्म र सहकारीले रकम भुक्तानी पाउने व्यवस्था गरिएको छ । आवेदकले कुल परियोजनाको ७५ प्रतिशत रकम अनुदान पाउने व्यवस्था रहेको छ । रासस

गाउँमै युवायुवति मिलेर कृषि लगायतका उद्यम गर्न चाहनु हुन्छ ? प्रस्ताव ल्याउनुस्, सरकारले सहयोग गर्छगाउमै बसेर युवायुवति ...
16/01/2017

गाउँमै युवायुवति मिलेर कृषि लगायतका उद्यम गर्न चाहनु हुन्छ ?
प्रस्ताव ल्याउनुस्, सरकारले सहयोग गर्छ

गाउमै बसेर युवायुवति मिलेर कृषि, पशुपन्छी, विज्ञान र सूचना प्रविधिसम्बन्धी कुनै उद्योग वा इलम गर्न चाहनुभएको छ ? यसका लागि एउटा व्यवसायिक प्रस्ताव बनाएर सरकारलाई बुझाउनुहोस् । तपाईको प्रस्तावमा सरकारले लगानी गर्न इच्कुक छ । तर, यसका लागि सामूहिक रुपमा संगठित दर्तावाला संस्था भने आवश्यक हुन्छ ।
राष्ट्रिय युवा परिषद्ले बेरोजगार युवा लक्षित गरी व्यावसायिक परियोजना प्रस्ताव माग गरेको छ । यसमा उत्कृष्ट प्रस्तावले सरकारबाटै आवश्यक सहयोग पाउनेछ । एउटै वडाका युवाले संयुक्त रुपमा समूह बनाएर त्यसलाई आवश्यक प्रक्रियासहित दर्ता गर्नुपर्नेछ । पुरानो संस्था भए त्यसैमार्फत पनि ब्यवायिक परियोजना प्रस्ताव गर्न सकिने छ ।
फागुन ३ गतभित्र त्यस्ता यु्वा समूहले परियोजना प्रस्ताव पेश गर्न सक्नेछन् । ७५ जिल्लाका २४० वटै निर्वाचन क्षेत्रमा ‘एक वडा १० युवा, एक उद्यम’ कार्यक्रमका लागि परियोजना प्रस्ताव मागिएको हो । कृषि, वन, पशुपंक्षी, विज्ञान, सूचना प्रविधि, सञ्चार कला तथा संस्कृति लगायतका क्षेत्रमा आधारित भएर परियोजना तयार गनुपर्नेछ ।
५ वर्षसम्मको लागि ती परियोजनाले काम गर्नुपर्नेछ । १६ देखि ४० वर्ष उमेर समूहका ५ महिलासहित जम्मा १० युवाले परियोजना प्रस्ताव पेश गर्न सक्ने सीमा दिइएको छ । स्थानीय स्रोतमा आधारित हुने परियोजनाले समूहका सबै युवालाई लाभ दिन सक्ने हुनुपर्नेछ । युवा परिषद्ले जिल्लाको युवा समिति कार्यालयमार्फत यो प्रस्ताव पेश गर्न अनुरोध गरेको छ ।

31/12/2016

घरमा पाइने ज्वानो प्रशस्त क्याल्सियम भएको वस्तु हो । सुत्केरी अवस्थामा ज्वानोको विशेष प्रयोग गर्नुको कारण ज्वानोले शरीरलाई चाहिने आवश्यक क्याल्सियमको परिपूर्ति गर्नुका साथै आमाको दूध बढाउनु पनि हो । आमाको दूधबाट शिशुलाई पनि क्याल्सियम प्राप्त हुन्छ ।

23/12/2016

रामेछापका सुन्तला !!

‘समृद्धिको लागि कृषि’           ====मदन राईहामीलाई विगतदेखि नै घरपरिवारमा हलो जोते सानो भइन्छ भनेर सिकाइयो, समाजले पनि त...
23/12/2016

‘समृद्धिको लागि कृषि’
====मदन राई
हामीलाई विगतदेखि नै घरपरिवारमा हलो जोते सानो भइन्छ भनेर सिकाइयो, समाजले पनि त्यही सिकायो । अनि सत्ताले पनि त्यही शिक्षा र संस्कृतिको निर्माण गरिदियो । फलस्वरूप हामी कृषिप्रति अनाकर्षित भयौं र हामीले कृषिलाई चिन्नै सकेनौं । उत्पादकत्व मात्र होइन, भइरहेको उत्पादन नै कम हुँदै हामी अरू देशको उत्पादनमा बाँच्न बाध्य हुँदैछौं ।

उत्पादकत्व-प्रतिएकाइ जमिनमा उत्पादन गरिने वस्तुको परिमाण हो । हाम्रा बाउबाजेको पालामा कति उत्पादन हुन्थ्यो ? अहिले कति हुन्छ ? भन्ने मापन नै उत्पादकत्व हो । प्रतिएकाइ जमिनमा कसरी बढीभन्दा बढी उत्पादन गर्न सकिन्छ रु यसलाई बढाउने आधारहरू के-के हुन् ? आदि विषयहरूले उत्पादकत्वको परिभाषा निर्माण गर्दछ । अहिले हामीकहाँ प्रतिहेक्टर जमिनमा तीन मेट्रिकटन धान उत्पादन हुन्छ जबकि विकसित मुलुकमा प्रतिहेक्टर जमिनमा १८ मेट्रिकटनसम्म धान उत्पादन हुने गरेको देखिन्छ ।

नेपालको कृषिको उत्पादकत्व क्षमता अहिले तुलनात्मक रूपमा निकै कम छ । यसलाई उन्नत बीउविजन र प्रविधि प्रयोग गरेर बढाउनु अहिलेको टड्कारो आवश्यकता हो । हाम्रो भूमि नीतिको कारण अहिले एक किसानसँग सरदर एक हेक्टरभन्दा कम जमिन छ । एक सय हेक्टर जमिन हुने किसान भेट्न सकिन्न । त्यसैले हामीले कृषिको उत्पादकत्व बढाउन सबैभन्दा पहिले केही नीतिगत र कानुनी सुधार गरेर खण्डीकरण रोकी चक्लाबन्दीलाई प्राथमिकता दिनुपर्छ । चक्लाबन्दी एकैचोटि गर्न सकिँदैन । क्रमैसँग गर्नुपर्छ । चक्लाबन्दी न्यूनतम र अधिकतम कत्रो गर्ने त्यसको क्षेत्र निधो गर्नुपर्छ ।

नेपालका सबै किसान साना हुन् । अर्को अर्थमा नेपालमा कोही पनि ठूलो किसान छैनन्, जसले आफैं ट्याक्टर किनेर यान्त्रिक व्यावसायिक खेती गर्न सकोस् । यन्त्र प्रयोग नगरी हामीले कृषिको उत्पादकत्व बढाउन सक्दैनौं । यसर्थ, व्यावसायिक खेतीको लागि साना किसानलाई भन्दा किसान समूह वा ठूला किसानलाई प्राथमिकतामा राखेर नीति बनाउनुपर्छ ।

बिरुवा हाम्रो आमा, जीवन र समृद्धि हो भन्ने बुझे पुग्छ । बिरुवालाई बुझेर बिरुवाको सेवा थालौं, कृषि स्वतः बुझिन्छ । बालबालिकालाई शिशुकक्षाबाटै बिरुवा, कृषि तथा मान्छेको सम्बन्ध बुझाउनुपर्छ र युवालाई आमसञ्चारको माध्यमबाट कृषिको बारेमा बुझाउन जरुरी छ ।

सुरुमा थोरै जमिन हुने एक भूगोलका धेरै साना किसानको समूह निर्माण गरी जमिनको ठूलो चक्ला बनाई सरकारले अनुदानमा यन्त्र उपलब्ध गराउनुपर्छ । यसरी सामूहिक रूपले वा अलग्गै ठूलो स्केलमा उत्पादन सुरु गर्‌यौं भने हामीले उत्पादन र उत्पादकत्व पनि बढाउन सक्छौं ।

अहिलेको अवस्थामा कृषिको लागत घटाउनु पनि अर्को ठूलो आवश्यकता हो । यो काम ठूलो जमिन र यन्त्रको प्रयोगबाट मात्र सम्भव छ । दुःखअनुसारको फाइदा हुन्छ भन्ने भएपछि मान्छे खेतीप्रति आकर्षित हुन्छ । खण्डित जग्गाले सरकारबाट प्रोत्साहन नपाउने भएपछि ससाना जमिन होल्ड गर्ने किसान संगठित हुन्छन् र चक्लाबन्दी गरेर सामूहिक खेती प्रणाली सुरु गर्छन् ।

अर्कोतिर अहिलेको कृषिमा ठूलो जनसंख्या सहभागी छ । यति ठूलो संख्यालाई घटाउनुपर्छ । कुल जनसंख्याको १० प्रतिशत कृषिमा, २० प्रतिशत उद्योगमा र बाँकी ७० प्रतिशत सेवा तथा व्यापार क्षेत्रमा संलग्न हुनुपर्छ । त्यसो भयो भने मात्र समृद्धि हासिल हुन सक्छ । कृषि उत्पादनसँग धेरै क्षेत्रको अन्तरनिर्भरता हुन्छ । यसर्थ कृषिलाई व्यावसायिक र यान्त्रिकीकरण गरेर उत्पादन वृद्धि गर्नुपर्छ । त्यसो भयो भने अन्य क्षेत्रको पनि सन्तुलित विकास हुन्छ ।

भूमिको प्रयोगको सवालमा पनि यहाँ समस्या छ । जमिनको ठूलो हिस्सा घर बनाउन प्रयोग हुनु कृषि उत्पादनमा समस्या आउनुको कारण हो । वासको लागि आकाशको पनि प्रयोग गर्न सकिन्छ तर खेतीको लागि जमिनै चाहिन्छ । बढीभन्दा बढी जमिनको प्रयोग उत्पादन कार्यमा लगाउनुपर्छ । सरकारले वासको लागि बहुतले अपार्टमेन्ट बनाउन प्रोत्साहन गर्ने र जमिनलाई बृहत्रूपमा चक्लाबन्दी गरी खेती गर्ने नीति बनाउन सक्छ । यसरी कृषिको माध्यमबाटै समृद्धि हासिल हुन सक्छ ।

बिरुवा हाम्रो आमा, जीवन र समृद्धि हो भन्ने बुझे पुग्छ । बिरुवालाई बुझेर बिरुवाको सेवा थालौं, कृषि स्वतः बुझिन्छ । बालबालिकालाई शिशुकक्षाबाटै बिरुवा, कृषि तथा मान्छेको सम्बन्ध बुझाउनुपर्छ र युवालाई आमसञ्चारको माध्यमबाट कृषिको बारेमा बुझाउन जरुरी छ ।

कृषिलाई बुझ्ने कुरामै पनि ठूलो अन्तरविरोध छ । सामान्य रूपमा कृषिलाई खाद्यान्न बाली र केही नगदेबालीको खेतीको रूपमा मात्र बुझिएको देखिन्छ । कृषि भनेको धान, गहुँ, मकै, तरकारी अनि फलफूल त हो भन्ने बुझाइ छ । अहिले ठूलाठूला विद्वान्ले पनि कृषि बुझ्न सकेका छैनन् । कृषि भनेको खण्ड होइन र यो केवल केही बालीविशेष पनि होइन, यो सम्पूर्णता हो । कृषि भनेको आमाको सेवा हो । आमा भनेको बिरुवा हो ।

यो ब्रह्माण्डमा रहेको पञ्चतत्वः हावा, पानी, घाम, माटो र आकाशले बिरुवालाई जन्म दिन्छ र बिरुवाले मानिसलगायत पशुपक्षी, कीरा, कीटाणु आदि प्राणीको जन्म दिन्छ । तर कृषिलाई यसरी समग्रतामा बुझ्ने गरिएको छैन । यसलाई खण्डित गरिएको छ । मान्छेबाट निस्कने मलमूत्र कीरा/कीटाणुले खाने र कीरा/कीटाणुबाट निस्कने विकार बोटबिरुवाले खाने अनि त्यही बोटबिरुवाले पुनः मान्छेको लागि खाना उत्पादन गर्ने सत्यचक्र हामी धेरैले पढेका छौं तर बुझेका छैनौं ।

यसर्थ, कृषि आधुनिक मानवजगत्को समग्रता हो । खण्ड होइन, पूर्ण हो । हामीले कृषिलाई त्यही रूपमा ग्रहण गर्न सक्यौं भने कृषिले उत्पादन र समृद्धिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ । जति पनि मान्छेका आवश्यकता हुन्, ती सबै बिरुवाबाटै आपूर्ति हुन्छ । यसर्थ कृषिको लागि प्रकृति बुझ्नुपर्छ ।

कतिपय मानिस हामीकहाँ पेट्रोल छैन, इन्धन छैन भनेर गुनासो गर्छन् । तर हाम्रोजस्तो पानी र बिरुवाको धनी देशमा इन्धनको समस्याले दुःख पाउनु भनेको अज्ञानता, अकर्मण्यताको पराकाष्ठा हो । तराईको एउटा मात्र जिल्लामा उखु, मकै, जेट्रौपा आदि लगाइदिने हो भने त्यसबाट उत्पादन हुने इथानोल र बायो डिजलबाट जत्ति पनि इन्धन उत्पादन हुन सक्छ । पानीबाट उत्पादन हुने बिजुलीको त कुरै अर्को । नेपालको विकासमा इन्धन समस्या होइन, हामी नेपाली आफैं समस्या हौं । मान्छेले उपभोग गर्ने जति पनि वस्तुहरू छन्, तीमध्ये ८० प्रतिशत बढी वस्तु बिरुवाबाट बन्छन् ।

हामीले बिरुवा चिन्ने संस्कार विकास गर्न सकेनौं । बिरुवाको पेसा कृषि र यसको पेशेवर कृषकलाई हेंलाहोचो गर्ने संस्कार बस्यो । अब यो संस्कार र संस्कृतिलाई बदल्न समग्र जीवन र जगत्को बारेमा उचित शिक्षा दिनु आवश्यक छ । हाम्रो मुलुक हावा, पानी र माटोको लागि निकै उपयुक्त देश हो । यसको उच्चतम प्रयोग गरेर उत्पादन बढाउँदै सदुपयोग गर्न सके हामी धनी बन्न सक्छौं ।

बिरुवा हाम्रो आमा, जीवन र समृद्धि हो भन्ने बुझे पुग्छ । बिरुवालाई बुझेर बिरुवाको सेवा थालौं, कृषि स्वतः बुझिन्छ । बालबालिकालाई शिशुकक्षाबाटै बिरुवा, कृषि तथा मान्छेको सम्बन्ध बुझाउनुपर्छ र युवालाई आमसञ्चारको माध्यमबाट कृषिको बारेमा बुझाउनु जरुरी छ । सौर्य प्रणाली, पञ्चतत्व, इकोसिस्टम र कृषिको सम्बन्ध धेरैले पढेका छौं तर बुझेका छैनौं । किनकि अहिलेको शिक्षा र त्यसले दिने ज्ञान नै सीमित ढाँचाको छ ।

यो शिक्षाले विद्यार्थीलाई बिरुवाबाट धैरै टाढा राखेको छ । त्यसैले मान्छे बिरुवाबाट टाढिँदै गयो र कृषि पेसालाई हेंला गर्‌यो । हामी नेपालीलाई धनी बनाउनै चाहन्छौं भने कृषिप्रति व्याप्त हीनताबोध घटाउनु अनिवार्य छ । डाक्टर र इन्जिनियरले मात्र देश बनाउँछन्, ती भनेको भगवान हुन्, किसान भनेको चुत्थो हो भन्ने गलत सामाजिक मान्यता हटाउनैपर्छ । किसान भएन भने हामी बाँच्न नै सक्दैनौं भन्ने यथार्थ बुझाउनैपर्छ । देशव्यापी रूपमा हिँड्दा मैले बुझेको तथ्य-किसानले पनि कृषि बुझेको छैन ।

हामीसँग धातु र खनिज छैन तर बिरुवामा हामी संसारकै धनी छौं । यसर्थ हामीले धातु र खनिज होइन, पानी र बिरुवालाई माया गर्न सिकाउनुपर्छ । पानी र बिरुवाको बारेमा ज्ञान दिनुपर्छ । यसबाटै हामी माथि उठ्छौं । हामीलाई आवश्यक पर्ने अन्न, फलफूल, तरकारी, पशुपंक्षी, कीरा, कीटाणु, औषधी, लत्ताकपडा, कस्मेटिक्स सबै कुरा कृषिबाट आउँछ । हामीसँग यी सबै क्षेत्रको प्रशस्त सम्भावना छ । हामी बिरुवा र पानीकै प्रयोग गरेर धनी हुन सक्छौं । यसको लागि खेतबारीमा खेलाउँदै पढाउने प्रणालीको विकास गर्नुपर्छ ।

कृषिलाई जीवन व्यवहारमा उतार्न व्यवहारमा सुधार र व्यवहारमा सुधारको लागि विद्यमान राजनीतिक प्रणालीमा पनि सुधार ल्याउनुपर्छ । ७५ वर्ष पुगेपछि बल्ल नेता हुने परिस्थितिको अन्त्य हुनुपर्छ । विकास र समृद्धिको लागि राजनीतिक दर्शन पनि ठीक हुनुपर्छ । माक्र्सवाद, पुँजीवाद, सामन्तवाद, समाजवाद जति पनि वाद अहिले चलिरहेका छन्, यी सबै वादहरू बर्बाद हुन् । ती वादहरू संसारको सबै देशमा फेल भइसके । सबैभन्दा सत्य वाद भनेको लोकतन्त्रवाद हो ।

आधुनिक मान्छेलाई परिचालन गर्ने राजनीतिक प्रणाली लोकतन्त्रभन्दा अरू सम्भवै छैन । लोकतन्त्रको विकल्प लोकतन्त्र मात्र हो । वादै मान्ने हो भने प्रकृतिवाद, विज्ञानवाद, प्रविधिवाद, बजारवाद मान्नुपर्छ । किनकि त्यो मात्रै सत्य हो ।

बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिले ५ ‘स’ (समतामूलक समृद्धि, समानुपातिक-समावेशी -सहभागितामूलक लोकतन्त्र, स्वाधीनता र सार्वभौमसत्ता, सुशासन र सदाचार तथा समुन्नत समाजवाद) को आधार तय गरेको छ । अर्को ५ ‘स’ मा आधारित भएर आर्थिक विकास र समृद्धिका आधार तयार गरिएको छ । पहिलो ‘स’ – सडक विकास ।

सडक भएपछि बिजुली, सञ्चार, कृषि, उद्योग, व्यापार सबैको विकास सहज हुन्छ । सुरक्षा दोस्रो ‘स’ हो । सबै कुराको सुरक्षाविना दिगो विकास असम्भव छ । शिक्षा तेस्रो ‘स’ हो । किताब पढाउनेभन्दा काम सिकाउने शिक्षा, उत्पादन सिकाउने शिक्षा, रोजगार दिने शिक्षा नभई समृद्धि सम्भव हुँदैन । चौथो ‘स’ – स्वास्थ्य विकास हो । उपचार गर्ने शिक्षाभन्दा बिरामी नै नहुने वा कम गर्ने शिक्षाको विकासमा नगई समृद्धि हुँदैन । निरोगी रहने स्वास्थ्य शिक्षामा जोड नदिई सुखै छैन । समय सञ्चय पाँचौं ‘स’ हो । समय नै सम्पत्ति भन्ने उखान कति कालजयी सत्य छ । जसले समय सदुपयोग गर्न सक्यो त्यही मान्छे धनी र सुखी छ ।

हाम्रो देशमा जनताको समय सरकारले धेरै बर्बाद गर्दै आएको छ । उदाहरणको लागि नागरिकता प्रमाणपत्र लिन एकजना नेपालीले सरदर पाँच दिन लगाउनुपर्ने रहेछ । वार्षिक ६ लाखले नागरिकता लिँदा नेपालीको ३० लाख दिन समय खेर जाँदो रहेछ । तनाव त्यत्तिकै हुँदो रहेछ ।

नागरिकता प्रमाणपत्र नलिए पनि बाँच्न पाउने अधिकार सबै मानवलाई हुन्छ, यो पृथ्वीमा । त्यस्तै पासपोर्ट, पानी, बिजुली, टेलिफोन, मालपोत, कर आदि धेरै सरकारी सेवामा देशको लागि चाहिने भौतिक वस्तु उत्पादन गर्ने र कर तिर्ने नागरिकको समय सरकारले खाइदिन्छ र तनाव पनि त्यत्तिकै दिने गरेको छ । अनि कसरी हुन्छ देश धनी र विकसित रु नयाँ शक्तिले जनताको सेवा गर्ने मौका पायो भने सबै सुविधा घरैबाट समाधान हुने वा घरैमा पुग्नेगरी गर्ने प्रयास गर्नेछ ।

यी एजेन्डा नै नयाँ शक्तिको राजनीतिक तथा आर्थिक एजेन्डा हुन् । हामीले यिनै एजेन्डाका आधारमा कृषिको वैज्ञानिक एवं व्यावसायिक प्रयोगले समृद्धिको आधार खडा गर्न सक्छौं । यसरी नै समृद्धि सम्भव छ, हाम्रै पालामा, अबको निकास आर्थिक विकास भन्ने नारालाई साकार बनाउन सक्नेछौं ।

(कृषिविज्ञ राई नयाँ शक्ति पार्टी नेपालका कृषि र भूमि मामिला विभाग प्रमुख हुन् ।)

अन्ततः आफैले थुकेको थुक चाट्यो सरकारले                  गाई अनुदान कार्यक्रम रद्द  !!भूकम्पपीडित किसानलाई राहत दिने उद्द...
19/12/2016

अन्ततः आफैले थुकेको थुक चाट्यो सरकारले
गाई अनुदान कार्यक्रम रद्द !!

भूकम्पपीडित किसानलाई राहत दिने उद्देश्यले शत्प्रतिशत अनुदानमा कोरली गाई उपलब्ध गराउने सरकारको कार्यक्रम अन्ततः रद्द भएको छ ।

पशुपन्छी मन्त्रालयसहित मातहतका निकायले समयमा आवश्यक प्रक्रिया पूरा नगर्दा भूकम्पपीडित किसान राहतका लागि सरकारको मुख ताकिरहेको अवस्थामा कार्यक्रम रद्द भएको हो ।

भूकम्पपीडित २४ जिल्लाका किसानलाई तत्कालीन समयमा शतप्रतिशत अनुदानमा पशुपन्छी मन्त्रालयले बिमा गरिएका जर्सी जातका कोरली गाई उपलब्ध गराउने घोषणा गरेको थियो । भूकम्पपीडित किसानलाई गाई वितरण गर्न नसकेपछि पशुपन्छी मन्त्रालयले यसका लागि विनियोजन गरेको १३ करोड रुपैयाँ पनि फ्रिज भएको छ ।

मन्त्रालयसहित पशु उत्पादन निर्देशनालयले समयमा आवश्यक प्रक्रिया सुरु नगर्दा भूकम्पपीडित किसानले गाई प्राप्त गर्नबाट वञ्चित हुनुपरेको छ ।मन्त्रालयका प्रवक्ता श्याम पौडेलले गाई खरिद गर्न टेन्डर आह्वान गर्दा वैध रूपमा एउटै टेन्डर नपरेपछि कार्यक्रम नै रद्द गर्नुपरेको जानकारी दिए । ‘समयमा वैद्य रूपमा एउटा पनि टेन्डर पर्न सकेन,’ पौडेलले भने, ‘अर्कोतर्फ आर्थिक वर्ष पनि सकिनै लागेको थियो । समय नभएर कार्यक्रम रद्द गर्नुर्पयो ।’

निर्देशनालयले उपत्यकाका तीन जिल्ला, नुवाकोट, रसुवा, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, दोलखा, ओखलढुंगा, गोरखा, धादिङ, मकवानपुर, गुल्मी, लमजुङ, सोलुखुम्बु र तनहुँ जिल्लाका भूकम्पपीडित किसानले यो योजनामा सहभागी हुन पाउने योजना तयार पारेको थियो ।

यसैगरि भोजपुर, कास्की, पाल्पा, खोटाङ, चितवन र स्याङ्जा जिल्लाका किसानलाई पनि यो सुविधा उपभोग गर्न पाउने व्यवस्था गरिएको थियो । ब्याउने अवस्थामा पुगेका १५ महिनादेखि १८ महिनाभित्रका गाई वितरण गर्ने लक्ष्य थियो । एक जिल्लाबाट ७५ वटा भूकम्पपीडित किसानलाई ७५ थान गरी कुल एक हजार आठ सय थान गाई वितरण गर्ने योजना तत्कालीन समयमा मन्त्रालयले तयार पारेको थियो । भूकम्पपीडित कार्डको आधारमा किसानलाई गाई वितरण गर्ने व्यवस्था मिलाइएको थियो ।

निर्देशनालयका अनुसार सुरुको कार्यक्रम घोषणा तत्कालीन कृषि विकास मन्त्रालयअन्तर्गतको पशु सेवा विभागले गरेको थियो । त्यो बेला विभागले ९० प्रतिशत अनुदानमा किसानलाई गाई वितरण गर्ने योजना तयार गरेको थियो ।

‘तर कृषिबाट पशुपन्छी मन्त्रालय फुटेपछि अनुदानमा जर्सी कोरली गाई वितरण कार्य्विधि संशोधन गरी ९० प्रतिशतको स्थानमा अनुदानलाई शतप्रतिशत बनाइएको थियो’, निर्देशनालयका कार्यक्रम निर्देशक केशव आचार्यले भने, ‘कार्र्य्विधि संशोधन गरी केही थप कार्यक्रम पनि राखिएको थियो ।

तर त्यो प्रक्रिया सक्न निक्कै समय लाग्यो । समयको अभावमा कार्यक्रम रद्द गर्नुर्पयो ।’ निर्देशनालयले कार्य्विधि संशोधन गरी कोरली गाईसँगै पाँच हजार पीडित किसानलाई गाईपालन पोषण खर्च र गाई खरिद भएका केन्द्रदेखि किसानको घरदैलौसम्म र्पुयाउन ढुवानीमा शत्प्रतिशत अनुदान उपलब्ध गराउने बताएको थियो ।

यस्तै गाईबाट उत्पादित दूधको बजारीकरणका लागि राष्ट्रिय दुग्ध विकास बोर्डले सोही जिल्लामा चिस्यान केन्द्र स्थापना, घाँस उत्पादन कार्यक्रम र कृत्रिम गर्भाधान कार्यक्रम पनि कार्यान्वयनमा ल्याउने योजना थियो ।

‘पहिलैकै कार्यविधि अनुसार (९० प्रतिशतको अनुदान) टेन्डर आह्वान गरिएको भए गाई खरिद गरेर उतिबेला नै किसानलाई गाई वितरण गरिसक्थ्यौं’, आचार्यले भने, ‘किसानलाई बढी सुविधा दिने नाममा कार्य्विधि संशोधन र्गयौं । उता समय पनि सकियो ।’

कार्यविधि संशोधन गरी निर्देशनालयले गाई खरिद गर्न दुई पटकसम्म टेन्डर आह्वान गरेको थियो । पहिलो टेन्डर आह्वान हुँदा आशयपत्रसहितको एउटा पनि टेन्डर पर्न सकेन । त्यसपछि २०७३ असारमा पुनः दोस्रो पटक टेन्डर आह्वान गरियो । ‘दोस्रो पटक टेन्डर आह्वान गरिए पनि सार्वजनिक खरिद ऐन र नियमावली अनुसार वैद्य कागकाजसहित आशयपत्र प्राप्त हुन सकेन ।’ तेस्रो पटक टेन्डर आह्वान गर्न खोज्दा आर्थिक वर्ष सकिएका कारण कार्यक्रम रद्द भयो ।

इन्फोः भूकम्पपीडित किसानलाई गाई वितरण गर्न नसकेपछि पशुपन्छी मन्त्रालयले यसका लागि विनियोजन गरेको १३ करोड रुपैयाँ फ्रिज भएको छ ।
समाचार श्रोत : अन्नपूर्ण पोष्टबाट

कृषिप्रधान को हबिगत ! परजीवी मानसिकताको पराकाष्ठा !! आखिर कहिले सम्म ???
05/12/2016

कृषिप्रधान को हबिगत ! परजीवी मानसिकताको पराकाष्ठा !! आखिर कहिले सम्म ???

कृषिप्रधान मुलुक नेपालमा मासिक साढे २ अर्बभन्दा बढीको अन्न आयात हुन गरेको छ । चालु आर्थिक वर्षको पहिलो चार महिनाको तथ्यांक विश्लेषण गर्दा यस्तो तथ्य बाहिर आएको हो ।

गरे के हुन्न र .............!!!सुन्तलाखेतीले बद्लियो मन   रामपुर (पाल्पा), १७ मङ्सिर । गाउँको जग्गा छाडेर सहरतिर बसाइँ स...
03/12/2016

गरे के हुन्न र .............!!!
सुन्तलाखेतीले बद्लियो मन
रामपुर (पाल्पा), १७ मङ्सिर । गाउँको जग्गा छाडेर सहरतिर बसाइँ सराइ गर्ने तयारीमा रहनुभएका गल्धा गाविस– ६, बहपुरका ६० वर्षीय मानबहादुर ढेँगा मनग्य आम्दानी हुन थालेपछि गाउँमै बसेर सुन्तलाखेती गर्न थाल्नुभएको छ ।

रामपुर नगरपालिका बेझाङ बजारमा घर बनाइसक्नुभएका ढेँगाको गाउँमै सुन्तलाखेतीबाट पर्याप्त आम्दानी हुन थालेपछि सहरतिर बसाइँ सर्ने मनसाय एकाएक बदलिएको छ । विगत सात वर्षदेखि बाँझो जग्गामा सुन्तलाखेती गर्नुभएका ढेँगाले अहिले सुन्तलाबाट नसोचेको आम्दानी हुनथालेपछि बसाइँ सर्ने सोच त्याग्नु भएको हो !

चार सय बोटमध्ये करिब एक सय बोटमा फलेको सुन्तला बिक्री गरी उहाँले वार्षिक रु एक लाख ५० हजारसम्म आम्दानी गरिरहनुभएको छ । “पहिला मकै, भटमास लगाइन्थ्यो, खासै उत्पादन हुँदैनथ्यो, सुन्तलाबाट राम्रै आम्दानी भइरहेको छ,” उहाँले भन्नुभयो ।

सोही गाउँकै किसान तेजन सुनारीलाई यतिबेला सुन्तला बिक्री गर्न भ्याई नभ्याई छ । पाखोबारी नबाँझियोस् भन्ने मनसायले उहाँले एक हेक्टर क्षेत्रफलमा ३०० बोट सुन्तला लगाउनुभयो । दुई मुरी कोदो, मकै, तरकारी नफल्ने जग्गामा अहिले सुन्तलाबाट लाखौंको आम्दानी हुन थालेको छ । उहाँले वार्षिक रु दुई लाखदेखि रु तीन लाखसम्म आम्दानी गर्नुहुन्छ ।

गत वर्ष उहाँले २५ क्विन्टल सुन्तला बिक्री गरेर रु दुई लाख ५० हजारभन्दा बढी आम्दानी गर्नुभयो । “अन्नबाली लगाएर तीन महिनालाई पनि खान पुग्दैनथ्यो, सुन्तला लगाएपछि घरखर्च राम्ररी चलेको छ,” सुनारीले भन्नुभयो ।

गत वर्षको तुलनामा यस वर्ष उत्पादन बढेको उहाँको भनाइ छ । “यस वर्ष १५० बोटबाट करिब ४० क्विन्टल सुन्तला उत्पादन हुने अनुमान छ,” उहाँले भन्नुभयो । ढेँगा र सुनारी जस्तै गाउँका १५ जना किसानले व्यावसायिक रुपमा सुन्तलाखेती गर्दै आएका छन् ।

सिंगो गाउँ नै सुन्तलामय बनेको छ । यहाँ एक घरपरिवारले न्यूनतम ५० बोटदेखि ४०० बोटसम्म सुन्तलाखेती गर्दै आएका छन् । यहाँ उत्पादित सुन्तला रामपुर बजारमा बिक्री हुने गर्छ । रासस

23/11/2016

५ वर्षअघिसम्म दैलेख, भवानी-७ का शेरबहादुर बोगटीको आर्थिक अवस्था निकै कमजोर थियो । बिहान खाए बेल्का के खाउँ, बेल्का खाए भोलि बिहान के खाउँ भन्ने समस्याले बोगटी परिवारलाई सधैं सताइरहन्थ्यो । मेलापात गरुँ, धेरै ज्याला नपाइने । खेतिकिसानी गरुँ यथेष्ट जग्गा जमिन छैन । ६ जनाको परिवार पाल्न शेरबहादुरलाई सध...

यस्तो छ तरकारीमा ‘दलाल’ को दलाली, संकलकदेखि खुद्रा व्यापारीसम्मको जालो .......!! =====================अजित अधिकारीमकवानप...
01/11/2016

यस्तो छ तरकारीमा ‘दलाल’ को दलाली, संकलकदेखि खुद्रा व्यापारीसम्मको जालो .......!!
=====================अजित अधिकारी
मकवानपुरको टिस्टुङ हुदै पालुङ जाने सडकको छेउछाउमा आजभोली बन्दा काउलीको थुप्रो देख्न सकिन्छ । पालुङ बजार छेवैमा रहेको अधेंरीखोला सडकमा किसानले तरकारी थुपार्ने गरेका छन् । त्यहा संकलन केन्द्रको लागि कुनै पूर्वाधार छैन, एउटा ठूलो रुख सडक छेवैमा छ । त्यसैको छहारीमा पर्नेगरी आइतबार दिउसो १ बजेतिर किसानले धमाधम बन्दा थुपारिरहेका थिए । झण्डै २० मिनेट टाढाको बारीबाट बन्दा ओसारेको किसान श्यामकुमार प्रधानले बताए ।

‘दिनभरी नथाकुञ्जेल यहीं रुखको फेदीमा बन्दा थुपार्ने हो, बेलुका खेरी ट्रक आएर लैजान्छ’ उनले भने । किलोको कसरी पाउनुहुन्छ भनेर सोध्दा उनले भने, ‘आज १७ रुपैया पाइन्छ, अली अगाडी प्रतिकिलो ८ रुपैयासम्ममा बिक्री गरेका थियौं ।’ बारीमा तरकारी उब्जनी भइसकेकाले मूल्य नपर्खी व्यापारीलाई दिने गरेको उनले बताए । बुवा र भाउजुसग मिलेर तरकारी ओसारिरहेका उनले स्थानिय संकलन केन्द्रका व्यापारीले प्रतिकिलो ५–१० रुपैया नाफा राखेर ‘सहरको व्यापारी’ लाई दिने गरेको बताए । ‘यहाको व्यापारीले हामीसग १५ रुपैयामा किन्यो भने अर्को सहरबाट आउने व्यापारीलाई २५ रुपैयासम्ममा बिक्री गर्छ’ उनले भने । बन्दाको मूल्य नपाएपनि बारीमा उब्जनी भइसकेकाले बिक्री गर्नुपर्ने बाध्यता रहेको उनले सुनाए
टिस्टुङमा किसानले ल्याएको तरकारी संकलन गर्ने प्रकाश लामालाई करिब १२ बजेतिर कुखुराको मासुसग भात खाइरहेको अवस्था भेटियो । उनले त्यहाबाट दैनिक ५ सय बोरा बन्दा संकलन भइरहेको जानकारी दिए । ‘१ बोरामा २५ किलो बन्दा हुन्छ’ उनले भने, ‘मैले प्रतिकिलो १ रुपैया नाफा राखेर व्यापारीलाई पठाइदिन्छु ।’ उनले संकलन गरेका सबै तरकारी बुटवलका व्यापारीले लैजान्छन् । ‘यहाको तरकारी काठमाडौं जादैन, बुटवलका ्व्यापारीले ट्रक लिएर आउछन् र सबै लैजान्छन् ।’
घर अगाडीकै पसलमा तरकारी संकलन गर्ने उनले खासै मेहनत गर्नुपर्दैन । किसानले घर अगाडीसम्म ल्याइदिएको तरकारीलाई २५ किलोका दरले बोरामा प्याक गर्छन् । ५ सय बोरामा २५ किलोका दरले १२ हजार ५ सय किलो बन्दा प्याक गर्छन् । र, एकैदिन १२ हजार ५ सय रुपैया मुनाफा (प्रतिकिलो १ रुपैयाका दरले) कमाउछन् ।
vegetable-with-farmerकिसानको यस्तो दुःख
नुवाकोटका किसान हेमप्रसाद मुडवरी बिहान अध्यारो छदै तरकारीको भारी बोकेर ४ घण्टा पैदल यात्रामा पुगिने धादिङको धार्के बजारस्थित संकलन केन्द्रमा पुग्छन् । बारीमा तरकारी फलेपछि उनी दिनहु तरकारीको भारी बोक्दै धार्के बजार धाउछन् । उकालो र ओरालो कठिन बाटाको सामाना गर्नु त छदैछ । धादिङ र नुवाकोटको बीचमा पर्ने कोल्पु खोला तर्नु सबैभन्दा कठिन छ । ‘खोलामा कम्मरसम्म आउने पानी थियो’ सोमबार बिहान धार्के बजारमा भेटिएका उनले भने, ‘त्यही पानी भएको खोला तरेर आए ।’ उनी बजार आइपुग्दा भिजेको लुगा आधा सुकिसकेको थियो ।
बर्षायाममा खोला तर्न झन् गाह्रो छ । ‘बर्षायाममा घाचीसम्म आउने पानी हुन्छ । त्यस्तो खोला पनि तरेर आउनुपर्छ’ उनी भन्छन्, ’पोहोर साल त खोलाको बेग अलि बढी भएकाले तीन दिन गरेर मेरो तीन भारी तरकारी नै बगाइदियो ।’ खोलामा पानी धेरै भएका बेला पनि तरकारी टिपेर बिक्रीका लागि बजार धाउनु बाध्यता भएको बताए । ‘बारीमा तरकारी फलेपछि नटिपी राखे बिग्रन्छ । त्यहीं भएकाले खोलामा धेरै पानी भएपनि तरकारी बोकेर तर्नैपर्छ’ उनी भन्छन् ।
संकलन केन्द्रबाट थोक व्यापारी
धदिङको धार्केबजार उपत्यकामा तरकारी आपूर्ती गर्ने मुख्य संकलन केन्द्रमध्येमा पर्छ । त्यहा किसानबाट हाल दैनिक करिब १ हजार २ सय टन संकलन भइरहेको एक व्यापारीले बताए । उनका अनुसार त्यहाबाट बुटवल, लाहान, जनकपुर, काठमाडौंलगायत तरकारी पुग्छन् । ती व्यापारीका अनुसार उनीहरुले सिधैं थोक बजारमा तरकारी लैजान पाउदैनन् । ‘हामीले थोक व्यापारीलाई तरकारी बुझाउनुपर्छ, सिधै थोक बजारमा पहुच छैन’ ती व्यापारीले भने, ‘यस्ता व्यापारीको बजार हुदैन, गोदाम घर मात्रै हुन्छ । उनीहरुले थोक बजारमा बस्ने व्यापारीलाई तरकारी दिन्छन् ।’
किसानसग यसरी हुन्छ मोलमोलाई

सोमबार बिहान करिब ९ बजे धादिङको धार्केबजारमा रहेको तरकारी संकलन केन्द्रमा एउटा बोरा लिएर एक वृद्ध किसान आए । उमेर ६० नाघेका ती वृद्धले प्याज ल्याएका रहेछन् । उनलाई देख्नासाथ एकसाथ कारोबार गर्ने जस्ता देखिने दुई व्यापारीले प्रतिकिलो १९ दिने बताए । वृद्ध किसानले अनुहान मलिन बनाउदै २० रुपैया प्रतिकिलो मागे । दुई व्यापारीले काठमाडौं लगेर २० रुपैयामा बिक्री गर्ने भन्दै १९ रुपैयासम्म दिन सकिने बताए ।
त्यसपछि केही रिसाएको संकेत गर्दै ती किसानले भने, ‘हामीलाई पनि थाहा छ, तिमीहरुले कतिमा बिक्री गर्छौं भनेर । २० मा दिने भए दिन्छु, हैन भने यहीं राख्छु ।’ प्याजको बोरा व्यापारीले तान्न खोजिरहे, ती वृद्धले सकी नसकी यता र उता हल्लाइरहे । केही बेरपछि एक व्यापारीले अर्कोलाई ‘उठाइदिउ न बुढाको’ भनेर सोधे । साथीको जवाफ दिनुसको सट्टा अर्का व्यापारीले बुढालाई फकाउन थाले । ‘अबेला भइसक्यो, एक छिनमा तरकारी उठाउन बन्द हुन्छ । हामीले भनेको मुल्यमा देऊ । नत्र फर्काउनु पर्ला ।’
ती वृद्ध किसान रुष्ट मुद्रामा चुपचाप बसिरहे । उनको निदार र गालाबाट पसिना बगिरहेको थियो, दुवै हातले प्याजको बोरा समाइरहेका थिए । किसान नगलेपछि व्यापारीले प्रतिकिलो २० रुपैयामै दिने भन्दै जोख्न लगाए । डिजिटल तराजुले बोरामा रहेको प्याज २५ किलो देखायो ।
यस्तो छ जालो
१) किसान–संकलन केन्द्र
तरकारी उत्पादन गर्ने किसानले लागत मूल्य पनि घटेर संकलन केन्द्रका व्यापारीलाई बिक्री गर्छन् । यहा“ तरकारीको भाउ किसानले हैन, व्यापारीले तोक्छन् । र, यहींबाट प्रारम्भ हुन्छ तरकारीको प्रारम्भिक मूल्य ।
२) संकलन केन्द्र – ठूला थोक बिक्रेता
संकलन केन्द्रका व्यापारीले सबैभन्दा बढी नाफा कमाउने गर्छन् । संकलन केन्द्रका लागि पूर्वाधार बनाउने र लामो दुरीमा ढुवानी गर्न सवारी साधनको जोहो गर्ने यी व्यापारीले कम्तिमा १५ देखी २० प्रतिशतसम्म नाफा राखेर कालिमाटी, बल्खु जस्ता बजारका ठूला थोक बजारमा तरकारी पु¥याउछन् । बुटवल, लाहान, पोखरा, जनकपुर जस्ता ठूला बजारमा पनि संकलन केन्द्रका व्यापारीले तरकारी पु¥याउछन् । संकलन केन्द्रमा दुई थरीका व्यापारी हुन्छन्, एकाथरी व्यापारी आफ्नै ढुवानी साधन प्रयोग गरी ठूला थोक व्यापारीलाई तरकारी उपलब्ध गराउ“छन् । अर्काथरीले तरकारी जम्मा मात्रै गर्छन्, ठूला थोक व्यापारीले आफ्नै ढुवानी साधन पठाएर तरकारी उठाउछन् ।
३) ठूलो थोक व्यापारी – थोक बजार
ठूला थोक व्यापारीले गोदाम र ढुवानी साधनमा मनग्ये खर्च गरेका छन् । उनीहरुले तरकारी मौज्दातमा राखेर बजारमा उपलब्ध गराउ“छन् । यस्ता थोकले ७–१० प्रतिशत नाफा राख्छन् । तर, ठूला थोकबाट सानो बजारमा हैन, बालाजु, लगनखेल, नख्खु, टुकुचा जस्ता सहकारी, समिति वा संगठित व्यावसायीले संचालन गरेको बजारसम्म तरकारी ढुवानी हुने गरेको छ । कालिमाटीमा कुनै एउटा तरकारी कम्तिमा १ ढक (५ किलो) मात्रै खरिद गर्न पाइने थोृक बजारमा पनि ठूला थोक व्यापारीबाटै आपूर्ती भएको हुन्छ ।
vegetable४) थोक बजार–खुद्रा बजार
उपभोक्ता आफंै थोक बजार गएर तरकारी खरिद गर्न सक्छन् । तर, निश्चित ठाउमा भएकाले सबै उपभोक्ता त्यहा पुग्न सक्दैनन् । थोक बजारमा उपभोक्ताको पनि पहुच हुने भएकाले यहाका व्यापारीले धेरै नाफा राखेर तरकारी बिक्री गर्दैनन् । थोक बजारबाट औषतमा ५ प्रतिशत नाफा राखेर खुद्रामा तरकारी पुग्छ ।
५) खुद्रा–उपभोक्ता
देशभरका सबैभन्दा धेरे उपभोक्ताले खुद्रा व्यापारीबाटै तरकारी किन्ने गरेका छन् । खुद्रा व्यापारीले आफुखुसी तरकारीको मूल्य तोक्ने गरेका छन् । हाट बजार, ठेलागाढा, किराना पसललगायतले थोक व्यापारीबाट किनेको मूल्यमा आफ्नो लागत जोड्छन् र उपभोक्तालाई तरकारी बिक्री गर्छन् ।
१७ असोजमा किसानले पाएको मुल्य र १८ असोजमा कालिमाटीको थोक तथा खुद्रा मुल्य

तरकारीको नाम किसानको मूल्य थोक मुल्य उपभोक्ता मूल्य
बन्दा ११–१७ ३४ ४०
इस्कुस ५–६ १२ ३०
लौका १५–१८ २० ६०
मूला २०–२५ ४० ५०
भिण्डी ६० ७० १२५
करेला ५० ८० १००
काक्रो २० ५० ९०
खोर्सानी ६५ ८० १३०
छोटो बोडी ४० ८० १००
टमाटर ४५ ८० ९०
काउली ४० ८० १२०
प्याज १९ २५ ३५
भेन्टा २५ ६० ९०

किसान भन्छन्

मणिराज मुडवरी
कुमारी–१, नुवाकोट
तरकारीको भारी बोकेर नुवाकोटदेखी ४ घण्टाको बाटो हिड्दै धार्के बजारमा रहेको तरकारी संकलन केन्द्रमा आउने गरेको छु । घरबाट बिहान उज्यालो नहुदै निस्कने गरेका छौं । मैल करेला लिएर आएको थिए । ४० किलो भयो । अली अगाडीसम्म करेलाको बिक्री गर्दा ७०–७५ रुपैयासम्म पाएको साथीहरुले सुनाउथे । हामीले बिक्री गर्दा ५० रुपैया प्रतिकिलोले मात्रै पायौं । ५० रुपैयामा बिक्री गरेर केही फाइदा नै हुदैन । विरुवा रोपेदेखी बोट मर्ला र्की, उत्पादन घट्ला की भनेर धेरै मेहनत गरेका हुन्छांै । टिपेपछि यति लामो दुरी पार गर्दै संकलन केन्द्रमा बिक्रीका लागि आउनुपर्छ ।
भीमप्रसाद पुडासैनी
कुमारी–४, नुवाकोट
मैले बारीमा करेला र काक्रो लगाएको छु । टिपेर ४ घण्टाको बाटो हिड्दै बिक्री गर्न आउदा प्रतिकिलो करेला २० र काक्रो ५० रुपैयाका दरले पैसा हात लाग्यो । नजिकै बजार भइदिएहुन्थ्यो वा गाडीमा हालेर बजारसम्म ल्याउन पाए हुन्थ्यो जस्तो लँग्छ । तर डोकोमा हालेर पिठ्यूमा बोक्दै ल्याउनुपर्ने बाध्यता छ । दुःख गरेअनुसार पैसा पाइदैन । त्यसैले तरकारी बेचेर दैनिकी धान्न गाह्रै छ । फलेको तरकारी बेच्न आउ“दा ३–४ घण्टा, घर फर्कन ३–४ घण्टा गर्दा दिन बितिहाल्छ । बारीमा तरकारी टिपिरहदा धेरै पैसा हाता पर्न पाएहुन्थ्यो, एक डेढ लाख रुपैया नै पाएहुन्थ्यो भन्ने जस्तो लाग्छ, तर बास्तविकता अर्कै छ ।
डिल्लीप्रसाद मुडवरी
नुवाकोट
मैले साग र लौका ल्याएर बिक्री गरें । लौका २० रुपैया, साग ४० रुपैया किलो बिक्री गरें । यति थोरै मूल्यमा बिक्री गर्नुपर्दा खुसी लागेको छैन । हामीले थोरै मूल्यमा बिक्री गरेपनि काठमाडौंमा धेरै पर्छ । अहिले यहा ४० रुपैया किलोमा बिक्री गरेको साग काठमाडौं गएर किन्नुप¥यो भने यहीं साग ८०–९० रुपैया पर्छ । बजार भाउ धेरै भएका बेला पनि व्यापारीले हामी किसानलाई धेरे मूल्य दिदैनन् । तरकारी बेचेरै जीवन धान्न धेरै गाह्रो देखियो । तरकारी बेचेरै घर बनाउला, बच्चा पढाउला वा अन्य कुनै काम गर्न सकुला भन्ने कुरा असंभव नै लाग्यो । ऋण गरेर दशैं मनाउने हो । बारी देखाएपछि ऋण पाइन्छ । बारीमा तरकारी लगाएको रहेछ, यो बेचेरै भएपनि तिरिहाल्छ नी भनेर पैसा हुनेले पत्याउछन् । सय कडा २० ब्याज भएको ठाउमा सय कडा २४ दिउला भनेपछि पत्याउन सक्ने आधार बन्छ ।

नेपालको पहिलो कृषि टेलिभिजन आइतबारदेखि .....!! नेपालको कृषि क्षेत्रलाई सम्बोधन गरी आइतबारदेखि कृषि टेलिभिजनले परिक्षण प्...
01/11/2016

नेपालको पहिलो कृषि टेलिभिजन आइतबारदेखि .....!!
नेपालको कृषि क्षेत्रलाई सम्बोधन गरी आइतबारदेखि कृषि टेलिभिजनले परिक्षण प्रशारण सुरु गर्ने भएको छ ।
शनिबार राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उक्त टेलिभिजनका अध्यक्ष तेजबिक्रम थापाले सुभारम्भ गरेका हुन् । कृषि क्षेत्रमा लामो समयदेखि ठूलो लगानी गर्दैआएका थापाले कृषि क्षेत्रमा नेपालमै पहिलो पटक कृषिका मात्रै सामाग्रीहरु प्रशारण गर्ने टेलिभिजन सुरु गरेका हुन् ।
कृषि, भूमि, जलस्रोत, वन, पशुपन्छी, सिंचाई, कृषि शिक्षा, कृषि स्वास्थ्य, कृषि पर्यटन, वातावरण, उपभोक्तालगायतका बिषयबस्तु उक्त टेलिभिजनमा समावेश गरिएका छन् । आइतबारदेखि परिक्षण प्रशारण हुने उक्त टेलिभिजनको तिहारपछि पूर्ण प्रशारणमा आउनेछ । पहिलो चरणमा केवुल नेटवर्कबाट प्रशारण हुन लागेको उक्त टेलिभिजन तिहारपछि सैटेलाइट प्रविधिबाट मुलुकभर प्रशारणमा आउनेछ ।
‘कृषिमा राज्यको लगानी धेरै भएपनि प्रतिफल शुन्य अवस्थामा छ’, टेलिभिजनका अध्यक्ष थापाले भने,‘नीतिगत सूचनाहरु ग्रामिण भेगका किसानको जानकारीमा आउदैंन् । सिंहदरबारमा शहरिया किसानको पहुँच भएपनि बास्तविक किसानको पहुँच छैंन् । ग्रामिण भेगका किसानलाई वास्तविक सूचना उपलब्ध गराई नीतिगत रुपमा उनीहरुलाई माथि उठाउन कृषि टेलिभिजन ल्याएका छौं ।’ टेलिभिजनले अहिले १० घण्टासम्म प्रशारण गर्नेछ । केही समयपछि दैनिक १८ घण्टासम्म कृषिका बिषयबस्तु प्रशारण गरिनेछ । कूल साढे दुई करोड रुपैयाँको लगानीमो उक्त टेलिभिजन सुरु गरिएको हो ।

संस्थानले कता गाड्यो १५४ खसीबोका, सूचना लुकाइयो !  नेपाल खाद्य संस्थानले दसैंमा बिक्री गर्न विभिन्न स्थानबाट भित्र्याएका...
01/11/2016

संस्थानले कता गाड्यो १५४ खसीबोका, सूचना लुकाइयो !

नेपाल खाद्य संस्थानले दसैंमा बिक्री गर्न विभिन्न स्थानबाट भित्र्याएका खसीबोका र च्याङ्ग्रामध्ये एक सय ५४ वटा मरेका छन् । औसत मूल्यअनुसार २१ लाख ७७ हजार मूल्य बराबरका ९२ वटा च्याङ्ग्रा र ६२ वटा खसीबोका मरेका हुन् ।
नेपाल खाद्य संस्थानको वागमती अञ्चल कार्यालयले हालसम्म यो सूचना सार्वजनिक गरेको छैन । संस्थानका अञ्चल प्रमुख मोहनप्रकाश चन्दले सुरुमा खसीबोका र च्याङ्ग्रा नमरेको अड्डी कसेका थिए । धेरै बेरसम्म वास्तविक सूचना उपलब्ध गराउन आग्रह गरेपछि उनले सातवटाको संख्यामा मात्रै खसीबोका मरेको स्वीकार गरे । ‘हावापानी नमिलेर सातवटा जति खसीबोका मरेका थिए’, अञ्चल प्रमुख चन्दले भने ।
चन्दले सातवटा खसीबोका मात्रै मरेको जानकारी दिए पनि संस्थानकै उच्च स्रोतले ६२ वटा खसीबोका र ९२ वटा च्याङ्ग्रा मरेको जानकारी दिएको छ । चन्दका अनुसार दसैंमा संस्थानले एक हजार तीन सय ९८ वटा खसीबोका र एक हजार चार सय ५० वटा च्याङ्ग्रा ल्याइएको थियो । ल्याएका जति सबै बिक्री भइसकेको उनले सुरुमा दाबी गरेका थिए । धेरै बेरपछि मात्रै उनले केही थान मरेको स्वीकार गरे ।
प्रमुख चन्दले मरेका खसीबोका र च्याङग्राको तथ्यांक उपलब्ध गराउन मानेनन् । उनले भने, ‘सबैतिरबाट तथ्यांक आइपुगेको छैन । तथ्यांक आउन केही साता अझै लाग्छ । त्यसपछि मात्रै यकिन जानकारी प्राप्त हुन्छ ।’ दसैंमा संस्थानले एक हजार तीन सय ९८ वटा खसीबोका र एक हजार चार सय ५० वटा च्याङ्ग्रा ल्याएको थियो ।
प्रहरी र पशु चिकित्सकको सहकार्यमा मरेका खसीबोका गाडिएको जानकारी दिइएपनि कुन स्थानमा कतिको संख्याको गाडिएको उनले बताएनन् । ‘विभिन्न स्थानमा मुचुल्का उठाएर मरेका खसीबोका गाडेका थियो’, उनले भने, ‘तर कुन कुन स्थानमा गाडिएको हो, त्यो स्थानको नाम मलाई थाहा छैन।’
संस्थानले खसीबोका र च्याङ्ग्रा ल्याएर बिक्री गर्ने समयमा उनीहरूको स्वास्थ्य परीक्षणका लागि पशुपन्छी मन्त्रालय अन्तर्गतका पशु चिकित्सक पनि खटिएका थिए । संस्थानमा भेटेरिनरी जनस्वास्थ्य कार्यालयका पशु चिकित्सक डा.नारायण घिमिरे खटिएका थिए । उनका अनुसार संस्थानले भित्र्याएका खसीबोका र च्याङ्ग्रा हावापानी नमिलेर केही संख्यामा बिरामी परेका थिए ।
तराईबाट ल्याइएका खसीबोका र हिमाली क्षेत्रबाट भित्र्याइएका च्याङ्ग्रा दसैंको समयमा परेको पानीका कारण तापक्रम नमिलेर सामान्य बिरामी परेका भेटेरिनरी जनस्वास्थ्य कार्यालयले जनाएको छ । ‘बिरामी भएका केही खसीबोका र च्याङ्ग्रा उपचार गरे पनि मरेका थिए’, डा घिमिरेले भने, ‘तर मरेको संख्या यकिन भएन् ।’
संस्थानले २५ किलोसम्मका खसीबोकालाई प्रतिकिलो चार सय ४० र २५ किलोभन्दा माथीकालाई उपभोक्ता मूल्य प्रतिकिलो चार सय ५० तोकेको थियो । यस्तै च्याङ्ग्राको प्रतिकिलो ६ सय ५० तोके पनि उक्त मूल्यमा बिक्री हुन नसकेपछि केही दिन लगत्तै प्रतिकिलो ६ सय २० र ६ सय १० रुपैयाँमा बिक्री गरिएको थियो ।

Address

Kathmandu
कागेश्वरीमनोहरा-७,मुलपानीकाठमाडौं

Telephone

+9779860133947

Website

Alerts

Be the first to know and let us send you an email when Third Eye Agro Mission PVT .LTD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Third Eye Agro Mission PVT .LTD:

Videos

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Nearby clinics